×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

चुनावी मञ्चबाटै गालीगलौजमा शीर्ष नेता: एकअर्कालाई खिसीटिउरी र होच्याउने प्रतिस्पर्धा

कात्तिक ९, २०७९

NTC
Premier Steels

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि राजनीतिक दलहरू चुनावी रणमैदानमा उत्रिएका छन् ।

Muktinath Bank

आगामी सरकारको नेतृत्व गर्ने उद्देश्यसहित आवधिक निर्वाचनमा भाग लिएका दलहरूले उत्कृष्ट एजेण्डा मतदातासमक्ष लगेर मन जित्दै मत पाउने वातावरण बनाउनुपर्ने हो । तर, दलहरू एजेण्डामा तर्क प्रस्तुत गरिरहेका छैनन् । बरू एक अर्कालाई खिसिट्युरी गर्ने, होच्याउने र घोचपेच गरेर कार्यकर्ताको तालीमा रमाउने प्रवृत्ति हावी भइरहेको छ, जसले चुनावी प्रतिस्पर्धामा रहेका दल र तिनका उम्मेदवारलाई प्रतिस्पर्धीप्रति थप आक्रामक र उत्तेजित बनाउन योगदान गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी स्टन्टकोरूपमा प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन निमन्त्रणा गरेर आफू तर्क र बहसका लागि योग्य रहेको दाबी पेश गरे ।


Advertisment
Nabil box
Kumari

कात्तिक १ गते ओलीले फेसबूक पेजमा लेखेका थिए, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेकां (नेपाली कांग्रेस)का सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’

Vianet communication

ओलीको यो आह्वानमा देउवाले कुनै प्रतिक्रिया व्यक्त गरेनन् । त्यसपछि ओलीले ‘लाइभ डिबेट’का लागि फेरि ताकेता गरे । कात्तिक २ गते ओलीले फेरि लेखे, ‘अनुरोध ! मैले हिजो एजेन्डा आधारित बहसका लागि नेकांका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेको थिएँ । यस विषयलाई आमसञ्चारमाध्यमहरूले पनि सकारात्मक चर्चा गरेको पाएँ । यसप्रति म खुसी छु । विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाइभ डिबेटहरू सार्वजनिक सञ्चारमाध्यमबाट आयोजना गर्ने गरिन्छ । यहाँका सञ्चारमाध्यम र सम्पादकज्यूहरूले यस विषयमा के सोच्नुभएको छ ? समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु ।’

ओलीको आशय सञ्चारमाध्यमहरूले ‘लाइभ डिबेट’को आयोजना गरेर ओली र देउवालाई भिडाऊन् भन्ने देखिन्छ ।

ओलीको यही आह्वानलाई लिएर एमालेका नेता एवं भक्तपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार महेश बस्नेतले ओलीसँग ‘लाइभ डिबेट’मा जुट्न प्रधानमन्त्री देउवाको हैसियत र दृष्टिकोण नै नभएको टिप्पणी गरेका छन् ।

उनी भन्छन्, ‘ओलीले देउवालाई आफूसँग बहस गर्ने हो भनेर सोध्दा बोल्न सकेनन् । ओलीले देश बनाउने भिजनबारे दुई घण्टासम्म निरन्तर बहस गर्न सक्नुहुन्छ । देउवाले दुई मिनेट बोल्न सक्दैनन् । उनको त्यो हैसियत र दृष्टिकोण छैन ।’ 

पछिल्ला दिनमा एमालेका नेता कार्यकर्ताहरू कांग्रेस नेतृत्वसँग तर्कशील क्षमता नभएको भनेर खिसिट्युरी गरिरहेका छन् । कांग्रेसका महामन्त्री गगन थापाले पनि एक टेलिभिजन अन्तर्वार्तामा ओलीसँग ‘लाइभ डिबेट’ गर्न आफू जुनसुकै बेला तयार रहेको जवाफ दिएका छन् ।

प्रतिस्पर्धी दल र नेतालाई होच्याउने र व्यंग्यको यो सन्दर्भ मात्रै होइन, चुनावको मिति घोषणा भएदेखि नै शीर्ष नेताहरू आफ्नो पदीय हैसियत र गरिमा बिर्सिएर तुच्छ र छुद्र टिप्पणीमा उत्रिँदै आएका छन् । 

कात्तिक– ५ मा ललितपुरमा आयोजित एक कार्यक्रममा ओलीले गठबन्धनलाई होच्याउने शैलीमा भने, ‘गठबन्धनका नेताहरू सत्तास्वार्थका लागि सिंगै देश ढ्वाक्कै भन्टा, चिप्लेभिन्डी, टमाटरजस्तै बजारमा तौलिएर त नबेच्लान्, तर अंश–अंश गरेर देश बेच्छन् । अलिकति हिस्सा बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति स्वाधीनता, सार्वभौमसत्ता र स्वाभिमान बेच्छन् ।’

