×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

प्रभु साहलाई छाड्दिनँ, बरु मलाई सहयोग गरेर प्रायश्चित्त गर्नुपर्छ– पटेल, माओवादी उम्मेदवार [कुराकानी]

असोज २८, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभा सदस्य पदका लागि रौतहट- ३ मा नेकपा (माओवादी केन्द्र)का तर्फबाट धीरज पटेलले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । प्रदेशसभामा रौतहट- ३ (१) मा  नेकपा एसका नागेन्द्र यादव र ३(२) मा नेपाली कांग्रेसका सुनिल यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । 

Muktinath Bank

सत्ता गठबन्धनकै आधिकारिक उम्मेदवार पटेलले निर्वाचन कार्यालयबाट आधिकारिक चुनाव चिह्न हँसिया हथौडा समेत पाइसकेका छन् । तर, उनलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्रबाट लडेका निवर्तमान सांसद प्रभु साहलाई समर्थन गर्नका लागि केन्द्रबाट दबाब छ  । केन्द्रबाट पार्टीका शीर्ष नेताहरूले उनलाई तीब्र दबाब दिन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी छाडेर नेकपा एमाले प्रवेश गरेका साहले भने उम्मेदवारी मनोनयनका दिन अन्तिम समयमा एमालेको टिकट छोडेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । अहिले उनी सत्ता गठबन्धनको समर्थन खोजिरेहका छन् ।


Advertisment
Nabil box
Kumari

माओवादी पार्टीका नेता वर्षमान पुनले साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने अभिव्यक्ति दिएका छन् । तर, रौतहट- ३ का माओवादी उम्मेदवार पटेल भने कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताइरहेका छन् । बरू प्रभु साहले आफूलाई समर्थन गर्नुपर्ने उनको जिकिर छ । पटेलसँग लोकान्तरकर्मी अजय अनुरागीले कुराकानी गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :

Vianet communication

म सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका लागि रौतहट- ३ मा नेकपा माओवादी केन्द्रको आधिकारिक उम्मेदवार हो । नेकपा माओवादी केन्द्रबाट टिकट पाइसकेपछि निर्वाचन आयोगमा आधिकारिक रूपमा नै उम्मेदवारी मनोनयन दर्ता गरेको थिएँ । निर्वाचन कार्यालयबाट समेत हँसिया हथौडा चिह्न प्राप्त गरिसकेको छु । त्यति मात्र होइन, सत्ता गठबन्धनकै आधिकारिक उम्मेदवार हो । त्यही चुनाव चिह्न लिएर जनतामा गइरहेको छु ।

पार्टीले मलाई चुनाव लड्नकै लागि टिकट दिएको हो । त्यसैले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई मैले समर्थन गर्नुपर्ने कुरै छैन । आफ्नो उम्मेदवारी फिर्ता लिएर प्रभु साहलाई समर्थन गर्नेगरी विज्ञप्ति निकाल्नु भनेको मैले आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्नु नै हुन्छ । त्यो काम हुन सक्दैन । म जनतामा गइसकेको छु । जनताले जे फैसला गर्छन्, त्यही मान्य हुन्छ ।

म २८ वर्षदेखि निरन्तर माओवादीमै छु । म २०५१ सालमा ८ कक्षा पढ्दाखेरि नै विद्यार्थी संगठनबाट माओवादी राजनीतिमा जोडिएँ । आफू पढ्दै गरेको विद्यालयको इकाइ अध्यक्ष भएको थिएँ । २०५३ सालमा १० कक्षामा पढ्दाखेरि पार्टीको सदस्यता लिएको थिएँ ।

२०५५ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता भएर हालसम्म काम गर्दै आएको छु ।  २०५५ सालमै म पनि भूमिगत भएको थिएँ । जनयुद्धमा लडाकु भएर पनि काम गरें । संगठनको पनि काम गरें । जनयुद्धकालमा बारा, रौतहट, सिन्धुलीमा पनि काम गरें । जिल्ला सेक्रेटरी भएर पनि काम गरें ।  पार्टीको केन्द्रीय सदस्य हुँदै अहिले प्रदेश कमिटीमा छु ।

प्रभु साहलाई मैले नै २०५६ सालमा माओवादी पार्टीको सदस्यता दिएको हो । उहाँको घर पतौरा गाविसमै पुगेर उहाँलाई पार्टीको सदस्यता दिएको थिएँ । उहाँलाई पार्टीको सदस्यता दिएर उहाँसहित पतौरा गाविसको तीन सदस्यीय सेल कमिटी मैले नै बनाएको थिएँ ।

