×

NMB BANK
NIC ASIA

हिजो कांग्रेस र हामी दुई ध्रुवमा थियौँ, अहिले मिल्नुपर्ने अवस्था छ : वर्षमान पुन

असोज २९, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएको बताएका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा शनिवार गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुनले गठबन्धन निश्चित उद्देश्यमा आधारित रहेको बताए । ‘पटक–पटक संसद विघटन भयो र संविधान मिच्ने काम भयो । लोकतन्त्रमाथि प्रहार भयो’, पुनले भने, ‘संविधान र लोकतन्त्र बचाउन सडकमा संघर्ष गरेको शक्तिले सरकार बनायो, अहिले त्यही गठबन्धनको सरकार छ । हामीले निर्वाचनमा सँगसँगै जाने निर्णय गरेका छौं । यो आम जानकारीकै विषय छ ।’ 

Muktinath Bank

नेता पुनले माओवादी केन्द्र र कांग्रेसको मिलन इतिहासको आवश्यकता भएको औँल्याए । कुनै बेला दुई प्रमुख शक्तिबीच आमने-सामने लडाइँ भएको स्मरण गर्दै उनले अहिले मिल्नु परिस्थितिको आवश्यकता भएको तर्क गरे । ‘हिजो माओवादी र कांग्रेस दुई ध्रुवजस्तो भएर लड्यौँ । त्यतिबेला प्रतिस्पर्धा थियो, अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौँ’, उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुनले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ताका लागि अपिल गरे । सत्ता गठबन्धनद्वारा सिट बाँडफाँटका लागि गठित कार्यदल सदस्यसमेत रहेका पुनले देशभर करिब दुई सय स्थानमा बागी उम्मेदवारी दर्ता भएकामा अब त्यो संख्या ८/१० जनामा झरेको बताए । उनले रोल्पा (ख) बाट बागी उम्मेदवारी दिएका माओवादी पोलिटब्युरो सदस्य दीपेन्द्र पुन राजनीतिक रुपमा उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउन सकारात्मक रहेको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उक्त प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन उम्मेदवार छन् । उनले देशभर कांग्रेसको सहयोगमा माओवादी उम्मेदवार जित्नुपर्ने अवस्थामा आफूहरूले अवस्था सुदृढ भएको रोल्पा र रुकुजस्ता जिल्ला मात्र हेरेर ढिपी गर्न नहुने उनको भनाइ थियो । ‘हामीले आफू बलियो भएको रोल्पा र रुकुम मात्र हेरेर हुँदैन’, उनले भने, ‘देशभर हाम्रा साथीहरू कांग्रेसको सहयोगमा उम्मेदवार बन्नुभएको छ । उहाँहरूको जितलाई पनि हामीले हेर्नुपर्छ ।’ 

Vianet communication

पुन सत्ता गठबन्धनका तर्फबाट एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पाबाट उम्मेदवार छन् । उनी ०७४ को निर्वाचनमा पनि रोल्पाबाटै प्रतिनिधि सभामा निर्वाचित भएका थिए । 

फरक प्रसंगमा पुनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका साथै विकास तथा समृद्धि सत्ता गठबन्धनको साझा उद्देश्य भएको उल्लेख गरे । यसका साथै स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिप्रति गठबन्धन आवद्ध सबै दलबीच समान धारणा रहेको बताए । छिमेकी र टाढाका अन्तर्राष्ट्रिय शक्तिसँग आफूहरू मैत्रीपूर्ण र राम्रो सम्बन्ध राख्न चाहेको उनले बताए । तर, नेपालको घरभित्रको मामिलामा भने हस्तक्षेप सह्य नहुने उनको स्पष्टोक्ति थियो । 

जनताका प्रतिनिधिमार्फत संविधान जारी गर्न खोज्दा केही अन्तर्राष्ट्रिय शक्तिले दबाब दिए पनि नेपालका राजनीतिक दल र  नेताहरूले त्यसलाई अस्वीकार गरेको स्मरण पुनले गरे । ‘नेपाली जनताले आफ्ना प्रतिनिधिहरूमार्फत संविधान जारी गर्छौंं भन्दा त्यो प्रयासलाई रोक्न केही अन्तर्राष्ट्रिय शक्तिबाट विभिन्न प्रकारका हस्तक्षेप, दबाब र रोकबाट भए’, उनले भने, ‘तर, नेपाली जनताका प्रतिनिधि र नेताहरूले त्यसलाई मानेनौं र संविधान जारी भयो । हामी छिमेकी र टाढाको मित्रहरूसँग मैत्रीपूर्ण र राम्रो सम्बन्ध राख्छौँ तर, आफ्नो घरको निर्णय आफै गर्छौँ ।’ 

पुनले तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति दिवंगत सुशील कोइराला र आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताले नेपालबारे नेपालीहरूले नै निर्णय गर्ने भन्दै संविधान जारी नगर्न आएको बाह्य हस्तक्षेप अस्वीकार गरेको स्मरण पनि गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x