मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
म्याग्दीको आन्तरिक यातायात सेवा पाँच दिनदेखि ठप्प भएको छ । जिल्ला सदरमुकाम बेनी बजारदेखि छिमेकी मुस्ताङ जोड्ने बेनी–जोमसोम, बेनी–दरबाङलगायत म्याग्दीका मुख्य र सहायक सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।
वर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध बनेका बेनी–दरबाङ सडकका सवारी चालक दिल शेरपुञ्जाले बताए । जलेश्वर, बैसरी, नौनीबगर, जलथले, गुइँठे, रुप्से र काभ्रेभिरको सडकका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने पर्यटकलाई पनि समस्या भएको छ ।
विगतका वर्षमा दसैँलगत्तै मुस्ताङ घुम्न आउने पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो । यसपाली सुनसान छ । आएकालाई मुस्ताङ पुग्न र फर्कन सास्ती भएको छ । मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई बेनीसँग जोड्ने बेनी–दरबाङ सडक फापरखेत, सिम र बांगे पहिरोमा अवरुद्ध भएको छ ।
दशैं मनाउन जन्मथलो पुगेका कार्यक्षेत्र फर्कन र आफन्त तथा माञ्यजनबाट टीका आर्शिवाद लिन हिँडेका गन्तव्यमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । बिरामीलाई पिठ्यँु र डोकामा बोकेर अस्पताल पु¥याउनुपरेको मालिका–२ रुमका टेकबहादुर रसाइलीले बताए ।
ठाउँठाउँमा गाडी परिवर्तन गर्न र तोकिएकोभन्दा महँगो भाडा तिर्नुपरेको मालिका गाउँपालिका–७ बिमकी सुभद्रा पौडेलले बताए । ‘ढुङ्गा खसिरहने पहिरो पार र चार वडा गाडी परिवर्तन गरेर बेनी आइपुगियो’, उनले भने, ‘यसपालिको दशैं मनाएर कार्यक्षेत्रमा फर्कन धेरै कष्ट भयो ।’
सामान्य अवस्थामा दुई घण्टा लाग्ने ठाउँमा पुग्न पूरै दिन हिँड्नुपरेको र प्रतिव्यक्ति रु पाँच सय भाडा लाग्ने गरेकामा रु एक हजारभन्दा बढी तिर्नुपरेको यात्रुले गुनासो गरेका छ । असोज १९ गतेदेखि सुरु भएको झरी आज दिउँसोमात्र रोकिएको छ । झरी रोकिएपछि स्थानीय तह, बेनी–जोमसोम–कोरला सडक आयोजना र पूर्वाधार विकास कार्यालयले डोजर परिचालन गरेर सडक मर्मत थालेको जनाएका छन् ।
यसैबीच म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा अवरुद्ध भएको विद्युत् सेवा पाँच दिनपछि शनिवारदेखि सञ्चालन भएको छ । पहिरो र रुख ढलेर अवरुद्ध भएको विद्युत् लाइन मर्मत गरेर सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ । विद्युत् अभावमा ग्रामीण क्षेत्रमा फोन सेवा अवरुद्ध भएको थियो ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...