×

NMB BANK
NIC ASIA

कर्णालीमा बाढीपहिरो : साढे १० हजार नागरिक घरबारविहीन

असोज २९, २०७९

NTC
Premier Steels

बाढीपहिरोका कारण कर्णाली प्रदेशमा १० हजार सात सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा ५ हजार २८२ जना घरबारविहीन भएका छन् ।​

Muktinath Bank

कालीकोटमा १ हजार ७६३, जुम्लामा १ हजार ७२५, सल्यानमा ६३९, सुर्खेतमा ५६६, हुम्लामा ४७४, दैलेखमा २०७, डोल्पामा २५, जाजरकोटमा १८ र रुकुमपश्चिममा १५ जना घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढी पहिरोबाट कर्णालीमा १ हजार ७२० घरधुरी विस्थापित भएका छन् । त्यसमा मुगुमा ७२३, जुम्लामा ३६८, कालीकोटमा २३५, सुर्खेतमा १३९, सल्यानमा १२७, हुम्लामा ७३, दैलेखमा ४४, डोल्पा र रुकुमपश्चिममा ४/४ तथा जाजरकोटमा ३ घरधुरी विस्थापित भए । 


Advertisment
Nabil box
Kumari

यस्तै बाढी पहिरामा परेर कर्णालीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट जुम्लामा १० जना, मुगुमा ८, कालीकोटमा ६, हुम्लामा ४, जाजरकोट सल्यानमा ३/३, दैलेख र डोल्पामा १/१ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Vianet communication

बाढी पहिरामा परेर कर्णाली प्रदेशको कालीकोटमा सबैभन्दा धेरै १७ जना बेपत्ता भएका छन् भने दैलेख, जुम्ला र डोल्पामा एक÷एक गरी २० जना बेपत्ता भएका छन् । तीमध्ये १ जना नेपाल प्रहरीका जवान रहेको जनाइएको छ । 

त्यस्तै बाढीपहिरामा परेर कर्णालीमा २८ जना घाइते भएका छन् । सबैभन्दा धेरै कालीकोटकै १० जना घाइते भएका छन् भने हुम्लामा ६, मुगु र जुम्लामा ५/५ जना तथा जाजरकोट र रुकुमपश्चिममा १/१ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा पूर्णरुपमा १ हजार १४० घर भत्किएका छन् भने आंशिक १ हजार ६१२ घर भत्किएका छन् । त्यस्तै बाढी तथा पहिराबाट उच्च जोखिममा १ हजार ४७७ घरधुरी रहेका छन् । 

पाँच दिनसम्म लगातार भएको वर्षाका कारण पानीले कर्णाली प्रदेशको मुगुमा २५१, हुम्लामा २१७ र सल्यानमा ६४ गरी २४६ पशुचौपायको मृत्यु भएको छ । बाढीपहिराका बेला उद्धार तथा राहत वितरणमा प्रदेशभर २ हजार ७०४ जना प्रहरी परिचालन गरिएको थियो । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) पोषराज पोखरेलले बेपत्ता व्यक्तिको खोजीकार्यसँगै अन्य क्षतिको विवरण संकलनका लागि नेपाल प्रहरी अहिले पनि प्रभावित क्षेत्रमा खटिइरहेकाले उल्लेखित विवरणमा थपघट हुनसक्ने जानकारी दिए । 

पहिराले कर्णाली क्षेत्रको अवरुद्ध यातायात आंशिकरुपमा सञ्चालनमा आए पनि पूर्णरुपमा यातायात सञ्चालनमा ल्याउन अझै केही दिन लाग्नेछ । कर्णाली राजमार्ग कर्णाली करिडोर (हुम्ला जाने), रत्न राजमार्गसहित जाजरकोट, दैलेख जाने सडकमा ठूलो क्षति भएको छ । 

‘पूर्णरुपमा विच्छेद भएको सडक सञ्जाल आंशिकरुपमा सञ्चालनमा आएको छ’, प्रदेश प्रहरी कार्यालयका प्रमुख पोखरेलले भने, ‘पूर्णरुपमा विच्छेद भएको कर्णाली करिडोर र कर्णाली राजमार्ग खुल्न अझै महिना दिन बढी लाग्ने देखिन्छ ।’ 

उनका अनुसार मुख्य राजमार्ग मात्र नभएर कतिपय सहायक राजमार्ग पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । पहिराले दर्जनौँ स्थानमा राजमार्ग अवरुद्ध भएपछि राहत र उद्धारमा पनि कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

विस्थापितलाई सरकारले हेलिकप्टरमार्फत राहत वितरण गरिरहेको पनि डिआइजी पोखरेलले जानकारी दिए । सडक सञ्जाल विच्छेद भएपछि हेलिकप्टरमार्फत टेण्ट, कम्बलसहित अन्य राहतका सामग्री बाढीपहिरो प्रभावित जिल्लामा पुर्‍याइएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x