×

NMB BANK
NIC ASIA

होलीवाइन प्रकरणमा आफूलाई जोडेपछि ओलीप्रति रावलको टिप्पणी– के मात्रै गर्न बाँकी राख्छन् होला ?

कात्तिक ३, २०७९

NTC
Premier Steels

नेकपा एमालेका नेता भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा टिकटबाट बन्चित गरिएका रावलले अध्यक्ष ओलीले के मात्र गर्न बाँकी राख्छन् होला र ? भन्ने प्रश्न गरेका छन् । 

Muktinath Bank

बिहीवार सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले दुर्नाम संस्था होलिवाइन भनी चिनिने एकनाथ ढकाललाई सांसद बनाउने गलत निर्णय उदांगिएपछि त्यसको दोष आफूमाथि लगाएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रावलले ट्वीटरमा लेखेका छन्, ‘दुर्नाम संस्थाका होलिवाइन भनी चिनिने एकनाथ ढकाललाई प्रतिनिधि सभा सदस्य बनाउने गलत निर्णय उदांगो भएपछि एमाले अध्यक्ष केपीले होलिवाइनको प्रचारक भीम रावल भन्नु भएछ । यस्तो भन्नसक्नेले अरू के मात्रै गर्न बाँकी राख्छन् होला र ? राजनीति विकृत त्यसै भएको हो र !’ 


Advertisment
Nabil box
Kumari

एमालेले समानुपातिक उम्मेदवारको सूचीमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम राखेका छन् । उक्त विषयले चर्चा पाइरहेको छ । एक सञ्चारमाध्यमले समानुपातिक उम्मेदवारको सूचीका विषयमा सोधेको प्रश्नमा ओलीले होलिवाइनको प्रचारक भीम रावल बनेको बताएका थिए । 

Vianet communication

ढकाल आबद्ध एक संस्थाले केही वर्षपहिले काठमाडौंमा सबैजसो दलका प्रमुख नेताहरूलाई बोलाएर एक कार्यक्रम गरेको थियो । त्यसमा नेताहरूलाई ‘होलिवाइन’ खुवाइको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले उक्त कार्यक्रम उद्घाटन गरेका थिए । इसाई धर्मको प्रचारका लागि आयोजना गरिएको कार्यक्रममा सहभागी भएपछि नेताहरूको चर्को आलोचना भएको थियो । उक्त कार्यक्रमको संयोजन ढकाल आफैले गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x