×

NMB BANK
NIC ASIA

पहिरो पन्छाउन स्थानीय सरकार र सुरक्षा निकायको सक्रियता

असोज २८, २०७९

NTC
Premier Steels

गत असोज १९ गतेदेखि अविरलरूपमा परेको वर्षापछिको बाढी र पहिराले कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्ड एक हप्तादेखि पूर्णरूपमा बन्द छ । राजमार्ग अवरुद्धका कारण आवागमन पनि ठप्प भएको छ ।

Muktinath Bank

राजमार्गको अवरोध हटाएर आवागमन सहज बनाउन आज जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी नेतृत्वको टोली र स्थानीय सरकारका प्रमुखहरूसहित जुटेका छन् । नेपाली सेना नन्दा बक्स गण जुम्लाका गणपति रविन थापाले जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा गएको पहिरो पन्छाउन शुरु गरिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्षतिग्रस्तस्थल पुगेर सडक डिभिजन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी केसरीले जानकारी दिए । राजमार्ग खुलाउन प्रजिअ केसरी, गणपति थापा, सशस्त्र प्रहरी ३३ नं गणका प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्द स्थलगतरुपमा आफैँ खटिएका थिए ।


Advertisment
Nabil box
Kumari

अवरोध हटाउनका लागि प्रयोग गरिएका ‘स्काभेटर’ सहित प्रहरीसमेत खटाइएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार कर्णाली राजमार्गको जुम्ला खण्डको रारालिहीमा तीनवटा ‘स्काभेटर’ ले लगातार काम गरिरहेका छन् । यसका साथै ‘ब्रेकर’ले समेत काम गरे पनि ठूलो ढुङ्गाहरू खसेकाले ‘ब्लाष्टिङ’ गर्नुपर्ने अवस्था भएको छ ।

Vianet communication

गणपति थापाले भने, ‘ब्लाष्टिङ गर्नका लागि माथिल्लो निकायसँग अनुमति मागिसकिएकाले काम छिट्टै शुरु गर्दैछौँ । यो काम अझै दुई–तीन दिन लाग्ने देखिएको छ ।’

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार नाग्म–गमगढी राजमार्गको भूगोलपाटा, बाँजागाड, बड्की, देवारगाउँ, आचार्य लिही सडकखण्डमा पहिरो जाँदा आठ–दश स्थानमा सड्क अवरुद्ध भएको छ । हिमा गाउँपालिकामा पर्ने त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सञ्चालनका लागि काम शुरु गरिएको छ ।

नाग्म–गमगढी राजमार्ग खुलाउन जुटे स्थानीय सरकार 

नाग्म–गमगढी राजमार्ग खुलाउन स्थानीय सरकारका प्रमुखहरू जुटेका छन् । सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिञ्जामा सडक सञ्चालन गर्न ‘स्काभेटर’ले काम भइरहेको जानकारी दिए । हिमा क्षेत्रमा बाढीपहिरो गएकाले त्यस क्षेत्रमा चाँडै पहिरो पन्छाए सिञ्जा गाउँपालिकाको अवरोध हटाउन सहज हुने उनले बताए । 

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले ‘स्काभेटर’ लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । उनले जुम्लामा सबैभन्दा बढी मानवीय क्षति कनकासुन्दरीमा भएको छ । उक्त गाउँपालिकामा पहिरो र बाढीबाट नौ जनाले ज्यान गुमाएका छन् । सो गाउँपालिकामा सात घर पूर्णरूपले क्षति भएको उनले जानकारी दिए । 

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिकामा क्षेत्रमा पहिरो पञ्छाउने काम भइरहेको छ । केही स्थानमा बाटोको निसाना नै नभएकाले नयाँ बाटो खोल्नुपरेको उनले बताए । अध्यक्ष शाहीले ‘स्काभेटर’मा तत्काल इन्धन सकिएकाले काम अगाडि बढाउन अवरुद्व भएको बताए । 

नेपाली सेना २४ नं बाहिनीका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डको नाग्गगाड, सेरावाडा, राँचुली, सेरीघाटमा पहिरो खसेको छ । सो क्षेत्रमा काम गर्न सेना सक्रिय भएको छ । नाग्म–गमगढी राजमार्गको मुगु खण्डको दर्जन स्थानमा पहिरो जाँदा पनि त्यहाँको आवागमन बन्द भएको छ । सात घुम्ती, पिना, टोप्ला, झ्यारी ताल्चा, तुमा, गमगढीमा गएको पहिरो हटाउने पहल भइरहेको नेपालीले सेनाले जनाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x