×

NMB BANK
NIC ASIA

साढे दुई वर्षदेखि रोक्का भएको जग्गा फुकुवा गर्ने मन्त्रिपरिषद्‍को निर्णय

असोज २, २०७९

NTC
Premier Steels

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने भन्दै सरकारले साढे २ वर्षदेखि रोक्का गरेको जग्गा फुकुवा हुने भएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले जग्गा रोक्का गरेको थियो । तर, शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले ओली नेतृत्वको सरकारको निर्णय निर्णय गरेको हो । 

Muktinath Bank

विमानस्थल विस्तारका लागि भन्दै विराटनगरमा करिब साढे ३ सय परिवारको १२६ दशमलव ४६ बिघा जग्गा रोक्का गरेको थियो। २०७७ भदौ २० गते विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी इन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग, वन, वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र नागरिक उड्डयन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले विमानस्थल स्तरोन्नति गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, १ नम्बर प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शेरधन राई तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको उपस्थितिमा पत्रमा हस्ताक्षर गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

विमानस्थलको धावन मार्गको लम्बाइ ३ हजार मिटरसम्म विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जग्गा अधिग्रहणमा हुने खर्चको ५०÷५० प्रतिशत साझेदारी गर्ने गरी सम्झौता गरिएको थियो । संघीय सरकारले ५० प्रतिशत तथा प्रदेश र स्थानीय सरकारले ५० प्रतिशत खर्चको व्यवस्थापन गर्ने गरी सम्झौता भए पनि तिनै तहका सरकारले बजेटको व्यवस्थापन भने गरेका थिएनन् । 

Vianet communication

जसअन्तर्गत प्रदेश सरकारले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र नेपाल नागरिक उड्डयन प्राधिकरणले ५० प्रतिशत लागत साझेदारी गर्ने गरी सम्झौता भएको थियो । 
मन्त्रिपरिषद्ले अघिल्लो सरकारले गरेको निर्णय खारेज गरेपछि विमानस्थल पीडितहरुले राहत महसुस गरेको बताएका छन् । 

‘विमानस्थल निर्माण नगर्ने भनेर सरकारले भनेको छैन,’ विमानस्थल पीडित संघर्ष समिति संयोजक बेदराज पौडेलले भने ‘बजेटको व्यवस्थापन नगर्नु भन्दा जनताको जग्गा रोक्का नगर्नु नै सरकारको उचित कदम हो ।’ सरकारले विमानस्थल विस्तारका लागि पहिला बजेट छुटाएर आह्वान गरे अहिले पनि जग्गा दिन तयार रहेको संयोजक पौडेल बताउँछन् । जग्गा मुआब्जा गरेपछि सरकार बाटै जनता पीडित भएका छन् । 

सरकारले त्यसबेला मुआब्जा निर्धारण समिति पनि बनाएको थियो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा निर्धारण समिति बनाइएको थियो । 

‘कि जग्गाको मुआब्जा देऊ कि फुकुवा गरिदेऊ’ भन्दै  संघर्षरत पीडितहरुले कहिले प्रमुख जिल्ला अधिकारीलाई, मुख्यमन्त्रीलाई, कहिले प्रधानमन्त्रीलाई भेटेका थिए ।  उनीहरूले कहिले मुख्यमन्त्री कार्यालयमा कहिले जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिने गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x