उहाँ पनि माओवादीमा काम गर्नुभयो । २०६४ सालमा उहाँ संविधान सभाको चुनाव लड्दा पनि म नै जिल्ला सेक्रेटरी थिएँ । त्यतिबेला जिल्ला सेक्रेटरी नै कार्यकारी थियो । मैले उहाँलाई त्यतिबेला पनि चुनाव जिताएँ ।

२०७० सालमा पनि लड्नुभयो, फेरि जिताएँ । २०७४ सालमा पनि लड्नुभयो र हामीले जितायौं । हजारौं शहीदको रगत, बलिदान, त्याग र तपस्या सहितबाट बनेको संविधानविपरीत केपी ओलीले संसद विघटन गरेपछि प्रतिगमनको मतियार बन्न उहाँ एमालेमा जानुभयो । 

माओवादीको आधिकारिक उम्मेदवार म नै हो । मैले उहाँ (प्रभु साह)लाई समर्थन गर्न सक्दिनँ । बरु उहाँलाई कम्युनिष्ट आन्दोलनको एक रत्ती पनि गुन छ भने उहाँले प्रेस विज्ञप्ति जारी गरेर मलाई समर्थन गर्नुपर्छ ।

माओवादी पार्टीले उहाँलाई के दिएन? सबथोक दियो । पार्टीले उहाँलाई तीनपटक मन्त्री बनायो । कानून मन्त्री बनायो । भूमि सुधार मन्त्री बनायो । शहरी विकास मन्त्री बनायो । तर, केपी ओलीले संसद् विघटन गरिसकेपछि मन्त्री पद खानकै लागि उहाँ एमालेमा लाग्नु भयो । महान शहीदहरूको बलिदानलाई बिर्सँदै प्रतिगमनकारी केपी ओलीको मतियार बन्न पुग्नुभयो । केका लागि भने फेरि पनि शहरी विकास मन्त्री पद खानका लागि ।    

त्यसो त शुरूमा प्रभु साहले प्रेस विज्ञप्ति नै जारी गरेर संसद् विघटन गरी केपी ओलीले प्रतिगमन गर्‍यो भन्नुभएको थियो । तर, मन्त्री पद पाएपछि प्रतिगमन पनि उहाँले बिर्सनुभयो । एमालेमा हुँदा प्रचण्डमुक्त रौतहट जिल्ला बनाउँछु भनेर भाषण गर्नुहुन्थ्यो । माधव नेपालमुक्त रौतहट बनाउँछु भनेर भन्नुहुन्थ्यो ।

ओलीको महानता बखान गर्नुहुन्थ्यो । फेरि एमालेमा जब उहाँको भागबण्डा मिलेन, उहाँका नातेदार, कुटुम्ब, जातिका मानिसलाई भाग मिलेन तब एमालेमा बितण्डा मच्चाउन शुरू गर्नुभयो । एमालेले कारवाही गरिसकेपछि स्वतन्त्ररूपमा उम्मेदवारी दिनुभयो ।

स्वतन्त्रबाट लड्दा हार्ने निश्चित भइसकेपछि उहाँ काठमाडौं पुगेर हाम्रो पार्टीका शीर्ष नेताकोमा चाकडी गर्न थाल्नुभएको छ । गठबन्धनका नेता माधवकुमार नेपाललाई समेत भेटेर सत्ता गठबन्धनबाट समर्थनका लागि हारगुहार गर्नुभयो । त्यतिले नपुगेपछि अहिले काठमाडौंमा हाम्रो पार्टीको शीर्ष नेतालाई भेटेर दबाब दिइरहनुभएको छ ।  

मलाई अहिलेसम्म आधिकारिकरूपमा आदरणीय पार्टी अध्यक्ष प्रचण्डले उम्मेदवारी फिर्ता लिन भन्नुभएको छैन । तर, जिल्ला नेतृत्वले भने माथिको आदेश भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर प्रभु साहलाई समर्थन गर्न भन्नुभएको छ । प्रभु साहलाई नै समर्थन गर्नु थियो भने पार्टीले प्रभु साहलाई नै टिकट दिएको भए हुन्थ्यो नि, मलाई किन टिकट दियो त भनेर मैले पनि उहाँहरूलाई जवाफ दिइसकेको छु ।

जिल्ला अध्यक्ष देवेन्द्र पटेल, जिल्ला इञ्चार्ज युवराज भट्टराई 'समिर'जीले उम्मेदवारी फिर्ता लिन भन्नुभएको छ । प्रभुजीलाई समर्थन गर्ने भनेर माथिको आदेश छ, तपाईं एउटा प्रेस विज्ञप्ति जारी गरेर आफ्नो उम्मेदवारी फिर्ता लिँदै प्रभुजीलाई समर्थन गरेको भन्नुस् भनेर उहाँहरूले भन्नुभएको छ ।

