×

NMB BANK
NIC ASIA

चुनावी ध्रुवीकरण

पुरानै घर एमालेमा फर्किंदै एकीकृत समाजवादीका नेता–कार्यकर्ता, पार्टीको अस्तित्व संकटमा

भदौ २९, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादी (एस) पार्टीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं आइतवार एमालेमै फर्किए । रूपन्देहीका पूर्व इन्चार्ज तथा प्रदेशसभा सदस्यमा पार्टीबाट समानुपातिकमा उम्मेदवार सिफारिस भएका डा. चापागाईले एस पार्टी कांग्रेस र माओवादीको पुच्छर बनेकोले पुरानै घरमा फर्किएको बताएका छन् । 

Muktinath Bank

एमाले उपाध्यक्ष विष्णु पौडेलसँगको छलफलबाट एमालेमा फर्किन तयार भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरे । चापागाईं फर्किएसँगै अन्य जिल्लाका नेताहरू पनि एमालेमा फर्किने तयारीमा रहेका बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपन्देही–२ मा प्रत्यक्ष टिकट दाबी गरेको नेकपा एसले पार्टीका प्रभावशाली नेता गुमाएपछि अस्तित्व संकटमा परेको समीक्षा पार्टीभित्र हुन थालेको छ । नेता राजु गुरुङले बुटवलबाट चुनावमा उठ्ने भन्दै सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

गत हप्ता नेकपा एस गुल्मीको नेतृत्व नै एमालेमा समाहित भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा पार्टी एकता घोषणा नै गरी २ जना केन्द्रीय सदस्य गणेश खनाल र नरेश भण्डारीसहित जिल्ला नेतृत्वले एमालेसँग एकता घोषणा गर्‍यो । पार्टीमा खनाल जिल्ला इन्चार्ज र भण्डारी अध्यक्ष थिए ।

Vianet communication

नेकपा एसकी सचिव रामकुमारी झाँक्री गुल्मी–२ बाट चुनाव लड्ने तयारीमा रहेर प्रचार कार्यक्रममै जुटेका बेला पार्टी नेतृत्व नै एमालेमा फर्किएपछि उनी अप्ठ्यारोमा परेकी छन् । पार्टी नै एमालेमा फर्किएपछि नेपाली कांग्रेस र माओवादीभित्र गुल्मी–२ नेकपा एसलाई दिन नहुने दबाब बढ्न थालेको छ ।

एमालेबाट विभाजन भएर बनेको नेकपा एसलाई जिल्ला नेतृत्व नै जोगाउन मुस्किल पर्न थालेको छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) नेकपा एसका जिल्ला उपाध्यक्ष कृपाललाल यादव, अनेम संघ जिल्ला अध्यक्ष सरिता पौडेल, प्रदेश सदस्य खगेश्वर पन्थीसहित एउटा टीम एमालेमै फर्किएको छ ।

पाल्पा, अर्घाखाँची, बाँकेमा पनि पार्टी छाड्ने क्रम जारी छ । पार्टीमा लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरू महासचिव बेदुराम भुसाल, सचिव रामकुमारी झाँक्री, पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डे, अर्का नेता मेटमणि चौधरी, हिराचन्द्र केसी यसै प्रदेशका नेता हुन् । 

पार्टी गठन भएको १ वर्षमै एस पार्टीलाई कार्यकर्ता जोगाउन संकट आइलागेको छ । विभाजनमा ठूलो शक्ति पनि नआएको, सबै तहमा पार्टी कमिटी बनि नसकेको र जनाधार तयार भई नसकेको अवस्थामा एकीकृत समाजवादीका लागि आउँदो निर्वाचन कठिन परीक्षा हुने देखिएको छ । 

नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले स्वार्थका लागि आएकाहरूले पार्टी छाड्ने गरेको प्रतिक्रिया दिए । ‘कम्युनिस्ट आन्दोलन जोगाऊँ भन्ने साथीहरू अझै सशक्त भएर लाग्नुभएको छ,’ पाण्डेले लोकान्तरसँग भने, ‘पार्टीमा कुनै विचलन छैन । केही स्वार्थी र अस्थिर समूहले छाड्दैमा अप्ठ्यारो परिहाल्ने होइन ।’ स्थानीय निर्वाचनमा पनि पार्टीले सन्तोषजनक नतिजा ल्याउन सकेको थिएन ।

आउँदो निर्वाचन पार्टी जीवनका लागि एउटा मत्त्त्वपूर्ण परिघटना हुने एकीकृत समाजवादी रुपन्देहीका नेता अविराम विक बताउँछन् । ‘पार्टीको अवस्था कमजोर भएको छैन,’ नेता विकले भने, ‘पार्टी छाड्ने स्वार्थी समूह हुन् । व्यक्ति आउने जाने क्रम जारी रहन्छ, पार्टीमा काम गर्न नसक्नेहरू छाडेर गएका हुन् ।’

आगामी मंसिरमा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एसले रुपन्देही प्रदेशका बाँके, रुपन्देही, दाङ, पाल्पा र गुल्मीमा गरी ५ वटा क्षेत्र दाबी गरेको छ । एमाले नेताहरूले नेकपा एकीकृत समाजवादी अन्नतः एमालेमै समाहित हुने दाबी गर्दै आएका छन् । एमाले यहीँ अभियानमा जुटेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x