×

NMB BANK
NIC ASIA

बाढीपहिरो पीडितको तत्काल उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

असोज २४, २०७९

NTC
फाइल फोटो
Premier Steels

गृहमन्त्री बालकृष्ण खाँणले कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार तत्काल गर्न गृह प्रशासन, सम्बन्धित जिल्ला प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

Muktinath Bank

गृहमन्त्री खाँणले तत्कालका लागि जिल्लामा रहेको स्रोतसाधनको उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनःस्थापना गर्नुपर्ने भए पुनःस्थापना गर्न र थप स्रोतसाधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखी पठाउन निर्देशन दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, नेपाल प्रहरीका कर्णाली प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाँणले निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

उनले सरकारको मुख्य दायित्व नागरिकको जीवन रक्षा भएकाले संवेदनशील भएर विपद् प्रभावितको उद्धार र उपचारमा लाग्न पनि भनेका छन् ।

Vianet communication

मुगुको छायाँनाथ रारा नगरपालिका–११ सालिममा मानबहादुर कुमाईको घर पुरिँदा ५ जनाको शव प्राप्त भएको र ११ जना बेपत्ता भएका खबर आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

सुरक्षा टोली घटनास्थलमा पुग्न पनि ठाउँठाउँमा पहिरो गएकाले अप्ठ्यारो परिरहेको र केहीबेरमा पुग्ने जानकारी आफूले पाएको उनले बताए । 

कालिकोटको तिलगुफा नगरपालिका–४ राचुलीमा मलामीहरूले लासु जलाइरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुर्दा १३ जना बेपत्ता भएको खबर आएको र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख डीआईजी पोखरेलले जानकारी दिए ।

सुरक्षाकर्मीले बेपत्ताहरूको खोजी कार्य जारी राखेको, पहिरो तिला नदीसम्म पुगेको उनले बताए ।

हुम्लाको चखेली गाउँपालिका–६ मेलथममा मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएकोमा ४ जनाको मृत्यु भएको र ५ जनाको जीवितै उद्धार गरिएको डीआईजी पोखरेलले बताए । घाइतेहरूलाई थप उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर घटनास्थलमा लैजाने तयारी भइरहेको डीआईजी पोखरेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x