×

NMB BANK
NIC ASIA

पाकिस्तानमा वर्षापछिको घटनामा परी १२ हजार घाइते

भदौ २९, २०७९

NTC
Premier Steels

पाकिस्तानमा बर्षाजन्य घटनामा परी १२ हजारभन्दा बढी घाइते भएका छन् । सरकारी अधिकारीहरूले सोमबार राती दिएको जानकारी अनुसार पछिल्लो समयमा आएको वर्षापछिको घटनामा परी १२ हजार ७४२ जना घाइते भएका हुन् । 

Muktinath Bank

घटनामा परी अहिलेसम्म कुल एक हजार ४२७ को मृत्यु भएको पनि पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।   पाकिस्तानमा गत मध्य जुनदेखि आएको मनसुनपछिका घटनाबाट अनपेक्षित रुपमा धेरै क्षति भएको प्राधिकरणको भनाई छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढी पहिरोका कारण मृत्यु भएका मध्ये ५१० जना बालबालिका रहेका छन् भने २८७ जना महिला रहेका छन् । देशभरका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो । बाढी पहिरोले सबैभन्दा बढी क्षति सिन्ध प्रान्तमा गरेको छ । त्यस क्षेत्रमा मात्रै अहिलेसम्म ५९४ जनाको मृत्यु भएको पुष्टि भएको छ । 


Advertisment
Nabil box
Kumari

पछिल्लो मनसुनका घटनाका कारण १७ लाख ५० हजार ८२८ घर क्षतिग्रस्त भएका छन् । त्यसैगरी आठ लाख ८३ हजार २६८ जनावर मरेका छन् । वर्षापछिको घटनाका कारण १३ हजार ३८३ किलोमिटर सडक भत्किएको छ भने ३९० पुल भाँचिएका छन् ।  

Vianet communication

प्राधिकरणका अनुसार अहिले पाँच लाख ४१ हजार ४० जना विस्थापित भएर अस्थायी शिविरमा बसिरहेका छन् । बाढी पहिरोबाट पीडित भएका मध्ये एक लाख ७९ हजार २१८ मानिसको उद्धार गरिएको पनि प्राधिकरणका अधिकारीहरूले जनाएका छन् । 

बाढी पहिरोबाट प्रभावित भएकाहरूलाई खोजी, उद्धार तथा राहतका लागि प्राधिकरणका अधिकारीहरू, स्वयंसेवक, गैरसरकारी संघ संस्थाका पदाधिकारीलगायत अहिले पनि खटिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x