मैले पनि पार्टीमा २८ वर्ष इमान्दारीपूर्वक लगानी गरेको छु । जनतामा गइसकेको छु । पार्टीले टिकट नै नदिएको भए हुन्थ्यो तर अब दिइसकेपछि फिर्ता हुन्नँ भनेर उहाँहरूलाई पनि मैले स्पष्ट जवाफ दिइसकेको छु । गठबन्धनका उम्मेदवारसँगै अहिले पनि जनताको घरदैलोमा मत मागिरहेको छु । जनताका बीचमा गइसकेको अवस्थामा पनि आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मेरो हत्या नै हुन्छ । म आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्दिनँ ।

मैले उम्मेदवारी फिर्ता नलिए पार्टीले बढीभन्दा बढी मलाई सांगठनिक कारवाही गर्न सक्छ । निर्वाचन आयोगले मलाई दिएको चुनाव चिह्न हँसिया हथौडा अब खोस्न सक्दैन ।

प्रभु साह माओवादी पार्टीबाट १५ वर्षसम्म सांसद बन्नुभयो ३ पटक मन्त्री बन्नुभयो । पद र पावरमा हुँदा माओवादी आन्दोलनमा लागेका क्रान्तिकारीहरूलाई पार्टीबाट पाखा लगाउने काम गर्नुभयो ।

आफ्ना जातका, नातागोताका तथा चैते माओवादीलाई मात्र बोक्ने काम गर्नुभयो । उहाँमा परिवारवाद, जातिवाद, भ्रष्टाचारवाद, तानाशाहवाद मात्र छ । उहाँले जहिल्यै पनि निषेधको राजनीति गर्नुभयो । जातपातको राजनीति गर्नुभयो । ती कुराहरूलाई मार्क्सवाद र कम्युनिष्ट आइडियोलोजीले स्वीकार्दैन ।

त्यसैले उहाँ माओवादी पार्टीको उम्मेदवार होइन । माओवादीको आधिकारिक उम्मेदवार म नै हो । मैले उहाँलाई समर्थन गर्न सक्दिनँ । बरु उहाँलाई कम्युनिष्ट आन्दोलनको एक रत्ती पनि गुण छ भने उहाँले प्रेस विज्ञप्ति जारी गरेर मलाई समर्थन गर्नुपर्छ ।

कम्युनिष्ट आन्दोलन छाडेर मैले गल्ती गरें । अपराध गरें भनेर जनताका बीचमा प्रायश्चित गर्नका लागि पनि उहाँले विज्ञप्ति जारी गरेर मलाई समर्थन गर्नुपर्छ ।  रौतहट जिल्लामा मात्रै माओवादीका १८४ जना शहीद भएका छन् । देशभरमा १४ हजार जना शहीद छन् ।

शहीदको रगतबाट हँसिया हथौडा चिह्न आएको हो । त्यो चिह्नलाई प्रभु साहले समर्थन गरेर आफ्नो पाप र अपराधको प्रायश्चित गर्नुपर्छ । प्रभु साह सांसद बन्नु अघिसम्म एकदम सामान्य आर्थिक हैसियत भएका मानिस थिए । तर, अहिले उनीसँग अर्बौं अर्बको सम्पत्ति छ । त्यो कहाँबाट आयो ?

उहाँ नेपाल ल क्याम्पस पढ्दाखेरि बस चढेर जान टिकट समेतको पैसा थिएन । उहाँलाई दुईवटा विषयमा ब्याक लागेको थियो । त्यतिबेला पनि मैले नै २०५७ सालमा उहाँलाई ५ सय रुपैयाँ खल्तीमा राखेर काठमाडौं पठाएको हो । किनभने त्यतिबेला म उहाँको कमान्डर थिएँ, उहाँ मेरो सिपाही हुनुहुन्थ्यो । तर, अहिले रौतहट आउनुस्, म देखाइदिन्छु कसरी उहाँले राजारजौटाको जीवनशैली जिउनुहुन्छ । गाउँमा घर पनि थिएन । तर अहिले महल ठड्याउनु भएको छ ।

त्यत्रा ठूल्ठूला महल कहाँबाट आए ? राजनीति गर्ने मान्छेको त सम्पत्ति घट्छ नि तर उहाँको बढेकोबढ्यै छ । अर्बौं सम्पत्तिको मालिक हुनुका साथै कालोधनको पनि मालिक बन्नुभएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x