×

NMB BANK
NIC ASIA

पाँच दिनअगाडि नै ‘महापुरुष’ को प्रिमियर

कात्तिक ८, २०७९

NTC
Premier Steels

फिल्म ‘महापुरुष’ को पाँच दिनअगाडि नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण फिल्मप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिए। प्रिमियर शोमा फिल्म हेर्न ‘महापुरुष’ टोलीसँगै दीपकराज गिरी, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, केकी अधिकारी, बेनिषा हमाल, निश्चल बस्नेत, स्वस्तिमा खड्कालगायत सेलिब्रेटी पुगेका थिए ।

Muktinath Bank

प्रिमियर हेरिसकेपछि अभिनेता खगेन्द्र लामिछानेले कथा र विषयवस्तुको उच्च प्रशंसा  गरे । “बाहरुको कथामा आधारित फिल्ममा इमोसन, कमेडी, सन्देश सबै छ । यो सबै उमेर समूहका दर्शकलाई हुने बनेको छ । परिवारमा बाको भूमिका के हुन्छ भन्ने कुरा यो फिल्मले देखाएको छ”, उनले भने । अभिनेत्री स्वस्तिमा खड्काले सम्पूर्ण पक्ष राम्रो रहेको भन्दै तारिफ गरिन् । भाइटीकाको भोलिपल्टबाट सार्वजनिक प्रदर्शनमा आउने ‘महापुरुष’ हेरेपछि हास्यकलाकार किरण केसीले अहिलेसम्मकै उत्कृष्ट भन्दै तारिफ गरे ।
“हरिवंशले निर्वाह गर्नुभएको भूमिका जीवन्त छ । बाँकी कलाकारहरूले पनि दर्शकसँग जोडिने भूमिका निर्वाह गरेका छन् । यो फिल्म सम्पूर्ण परिवार एकैसाथ बसेर हेर्नुपर्ने बनेको छ”, उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्देशक निश्चल बस्नेतले फिल्मको विषय र पटकथा निकै बलियो रहेको प्रतिक्रिया दिए । 


Advertisment
Nabil box
Kumari

अभिनेत्री केकी अधिकारीले फिल्म हेरिसकेपछि आफ्नो अभिभावकका बारेमा सोचेको बताइन्। “हाम्रो अभिभावकको सम्बन्धलाई सहजै स्वीकार्न सक्दैनौँ । त्यो सही गरिरहेका छौँ कि गलत भन्ने सोच्न बाध्य बनाउँछ । फिल्ममा गम्भीर विषयलाई मनोरञ्जनात्मक शैलीमा भनिएको छ”, उनले भनिन् । अर्की अभिनेत्री बेनिषा हमालले फिल्म नहेर्ने दर्शक पछुताउने प्रतिक्रिया दिइन् ।

Vianet communication

प्रिमियरमा पाहुनाहरुबाट प्राप्त प्रतिक्रियाले हास्यकलाकार हरिवंश आचार्यले ऊर्जा प्राप्त भएको बताए । “हाम्रो मेहनतको फल लिँदैछौँ । सबैले विषयसँगै प्रस्तुति मन पराउनुभएको छ । हामीले उठान गरेको विषयले सामान्य प्रभाव छाड्यो भने पनि हाम्रो जीत हुनेछ”, उनले भने ।

फिल्ममा अभिनेता आचार्यसँगै मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, रवीन्द्र सिंह बानियाँसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली छन् । एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।

 षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ्ग भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x