
मोटरसाइकल यातायात व्यवसायी प्रालिले ‘पुर्याइदेउ’ नामक एप सार्वजनिक गरेको छ । यो एप नेपाली लगानी र नेपाली प्राविधिकले निर्माण गरेको राइडर सेयरिङ भएको जनाइएको छ ।
शनिबार एप सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले नेपालीले उत्पादन गरेको एप सबैले प्रयोग गर्ने विश्वास दिलाए । उनले भने,‘हामी आत्मनिर्भरतातर्फ जानुपर्छ । राज्य हाम्रो बारेमा सोचिरहेको छैन् । जब जब पैसा बाहिर जान्छ, तब तब राज्य कमजोर हुन्छ ।’ उनले विश्वास नगरी कुनै पनि कुरा नहुने भन्दै यो एप प्रयोग गर्न सबैमा अनुरोध गरेका छन् ।
यस्तै, कम्पनीका सिईओ प्रभुविश्वेन्द्र अधिकारीले अहिले पूरा विश्व डिजिटल युगमा रहेको उल्लेख गर्दै यो एपले धेरै नेपालीलाई लाभ दिने विश्वास दिलाए ।