×

NMB BANK
NIC ASIA

सफलता

सामुदायिक विद्यालय पढेर डाक्टर बनी पूर्वी नेपालमा ख्याती कमाएका डा. वीरेन्द्र

असोज १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सामुदायिक विद्यालयमा पढेका जनशक्तिहरू पनि देशकै लागि उदाहरणीय काम गर्न सक्छन् भन्ने देखाएका छन् डा. वीरेन्द्रकुमार विष्टले । उनी १ नम्बर प्रदेश क्षेत्रमा ख्यातीप्राप्त न्यूरोलोजीका डाक्टर हुन् ।

Muktinath Bank

२०१४ सालमा विराटनगरमा जन्मेका विष्टले विराटनगरको आदर्श उच्च माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । उनले भारतबाट उच्च शिक्षा प्राप्त गरेका थिए भने सन् १९८९ मा जम्मू–कश्मीरबाट एमबीबीएस गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेडिकल अफिसर भएर स्वदेश आएपछि उनले विराटनगरको कोशी अस्पताल र शिक्षण (टिचिङ) अस्पताल काठमाडौंबाट सेवा दिएका थिए । माल्दिभ्सको एक अस्पतालमा पनि उनले जागिर खाएका थिए । त्यसपछि उनी इङ्ल्यान्ड गएका थिए ।


Advertisment
Nabil box
Kumari

युनिभर्सिटी कलेज अफ लन्डनको इन्स्टिच्युट अफ न्यूरोलोजी, क्विन स्क्वायरबाट सन् १९९९ मा उनले न्यूरोलोजीमा फिजी गरेका छन् । न्यूरोलोजिस्ट भएपछि उनले जन्मथलोलाई नै प्राथमिकता दिएका छन् । स्वदेशमै सेवा दिने उद्देश्यले विराटनगरमा १० शय्याको न्युरो अस्पताल खोलेका थिए उनले, अहिले अस्पताले १५० शय्याको भएको छ ।

Vianet communication
Laxmi Bank

अस्पताललाई थप विस्तार गरेर ३०० शय्याको बनाउने योजना रहेको उनले बताए । न्यूरोलोजीका अगुवाको रूपमा उनी परिचित छन् । १ नम्बर प्रदेशमा न्युरोको उपचार गराउने पहिलो डाक्टर भनेर उनलाई चिन्ने गरिन्छ । जन्मथलो विराटनगरलाई नै कर्मथलो बनाएर ३ दशकदेखि उनले स्वास्थ्य उपचार सेवा दिइरहेका छन् ।

भारतमा अध्ययन गरेका विष्टले भारतका नागरिकलाई पनि सेवा दिइरहेका छन् । उनले आर्जन गरेको सीपले प्रदेश १, मधेश प्रदेश र भारतका नागरिकले सेवा पाइरहेका छन् । उनले विराटनगरमा न्युरोलोजी सेवा शुरू गरेको २० वर्षभन्दा बढी भएको छ ।

‘जीवनमा मैले पैसालाई कहिल्यै महत्त्व दिइनँ,’ उनले भने, ‘राम्रो काम र सेवा गरेमा पैसा आफैं प्राप्त हुन्छ भन्ने लागेर मैले सेवामै ध्यान दिएँ ।’ आफैंले स्थापना गरेको न्युरो अस्पतालमा काम गर्दा डा. विष्ट अस्पताललाई मन्दिर, आफूलाई पुजारी सम्झन्छन् । पुजारीले भक्तको सेवा गर्ने भएकाले बिरामीको सेवा गरे जस्तो लाग्ने गरेको उनले बताए । आमा बिरामी भएपछि उनले डाक्टर बन्ने लक्ष्य लिएका थिए ।

‘आमा मधुमेहको बिरामी हुनुहुन्थ्यो । आमा बिरामी भइराख्ने समस्याले गर्दा पनि डाक्टर भएर बिरामीको सेवा गर्ने इच्छा जाग्यो,’ उनले भने ।

डाक्टरले बिरामीबाट सुनेर, बिरामी छामेर र आँखाले हेरेर पनि जटिलताबारे बुझ्न सक्ने डा. विष्टले बताए । उनी बिरामीसँग खुलेर कुरा गर्छन् । बिरामीको घरायसी अवस्था, रोजगारी, पारिवारिक, आर्थिक अवस्था, व्यक्तिगत तनाव, स्वास्थ्य जटिलता लगायतबारे उपचार थाल्नुभन्दा अगाडि नै सोधखोज गर्छन् उनी । ‘यसरी सोध्दा बिरामी खुशी हुन्छन् र केही बिराम घटेजस्तो पनि हुन्छ,’ उनले भने, ‘बिरामीको मनोबल उच्च हुन्छ ।’

आधुनिक प्रविधिको रिपोर्टमा मात्र पूर्ण भर पर्दा बिरामीको मर्म बुझ्न नसकिने भएकाले डाक्टर र बिरामीबीच निकटता र विश्वास नबढ्ने उनको निष्कर्ष छ ।

नेपालमा न्युरो सेवाका डाक्टर अहिले पनि थोरै छन् । डा. विष्ट न्यूरोलोजी सकेर नेपाल फर्किंदा १ जना मात्रै  थिए । डा. दिनेशविक्रम साहपछि दोस्रो न्यूरोलोजिस्ट डाक्टर विष्ट नै हुन् । अहिले पनि देशभरमा न्यूरोलोजिस्ट ज्यादै कम रहेका उनले बताए । डेढ लाख जनसंख्यामा कम्तीमा १ जना न्युरोलोजिस्ट र न्युरो सर्जन डाक्टर चाहिने उनले बताए ।  

नेपाल सरकारको तर्फबाट न्युरोलोजी सेवा सम्बन्धी नीतिगत सुधार हुनुपर्ने खाँचो रहेको उनी बताउँछन् । ‘न्यूरोलोजी सम्बन्धमा समय–समयमा अन्तर्राष्ट्रिय स्तरमा हुने गरेका सेमिनार गोष्ठीहरू नेपालभित्र पनि आयोजना गर्नुपर्छ । विज्ञहरूको सल्लाह–सुझावलाई लिएर नेपालमा बढ्दो न्यूरोलोजीका बिरामीलाई सहजीकरण पनि गर्नुपर्छ । न्यूरोलोजी साइन्स राज्यको प्राथमिकताको क्षेत्रमा परेको देखिँदैन । राज्यको तर्फबाट विशेषज्ञ जनशक्ति उत्पादनलाई बढावा दिनुपर्ने देखिन्छ,’ उनले भने, ‘देशमा विज्ञ जनशक्ति भएमा बढ्दै गएका न्यूरोलोजीका रोगीहरूलाई सहज र सरल ढंगबाट उपचार गराउन सजिलो हुन्थ्यो ।’

डा. विष्टका छोराछोरी चिकित्सा क्षेत्रमा छन् । छोरी रोशनी विष्ट पनि डाक्टर छिन् भने छोरा ऋतिक विष्ट एमबीबीएस गर्दैछन् । सुप्रबल जनसेवाश्री पदकबाट पनि डा. विष्ट विभूषित बनेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x