×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

एमालेसँग तालमेल गर्न राजेन्द्रले छाडे धनुषा, गृहजिल्ला सर्लाही–२ बाट उम्मेदवार बन्ने

असोज १३, २०७९

NTC
Premier Steels

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो सर्लाही–२ बाट चुनाव लड्ने भएका छन् । २०७४ को चुनावमा धनुषा–३ बाट चुनाव जितेका महतो आगामी चुनावमा भने सर्लाही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने भएका छन् ।

Muktinath Bank

धनुषा–३ बाट एमालेकी जुली महतोले चुनाव लड्ने भएपछि महतो सर्लाहीबाट चुनाव लड्न लागेका हुन् । महतोले आगामी चुनावमा सर्लाही–२ बाट उम्मेदवार बन्न लागेको लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आगामी चुनावमा सर्लाही–२ बाट उम्मेदवार बन्ने निश्चित गरेको छु । धेरैलाई म कहाँबाट उम्मेदवार बन्छु भन्ने चासो र द्विविधा थियो । अब त्यो स्पष्ट भएको छ’, महतोले भने । 


Advertisment
Nabil box
Kumari

२०७४ को चुनावमा कांग्रेसका नेता विमलेन्द्र निधिसँग प्रतिस्पर्धा गर्न गएको र अहिले विमलेन्द्र उम्मेदवार नै नहुने भएपछि धनुषाबाट फर्किएको उनले बताए । 

Vianet communication

त्यसबेला महतो राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट उम्मेदवार थिए । उक्त चुनावमा निकटतम प्रतिद्वन्द्वी निधिलाई २ हजार ९१४ मतले महतोले जितेका थिए । महतोले ३० हजार ७४२ मत ल्याएका थिए भने निधिले २७ हजार ८२८ मत पाएका थिए ।

मंसिर ४ मा हुने चुनावमा लागि निधि कांग्रेसको समानुपातिकतर्फको उम्मेदवार बनेका छन् । 

‘विमलेन्द्रसँग प्रतिस्पर्धा गर्न धनुषा गएको थिए । अहिले उनी उम्मेदवार नै नहुने भनेका छन् । अब म त्यहाँ उम्मेदवार भइरहनु आवश्यक भएन’, महतोले भने, ‘सर्लाही–२ का शुभचिन्तक र मतदाताले गृह जिल्ला फर्कनुपर्छ भन्ने दबाब दिएको कारण सर्लाही–२ बाटै चुनाव लड्ने निर्णय लिएको हुँ ।’ 

अर्कोतर्फ, एमालेबाट उम्मेदवारी दाबी गरेकी जुली महतोसँग राजनीतिक प्रतिस्पर्धा नगर्ने सहमति रहेको पनि महतोले खुलाए ।

जुली महतोले पहिल्यैदेखि चुनाव लड्नको लागि राजनीतिक तयारी गरिरहेको र अहिले उनीसँग आफूले प्रतिस्पर्धा नगर्ने सोचेको महतोले बताए । 

जुली महतो एमाले नेता रघुविर महासेठको श्रीमती हुन । उनले धनुषा–३ बाट उम्मेदवार बन्ने तयारी गरेको भए पनि एमालेले भने अहिलेसम्म उम्मेदवार तय गरिसकेको छैन । उनी गैरआवासीय नेपाली एवं व्यवसायी उपेन्द्र महतोको सहोदर बहिनी पनि हुन् । 

अघिल्लो चुनावमा महतोले एमालेको सहयोग पाएका थिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेले चुनावी तालमेलको लागि संवाद अघि बढाइरहेका छन् । 

एमालेसँग चुनावी सहकार्यको संवाद निश्कर्षमा पुग्न बाँकी रहेको महतोले बताए । ‘चुनावी तालमेलको लागि एमालेसँग संवाद भइरहेको छ । तर, निश्कर्षमा पुगिसकेको छैन’, उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x