×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा बैठक

सरकारले नागरिकतामा राजनीति गर्‍यो : ओली

असोज १, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले नागरिकताको विषयमा राजनीति गरिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको अन्तिम बैठकलाई शनिवार सम्बोधन गर्दै उनले वर्तमान सरकारले नागरिकताको विषय राजनीति गर्न खोजेको बताएका हुन् । 

Muktinath Bank

आफ्नो नेतृत्वको सरकारले जनतालाई नागरिकता दिनुपर्छ भनेर अध्यादेश ल्याएरै भए पनि समस्या समाधानको प्रयास गरेको दाबी ओलीले गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘नेपाली जनतालाई नागरिकता दिनुपर्छ भनेर हामीले अध्यादेश ल्याएर समस्या समाधानको प्रयास गरेका थियौँ । त्यसविरुद्ध मुद्दा हाल्न लगाएर रोक्न लगाइयो । तर, रोक्नुपर्ने कानूनी आधार थिएन ।’


Advertisment
Nabil box
Kumari

जन्मसिद्ध नागरिकता पाएकाहरूको सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान सहितको कानून बनाउनु पर्ने ओलीले बताए । 

Vianet communication

‘जन्मसिद्ध नागरिकता पाएकाहरूको सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान ल्याउनुस् भनेका हौँ । त्यस्तो प्रावधानसहितको विधेयक आए तत्काल पास गर्न तयार छौँ भनेका थियौँ । तर, त्यस्तो व्यवस्था नल्याएर अहिले नागरिकतामाथि राजनीति गर्न खोजिएको छ’, ओलीले भने ।  

संविधान बनेपछि भएको निर्वाचनबाट बनेको प्रतिनिधि सभाले नमूना कानून बनाउने लगायतको काम गरेको र संसद्को कार्यकाल सफल रहेको विश्लेषण पनि ओलीले सुनाए । ‘यो संसद् समग्रतामा भन्ने हो यसको कार्यकाल सफल रहेको छ । यसले संविधान कार्यान्वयनको लागि कानून निर्माण गर्ने, विकास, सामाजिक न्याय र समानताका विषयमा काम गरेको छ’, ओलीले भने । 

संसद्को कार्यकालको पछिल्लो अवधिमा एमालेविरुद्ध संसद् र संसदीय मर्यादाको वास्ता नगरेर, नियम कानूनको वास्ता नगरेर चल्ने काम भएको उनले बताए । ‘यी कामहरू लोकतन्त्रलाई, प्रणालीलाई कमजोर पार्ने, संविधानलाई कमजोर पार्ने खालका काम भए । ती कुराहरू पछिल्लो समयमा दुःखद पक्षहरू हुन् । त्यसप्रति दुःख व्यक्त गर्नुपर्छ’, ओलीले भने ।  

संसद्को पछिल्लो कार्यकालतिर तर्कहीन र स्वार्थ प्रेरित कामतर्फ संसद्लाई बलजफ्ती लतारेर लैजाने काम भएको ओलीले संसद्मा बताए । 

‘राष्ट्रियताको पक्षधरतातर्फ संसद् उभिन सक्नुपथ्र्यो । राष्ट्रिय आवश्यकता एकातिर तर, संसदीय अंक गणित निर्माण भएको थियो र त्यसलाई भत्काउने प्रयास गरियो र कृत्रिम अंक गणित बनाउने प्रयास गरियो’, उनले संसद्मा भने ।

आफूले संसद् विघटन गरेर चुनावमा जाने घोषणा गर्नुको बचाउ गर्दै ओलीले भने, ‘जनताको जनादेशलाई निस्प्रभावी पारेपछि ताजा जनादेशमा जानुको विकल्प थिएन ।’

ओलीले आगामी चुनावमा सत्ता र शक्तिको दुरुपयोग नगर्न पनि खबरदारी गरेका छन् । ‘गएको स्थानीय तहको निर्वाचनमा सत्ताको अनेक प्रकारले दुरुपयोग गर्ने काम भयो । राज्य संयन्त्रको विभिन्न कारणले दुरुपयोग गर्ने काम भयो । लोकतन्त्रमा त्यस्ता कुरा पर्दैनन् । लोकतान्त्रिक प्रणाली भनेको भिन्न मतको अस्तित्व स्वीकार्ने, प्रतिस्पर्धा गर्न तयार हुने र प्रतिस्पर्धा गर्न दिने व्यवस्था हो । निर्वाचन आयोग सत्ता पक्षबाट लतारिएर नचलोस्’, ओलीले भने । 

निर्वाचन आयोगलाई निर्वाचन गर्न सहयोग पु¥याउने सकारको भएको र सरकारले हस्तक्षेप गर्न नमिल्ने ओलीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x