×

NMB BANK
NIC ASIA

राजापुरका ८ सय घर डुबानमाः सरकारले उद्धार नगरेपछि स्थानीय आक्रोशित

असोज २५, २०७९

NTC
Premier Steels

अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन् । सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरू डुबानमा परेका हुन् । 

Muktinath Bank

स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो क्षति दौलतपुरमा भएको छ । अहिले स्थानीय सरकार  र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको स्थानीयले बताए । कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको उनीहरूको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्नेकुरा पनि थाहा पाउन नसकेको गुनासो गरे । उनले कर्णालीको पानीको बहाव कम हुने छाँटकाँट नदेखिएकाले कसरी बाच्ने भन्ने समस्या भएको बताए । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नम्बर १, दौलतपुरका स्थानीय लोकराज ढुंगानाले बाढी सोमवार बेलुकादेखि गाउँ पसेको र बाढीका कारण लगभग ८ सय घरहरू डुबानमा परेको बताए । उनले नदीमा पानीको बहाव बढिरहेकाले झनै समस्या थपिएको गुनासो गरे । अन्य स्थानीय अहिलेको सरकारले बस्ती नै डुबानमा पर्दासमेत उद्धार र राहत नदिएको भन्दै आक्रोशित छन् । 

Vianet communication

गत सालको बाढीका कारण पनि गाउँ डुबानमा परेको तर सरकारले कुनै राहत नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई यस वर्षको निर्वाचनमा पश्चिमका जनताले परास्त गर्ने स्थानीयहरू बताउँछन् । उनीहरू गाउँ डुबानमा पर्दासमेत उद्धार कार्य नगरेको, गत सालको राहत अहिलेसम्म नपाएको भन्दै कर्णाली नजिकका बाढीग्रस्त क्षेत्रका जनतालाई सरकारले उचित र दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक भएको बताउँछन् । 
अविरल वर्षाका कारण पश्चिम तराईका जिल्लाहरूमा बाढी र डुबानका कारण जनजीवन प्रभावित बनेको छ । गत ५ दिन यता भइरहेको भीषण वर्षाले देशभरका पहाडी जिल्लाहरूमा पनि पहिरोको जोखिम बढाएको छ । खहरे खोलामा आएको बाढी र विभिन्न स्थानमा गइरहेको पहिरोका कारण सवारी आवतजावतमा पनि समस्या भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने र कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x