×

NMB BANK
NIC ASIA

चुनावी दौड

नयाँ मोडमा घनश्याम भुसाल : माग्लान् त कांग्रेस–माओवादीले भोट ?

असोज २९, २०७९

NTC
Premier Steels

रूपन्देहीको १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट सचिव छविलाल विश्वकर्मा र नेता घनश्याम भुसालको नाम प्रतिनिधिसभा सदस्यका लागि पार्टीको क्षेत्रीय कमिटीले जिल्लामा सिफारिस गरेर पठाएको थियो । भुसालको नाम रूपन्देही–१ सँगै गत निर्वाचनमा निर्वाचित रूपन्देही–३ बाट पनि सिफारिस भएको थियो ।

Muktinath Bank

जिल्लाले भुसाललाई रूपन्देही–१ को क्षेत्रीय कमिटीले गरेको सिफारिसलाई रोकेर क्षेत्र नम्बर ३ बाट मात्रै केन्द्रमा सिफारिस गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भुसाल रूपन्देही–३ बाट र विश्वकर्मा रूपन्देही–१ बाट उम्मेदवार बन्छन् भन्ने धेरै एमाले कार्यकर्ताको अनुमान थियो तर मनोनयन दर्ता गर्ने अघिल्लो दिन (२२ असोज) भुसालले आफू एमालेमा नरहेको घोषणा गरे । त्यसको भोलिपल्ट बिहान उनले आफू स्वतन्त्र उम्मेदवारको रूपमा रूपन्देही–१ बाट उम्मेदवारी दिने र आफूलाई सत्तारूढ गठबन्धनले सघाउने पत्रकार सम्मेलन गरी सार्वजनिक गरे । 


Advertisment
Nabil box
Kumari

यसअघिको निर्वाचनदेखि गत पालिका चुनावमा समेत सँगसँगै हिँडेका भुसाल र विश्वकर्मा अहिले एकअर्काका प्रतिस्पर्धी बनेर चुनावी मैदानमा उत्रिएका छन् । दुवै नेता ३ दशक एउटै पार्टीमा जिल्लाबाट काम गरेका नेता थिए । स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सघाउन गठबन्धनबाट प्रतिनिधि सभातर्फ उम्मेदवार छैनन् भने एमालेका विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेलले प्रतिस्पर्धालाई रोचक बताएको छ । यसअघि जितेका विश्वकर्मासँग आफ्नै पूर्व सहकर्मीको पेचिलो भिडन्त सबैको चासोमा छ ।
 
सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा यो क्षेत्र माओवादी केन्द्रलाई भाग परेको थियो । पूर्व सभामुख ओनसरी घर्तीलाई यहीँ क्षेत्रबाट माओवादीले उम्मेदवार बताउने तयारी गरे पनि घनश्यामलाई माओवादीले आफ्नो कोटाबाट उम्मेदवार बनाएर घर्तीलाई काठमाडौं–२ मा लगेर उम्मेदवार बनाएको माओवादीका जिल्ला नेताहरू बताउँछन् । 

Vianet communication

यसअघि विश्वकर्माका प्रतिस्पर्धी कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाक अहिले प्रदेशसभा सदस्यमा उम्मेदवार छन् । २०७४ सालको निर्वाचनमा भुसालले रूपन्देही–३ मा राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहोरालाई पराजित गरेका थिए । एमालेले राप्रपासँग तालमेल गर्दा रूपन्देही–३ छाडेपछि भुसालले एमाले छाडेका थिए । भुसालको विद्रोहले एमालेको आफ्नो मत एकत्रित हुन गाह्रो भएको कतिपय कार्यकर्ताको बुझाइ छ । विश्वकर्मा निर्वाचित भएर गएपछि पनि क्षेत्रमा खासै काम गर्न नसकेकोमा एमाले कार्यकर्ता नै असन्तुष्ट छन् ।

माओवादीको चुनाव चिह्न नलिएको भन्दै माओवादीहरू पनि भुसाललाई कम भोट जाने आकलन गर्दैछन् । अहिले रूपन्देही–३ का उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँण र भुसाल चुनावी अभियानमा सँगसँगै हिँडेको देखिन्छ ।

यस्तो देखिन्छ तथ्यांक

गत वैशाख ३० गते भएको पालिका चुनावको परिणाम नियाल्दा भुसालले चुनाव जित्न कडा मेहनत गर्नुपर्ने देखिन्छ । यो निर्वाचन क्षेत्रमा पर्ने वडाध्यक्षहरूले पाएको मत हेर्दा एमाले गठबन्धन अगाडि देखिन्छ । कांग्रेस पहिलो शक्ति भए पनि एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मत जोड्दा ५१ हजार ६४१ हुन्छ । पालिका निर्वाचनमा चुनावमा एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५ मत पाएको थियो । 

