×

NMB BANK
NIC ASIA

आईटीएफमा प्रदेश १ लाई पहिलो स्वर्ण, मधेश र सुदूरपश्चिम पदकविहीन

कात्तिक १, २०७९

NTC
Premier Steels

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दो प्रतियोगितामा प्रदेश १ ले पहिलो स्वर्ण पदक जितेको छ । मंगलवार भएको ५१–५५ किलो तौल समूहको महिला स्पाइरिङमा सो प्रदेशकी कुसुम राजवंशीले स्वर्ण पदक जितेकी हुन् । उनीसँग पराजित गण्डकी प्रदेशकी हिसिला अडाइले रजत पदक पाइन् । विभागीय टिम नेपाल आर्मीकी रीना धिमाल र सशत्र प्रहरी बलकी सन्जनाकुमारी चौधरीले कास्य पदक जितिन् ।

Muktinath Bank

प्रतियोगिताको चौँथो दिनमा प्रदेश १ स्वर्ण हात पार्न सफल भएको हो । यसअघिका खेलमा उसले दुई वटा कास्य पदक जितेको थियो । मंगलवार नै भएको ४२–४५ किलो तौल समूहबाट महिला स्पाइरिङमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण जितिन् भने बागमती प्रदेशकी सुस्मिता तामाङ रजतमा सीमित बनिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल पुलिसकी मनिषा घर्तीमगर र सशत्र प्रहरी बलकी लिलाकुमारी सापकोटाले कास्यमा चित्त बुझाइन् । जारी प्रतियोगितामा मधेश र सुदुरपश्चिम प्रदेशले अहिलेसम्म कुनै पदक पाउन सकेको छैन । मिडिया संयोजक पुकार केसीका अनुसार प्रतियोगितामा आठ स्वर्ण, चार रजत र एक कास्यसहित विभागी टिम नेपाल आर्मी शीर्षस्थानमा छ ।


Advertisment
Nabil box
Kumari

दोस्रो स्थानमा रहेको बागमती प्रदेशले पाँच स्वर्ण र चार रजत पदक हात पारेको छ । चार स्वर्ण र पाँच रजतसहित गण्डकी प्रदेश तेस्रो स्थानमा छ । कर्णाली प्रदेशकले एक रजत र एक कास्य पदक मात्र जितेको छ । अहिलेसम्मका खेलमा विभागीय टिम नेपाल पुलिस एउटा कास्यमा सीमित छ । 

Vianet communication

लुम्बिनी प्रदेशले चार रजत र चार कास्य तथा विभागीय टिम सशत्र प्रहरी बलले एक रजत र तीन कास्य पदक जितेको छ । बुधवारसम्म चल्ने प्रतियोगिताअन्तर्गत हालसम्म ४६ पदकको टुंगो लागेको आईटीएफ नेपालका महासचिव अञ्जु रावतले जानकारी दिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x