१२ साउन २०८३, मंगलबार

‘परदेशी २’ले चार दिनमा दुई करोड कमायो

असोज ३०, २०८०
काठमाडौं
‘परदेशी २’ले चार दिनमा दुई करोड कमायो

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । 

हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समाजको प्रतिनिधि कथामा चलचित्र बनेको प्रतिक्रिया दिइरहेका छन् । यो चलचित्र हेरेका दर्शकको आँखा रसाएको थुप्रै भिडियोहरू टिकटकमा समेत​ छ्यापछ्याप्ती छन् । 

राजधानीका भन्दा मोफसलका हलमा चलचित्रले दर्शकबाट राम्रो साथ पाइरहेको देखिन्छ । यसैबीच निर्माण टिमले चलचित्रको पहिलो ४ दिनको कमाई सार्वजनिक गरेको छ । चलचित्रले सोमवारसम्ममा १ करोड ९८ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ । 

सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेका कारण चलचित्रले आगामी दिनमा पनि राम्रो व्यापार गर्ने विश्वास लिइएको छ । मंगलवार पनि यो चलचित्र हेर्न पुगेका दर्शकले देशभरका धेरै हल भरिभराउ भएका थिए ।​ 

रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वशंल र निर्देशक रायमाझी मिलेर निर्माण गरेका हुन् । गायक प्रकाश सपूतको ‘परदेशी २’ डेब्यु चलचित्र हो । 

चलचित्रमा प्रकाशसहित केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । 

चलचित्रका शीर्ष कलाकारहरू यतिबेला दर्शक भेट्न मोफसलमा हलहलमा पुगिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्