तर कांग्रेसले ३२ हजार ९९९, माओवादीले ४ हजार २०२, एकीकृत समाजवादीले १ हजार २४३ र लोसपाले ३२५ मत पाएका थिए । यो जोड्दा ३८ हजार ७६९ मत हुन्छ । अर्थात् एमाले नेतृत्वको गठबन्धनका वडाध्यक्षहरूले पाएको मत १२ हजार बढी देखिन्छ । 

एमाले देवदह नगरका अध्यक्ष टीकाराम चापागाईंले हालै एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसको लाभ घनश्याम भुसाललाई देखिन्छ ।

एमाले उम्मेदवार विश्वकर्मा आफ्नो जीतमा कुनै शंका नरहेको दाबी गर्छन् । ‘स्थानीय तहको मतपरिणामले हाम्रो जीत निश्चित छ । अरु पार्टी छाडेर एमाले प्रवेश गर्ने लहर पनि छ,’ उम्मेदवार विश्कर्माले भने ।

भुसालले पनि सत्ता गठबन्धनको समर्थन रहेको र आफ्नो क्षेत्र भएकाले जीत निकाल्ने दाबी गर्छन् । रूपन्देही–१ मा देवदह नगरपालिकाका १२ वटै वडा, तिलोत्तमा नगरका ७, ८, ९, १०, ११, १२ १५, १६ र १७ वडा, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका गर्छ । यो क्षेत्रमा १ लाख २९ हजार ५६० मतदाता रहेका छन् । 

भुसालका लागि कांग्रेस–माओवादीले माग्लान् भोट ?

गठबन्धनमा घनश्यामको ‘इन्ट्री’पछि रूपन्देही–१ का माओवादी–कांग्रेस कार्यकर्ताले साँच्चै भुसाललाई भोट हाल्लान् भन्ने चासो छ । नेपाली कांग्रेस क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका पूर्व मेयर हिराबहादुर खत्रीले गठबन्धनका साझा उम्मेदवारको रूपमा भित्रिएका भुसाललाई भोट हाल्नुको विकल्प नभएको बताउँछन् । ‘खास हाम्रो माग यो क्षेत्रबाट प्रतिनिधि सभामा हामीले टिकट पाउनुपर्छ भन्ने थियो,’ खत्रीले भने, ‘ओली प्रवृत्तिविरुद्ध बनेको गठबन्धनले ओलीसँग बस्न नसकेर आएका बौद्धिक नेतालाई भोट नहाल्ने कुरै हुँदैन । मनैदेखि हामीले भोट हाल्छौं, भोट माग्छौं ।’ 

नेकपा माओवादी केन्द्रको १ नम्बर क्षेत्रीय सहइन्चार्ज मोतिलाल ढकालले आफ्नो पार्टीसहित गठबन्धन र भुसालले अरु सहानुभूतिको भोट पनि पाउने दाबी गरे । ‘हाम्रो चुनाव चिह्न लिएर लडे हुन्थ्यो भन्ने हाम्रो अपेक्षा थियो,’ ढकालले भने, ‘गठबन्धनमा आइपुगेका भुसाललाई पार्टीको तर्फबाट उम्मेदवार बनाएपछि जुन चुनाव चिह्न लिए पनि सहयोग माग्छौं । त्यहीँ अनुसार हामी भोट माग्न घरघरमा जाँदैछौं । हामी भित्री मनदेखि नै गठबन्धनलाई जिताउँछौं । त्यसमा प्राथमिकतामा भुसालजी पर्नुभएको छ ।’

‘विश्वकर्मलाई ब्रेक लगाउन भुसाललाई गाह्रो’

नेकपा एमाले देवदह नगर इन्चार्ज यम रानाले विश्वकर्माले गरेका विकास, राप्रपा र जसपाको तालमेलले जीतको माला पहिरिने दाबी गरे । ‘पालिकामा वडाध्यक्षहरूले पाएको मतको आधारमा हामी १२ हजारले अगाडि छौं,’ राना भन्छन्, ‘तालमेल अनुसार ३० प्रतिशत मत नआए पनि एमाले/राप्रपाका उम्मेदवारले चुनाव जित्नेछन् ।’ रानाले हालै एमाले छाडेका चापागाईंले एमालेका मतलाई खासै प्रभाव नपार्ने दाबी पनि गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x