×

NMB BANK
NIC ASIA

सिरानीमा जग्गाधनी पुर्जा राखेर मर्ने सपना पूरा !

भदौ ३०, २०७९

NTC
Premier Steels

जग्गाधनी पुर्जा पाएपछि भरत मैनालीबाहेक सबै खुशी थिए । दलित, भूमिहीन तथा भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्नका लागि मोरङको कानेपोखरी गाउँपालिकाले भव्य कार्यक्रम गर्‍यो ।

Muktinath Bank

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठलाई नै बोलाएर गाउँपालिकाले कार्यक्रम गर्‍यो । कार्यक्रममा ६ नम्बर वडाका २७ भूमिहीन, सुकुम्बासी र ९ भूमिहीन, दलित घरपरिवारलाई बाँड्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जग्गाधनी पुर्जा लिन आएकामध्ये भरत मैनाली कार्यक्रम शुरू भएदेखि नै आँखाभरि आँसु बनाएर बसेका थिए । पुर्जा वितरण गर्दा अन्तिममा उनको नाम वाचन गरियो । उनले पुर्जा लिने बेला मात्रै रुन्चे हाँसो देखाए ।


Advertisment
Nabil box
Kumari

पुर्जा पाउँदा खुशी हुनुपर्ने धेरैको अनुमान हुन सक्छ । पुर्जा पाउन गरेको संघर्ष सम्झिएका कारण कार्यक्रमभरि नै आँखाबाट आँसु नथामिएको उनले बताए । पुर्जा देखाउँदै उनले भने, ‘४–५ वर्ष अगाडि पुर्जा पाउनका लागि हामीले शान्तिपूर्ण आन्दोलन गरेका थियौं । हाम्रो आन्दोलन भाँड्नका लागि कसले एउटा गाडीको सिसा फुटाइदिएछ । तिमीहरू गाडी फुटाउने भन्दै बेलबारी प्रहरीले नियन्त्रणमा लियो । ३ दिनसम्म यातना दिएर हामीलाई राख्यो । यति जग्गाधनी पुर्जा लिनका लागि पटक–पटक आन्दोलन गर्नुपर्‍यो ।’ 

Vianet communication

उनी कानेपोखरीमा बसेको ४३ वर्ष बढी भयो । उनले साढे ४ कट्ठा जग्गाको पुर्जा पाएका छन् । ‘पटक पटक नेताले ढाटेका कारण जग्गाको धनीपुर्जा नपाई मरिन्छ कि जस्तो लागेको थियो,’ उनले भने, ‘अहिले नेताहरूको वुद्धि पलाएछ कि क्या हो पुर्जा दिइहाले ।’

धनमाया लिम्बु ६१ वर्षकी भइन् । उनी २०३१ सालदेखि कानेपोखरी–६ मा बस्दै आएको ४५ वर्षभन्दा बढी भयो । दशकौंदेखि बसोबास गर्दै आएकी उनीसँग हिजोसम्म लालपुर्जा नै थिएन ।

‘लालपुर्जा सिरानमा राखेर मर्ने रहर थियो । आफ्नै फोटो टाँसेको पुर्जा सिरानमा राख्न पाए सजिलै परान जान्छ जस्तो लागेको थियो । अब स्वर्गमै पुग्छु होला,’ उनले भनिन्, ‘पुर्जा पाउँदा नेपालमा पनि सरकार छ भन्ने लागेको छ ।’

कानेपोखरी–६ की तारा दर्जी पनि जग्गा पाएपछि बालबच्चा पाल्न सहज हुने बताउँछिन् । ‘श्रीमान् आत्महत्या गरेर जानुभयो, साना छोराछोरी छन्,’ उनले भनिन्, ‘अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिने भयो । पहिला तेरो जग्गाको पुर्जा लिएर आइज भन्ने गरेका थिए ।’

विभिन्न समयमा आयोग र समिति बनेर पटक–पटक फार्म भराए पनि पुर्जा नपाउँदा धेरै निराश थिए स्थानीय तर पुर्जा पाएपछि खुशी भएका छन् ।

पुर्जा वितरण गर्न मोरङ आएकी मन्त्री शशी श्रेष्ठले सुकुम्वासीलाई भोटमा जोड्ने गरेकाले काम नभएको बताइन् । सरकारको नीति तथा कार्यक्रममै उल्लेख गरिएकाले २ वर्षभित्र ५ लाखभन्दा बढीलाई धनीपुर्जा वितरण गर्ने उनले बताइन् ।

सरकारले नियमित काम भएकाले पनि भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपुर्जा वितरणको काम नरोकिने उनले बताइन् । 

‘भोट माग्न र राजनीति गर्नका लागि सरकारले पुर्जा वितरण गर्दैन,’ उनले भनिन्, ‘नागरिकका लागि संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि काम गर्दा निर्वाचन आचारसंहिताले यसलाई छेक्नु हुँदैन ।’

मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा गरीब पहिचान गर्ने र पहिचान भएका गरीब तथा विपन्न घरपरिवारलाई राज्यसुविधा परिचयपत्र दिने र राज्यसुविधा परिचयपत्रलाई संविधानमा नै लिपिबद्ध भएको गरीब तथा विपन्न लक्षित सेवा सुविधासँग आवद्ध गर्ने काम अगाडि बढाइएको बताइन् ।  

आयोगका विज्ञ सदस्य प्रेमराज भारतीका अनुसार मोरङमा ३१ हजार ५२७ जनाले अव्यवस्थित बसोबासीले फाराम भरेका छन् भने १८ हजार २७५ जनाले भूमिहीन सुकुम्वासीको फाराम भरेका छन्, ८ हजार १९ जना दलित भूमिहीन छन् । विराटनगर महानगरपालिकाले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीको विवरण आयोगलाई पठाएको छैन । ग्रामथान नगरपालिकासँग आयोगले केही दिनअघि मात्रै सम्झौता गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x