×

NMB BANK
NIC ASIA

नुवाकोटमा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, तीनको अवस्था गम्भीर

असोज २२, २०७९

NTC
Premier Steels

नुवाकोटको विदुर नगरपालिका–५ मा आज अपराह्न बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 

Muktinath Bank

घाइते हुने दसैँको टीका लगाउन जान लागेका एकै परिवारका सदस्य तथा आफन्त रहेका छन् । बेलकोटगढी–१२ मदानपुरबाट दसैँको टीका लगाउन बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेको बोलेरो विदुर नपा–५ मा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) रुपक खड्काले जानकारी दिए ।
 
उनका अनुसार घाइतेमध्ये १७ वर्षीय दिपेश गजुरेल बेलकोटगढी–१२ र १८ वर्षीय प्रवत सुवेदी बेलकोटगढी–६ र ६५ वर्षीय छविलाल रिमाल विदुर–१२, को टाउकोसहित शरीरको विभिन्न अङ्गमा चोट लागेकाले त्रिशूली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ । बाँकीको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
 
अन्य घाइतेमा ४४ वर्षीय सुदर्शन गजुरेल बेलकोटगढी–१२ उहाँको श्रीमती ४३ वर्षीया अप्सरा गजुरेल, छोरा १७ वर्षीय दीपेश गजुरेल, प्रवत सुवेदीको बुबा ३८ वर्षीय रामहरि सुवेदी बेलकोटगढी–६, छविलाल रिमालको छोरा १८ वर्षीय सागर रिमाल, ३४ वर्षीय बसन्त सिलवाल बेलकोटगढी–१२ उनको छोरी १६ महिनाको ऋतु सिलवाल रहेका छन् ।
     
यस्तै दुर्घटनामा परेर घाइते हुने अन्यमा १२ वर्षीय समीर ढकाल बेलकोटगढी–७, ४६ वर्षीया महेश्वरी पण्डित विदुर–१२ उनको छोरी १४ वर्षीया सुरक्षा पण्डित, सोही स्थानको १९ वर्षीया शर्मिला पण्डित र बोलेरो चालक २५ वर्षीय ठाकुर गजुरेल बेलकोटगढी–१२ रहेका छन् ।
 
प्रदेश ३–०१–०२३ च–९०३८ नं को बोलेरो गाडी अपराह्न १ः१० बजे विदुर नपा–५ स्थित माझीटार भन्ने स्थानमा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । सामग्री ढुवानी गर्ने उक्त बोलेरो गाडीमा एकै परिवारका सदस्य एवं आफन्त चढेर दसैँको टीका लगाउन बेलकोटगढी–१२ मदानपुरबाट बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेका थिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x