×

NMB BANK
NIC ASIA

महाभियाेग प्रकरण

चोलेन्द्रलाई १७४ पेज लामो बयानमा हस्ताक्षर गराइँदै

भदौ ३१, २०७९

NTC
Premier Steels

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई १ सय ७४ पेज लामो बयानमा हस्ताक्षर गराउन शुरू गरेको छ । समितिले तयार गरेको बयानको प्रतिमा शुरूमा चोलेन्द्रले हस्ताक्षर गर्न अस्वीकार गरेपछि अहिले प्रत्येक पेज पढेर सुनाउन लागिएको हो । 

Muktinath Bank

समिति बैठकमा चोलेन्द्रले आफूले बोलेको भिडियो र अडियो आफ्नै हो भनेर हस्ताक्षर गर्ने, तर प्रत्येक पेजमा नगर्ने अडान लिएका थिए । तर, समितिको प्रतिवेदनमा बयानमा हस्ताक्षर गर्नैपर्ने समितिको अडानपछि हस्ताक्षर गर्न चोलेन्द्र राजी भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस सांसद मीन विश्वकर्मामा अनुसार समिति बैठकमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि समितिको कार्यकक्षमा प्रत्येक पेज पढेर हस्ताक्षर गराउन लागिएको छ । समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर समितिले चोलेन्द्रको बयान १७४ पेजमा उतारेको छ । 


Advertisment
Nabil box
Kumari

हस्ताक्षर सम्पन्न गरेपछि पूरक प्रश्न सोध्ने तयारी छ । प्रतिनिधि सभाको बैठकका कारण समिति बैठक ४५ मिनेटका लागि स्थगित गरिएको छ । समिति बैठक स्थगित भएपछि सचिवालयमा चोलेन्द्रको बयान पढ्दै हस्ताक्षर गराउने काम चलिरहेको छ । 

Vianet communication

भोलि प्रतिनिधि सभाको कार्यकाल सकिने भएकोले आजै प्रतिवेदन सभामुखलाई बुझाउने तयारी छ । अदालतमा भ्रष्टाचारलाई बढावा दिएको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको आरोप लगाउँदै चोलेन्द्रविरुद्ध गत फागुन १ गते संसद्मा महाभियोग दर्ता भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x