×

NMB BANK
NIC ASIA

आचारसंहिताविपरीत करको दायरा हेरफेर गरिएकोप्रति स्पष्टीकरण

कात्तिक ४, २०७९

NTC
Premier Steels

निर्वाचन आयोगले गण्डकी प्रदेशलाई निर्वाचनको उम्मेदवारी दर्ता भइसकेको अवस्थामा करका दायराहरूमा हेरफेर गरेको भन्ने सम्बन्धमा प्रदेश सरकारलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

Muktinath Bank

आयोगले सो विषयमा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव र प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्पष्टीकरण पत्र पठाई प्रदेश सरकारबाट नीति तथा कार्यक्रम पारित भइसकेको अवस्थामा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भई सकेपश्चात प्रदेश सरकारले करका दरहरूमा हेरफेर गरेको भन्ने सूचना प्राप्त भएको विषयमा आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ख) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने’ भन्ने व्यवस्था छ ।


Advertisment
Nabil box
Kumari

गण्डकी प्रदेश सरकारको मिति २०७९ असोज २७ गतेको प्रदेश राजपत्र (संख्या ०५) मा त्यस सरकारले विभिन्न करका दरमा छुट दिने गरी सूचना प्रकाशन गरेको विषय आर्थिक मामिला तथा योजना मन्त्रालयको वेबसाइट समेतमा प्रकाशन भएको हुँदा प्राप्त भएको समयले २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देश गरेको छ ।

Vianet communication

‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा गण्डकी प्रदेश सरकारबाट करका दायरामा हेरफेर गर्ने निर्णय गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्ने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को खण्ड (ख)को उल्लंघन भएको देखिएकाले यहाँसमेतलाई उक्त निर्णयको लागि जिम्मेवार ठहर्‍याई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’ आयोगको स्पष्टीकरणमा भनिएको छ ।रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x