×

NIC ASIA

बैंकको ब्याजदर वृद्धिविरुद्ध बुटवलका व्यवसायीहरू आन्दोलित

असोज ३१, २०७९

Prabhu Bank
NTC
Premier Steels

बैंक तथा वित्तीय संस्थाहरूले व्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरूले प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरू आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी व्याजदरमा चर्को वृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशील उद्योग वाणिज्य संघहरूले सोमवार बुटवलमा विरोध प्रदर्शन गरेका हुन् । 

Muktinath Bank

बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराउनको विरोध प्रदर्शन गरिएको बताए । ‘हाम्रो माग सुनुवाई भएन भने अझै ससक्त आन्दोलन चर्काउने छौँ’, भट्टराईले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उद्योग वाणिज्य संघको सचिवालय बालमन्दिरबाट शुरु भएको विरोध प्रदर्शन अमरपथ, विपी चोक, राममन्दिर लाइन हुँदै जेसीज चोकमा पुगेर समापन गरिएको थियो । विरोध प्रदर्शनको समापन कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड–१९ को महामारीबाट थलिएका उद्योगी व्यवसायीहरू तरलता अभावले झनै पिल्सिनु परेको र त्यसमाथि बैंक तथा वित्तीय संस्थाहरूले महिनै पिच्छे व्याजदर वृद्धि गर्दै जाँदा भएका उद्योग, व्यापार, व्यवसाय पनि बन्द गर्नुपर्ने स्थिति आएको बताए । 


Advertisment
Nabil box
Kumari

‘बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले नियन्त्रणमा राख्नु पर्ने हो’, उनले भने, ‘राष्ट्र बैंकले लगाम छोडिदिँदा बैंक तथा वित्तीय संस्थाहरूमा मोनोपली भएको छ । जसका कारण ८÷९ प्रतिशतमा रहेको बैंकको व्याजदर बृद्धि भएर अहिले १५/१६ प्रतिशतसम्म पुगिसकेको छ ।’

Vianet communication

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले लिने प्रिमियम दर १ प्रतिशतभन्दा बढी बनाउन नहुने, बैंकले शुरुमा लगानी गरेको व्याजदर कम्तिमा १ वर्षसम्म ऋणीको सहमति बिना बढाउन नपाइने, चालु पुँजीको नियम तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरूलाई कठिन हुने भएकाले कम्तिमा आर्थिक अवस्था सहज भएपछि लागू गर्न माग गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x