सत्तारूढ गठबन्धनका नेताहरूको भाषण पनि एमाले र ओलीलाई गाली गर्नमा केन्द्रित छ । सत्तारूढ पाँच दलीय गठबन्धनले देशभर आयोजना गरेको अगुवा कार्यकर्ता भेला र प्रशिक्षणमा नेताहरूको भाषणको मुख्य विषय नै नेकपा एमाले र ओली हुने गरेको थियो । 

असोज–३० मा काठमाडौं क्षेत्र नम्बर–२ बाट प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एउटै मञ्चबाट गठबन्धनका नेता र कार्यकर्तालाई सम्बोधन शुरू गरेका थिए । यस्तो भाषणको सिलसिला कात्तिक ७ मा काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला आयोजना गरेर सकिएको छ । तर, ती सबै भेला र प्रशिक्षणमा देउवा, प्रचण्ड र नेपालले केपी ओलीमाथि गालीको वर्षा गरेका थिए ।

गठबन्धनका नेताहरूको भाषणको मुख्य विषय केपी ओलीले दुईपटक गरेको संसद् विघटन नै हुने गरेको छ । 

कात्तिक ४ मा रूपन्देही पुगेका प्रधानमन्त्री देउवाले ओलीलाई राजावादीहरूसँग साँठगाँठ गरेको आरोप लगाए । 

‘गठबन्धनविरुद्ध राजावादी जुटेका छन् । हामी यो व्यवस्थाका लागि लड्ने, अनि अहिले उनीहरूले नै हामीलाई आरोप लाउने ?’, देउवाले भनेका थिए । 

गठबन्धनका नेताहरूले आफूहरूले बनाएको गठबन्धन पवित्र र प्राकृतिक भएको, एमाले नेतृत्वमा बनेको गठबन्धनचाहिँ अपवित्र र अप्राकृतिक भएको तर्क गर्ने गरेका छन् । एमालेले राजावादी र यथास्थितिवादीहरू मिलेर आफ्नो चरित्र प्रस्ट्याएको आरोप गठबन्धनका नेताहरूले लगाउने गरेका छन् ।

कात्तिक– १ का ललितपुरमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको गठबन्धन अपवित्र भएको आरोप लगाए । 

उनले भनेका थिए, ‘संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएका हौं । दुईपटक संविधान कुल्चने, मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास भएको थियो । त्यसको विपक्षमा हामी उभियौं । देशको संविधान जोगायौं । गणतन्त्र मास्ने अभियान शुरू हुन खोजेको थियो । अस्थिरताबाट देशलाई जोगाएर स्थिरतातिर लिएर गयौं । सही उद्देश्यले बनेको यो गठबन्धन प्राकृतिक र पवित्र छ । अरूले बनाएको गठबन्धन अपवित्र छ ।’

त्यसबाहेक, नेपालले ओलीलाई बयलगाढा सिद्धान्तको प्रवर्तकको उपमा दिने गरेका छन् । २०६२/०६३ को जनआन्दोलन शुरू हुनुभन्दा अगाडि ओलीले त्यसबेलाको अवस्थामा ‘राजतन्त्र फाल्नु भनेको बयलगाढा चढेर अमेरिका पुग्नुजस्तै’ हो भन्ने टिप्पणी गरेका थिए । सोही विषयलाई लिएर अहिले माधव नेपाल र प्रचण्डले ओलीमाथि घोचपेच गर्ने गरेका छन् । 

कात्तिक ७ मा काठमाडौं सत्तारूढ गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेपालले ओलीलाई बयलगाढा सिद्धान्तको प्रवर्तक भनेर टिप्पणी गरेका थिए ।

नेपालले एमाले अध्यक्ष ओली हिटलरको शैलीमा समाप्त हुने दाबी गर्न भ्याएका थिए । ‘पार्टीका नेतामा अहंकार बढेपछि कसैलाई टेर्दैन। उसले आफूलाई एक मात्रै ज्ञान भएको व्यक्ति ठान्छ । त्यस्तो व्यक्ति केही समयमा आफैँ समाप्त हुन्छ, हिटलरको शैलीमा’, नेपालले भने । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भाषण पनि ओलीमाथि गाली बर्साउन र गठबन्धनको बचाउमा केन्द्रित हुने गरेको छ । 

प्रचण्डले पनि ओलीलाई ‘बयलगाढावादी’ भनेर होच्याउने गरेका छन् । माओवादी केन्द्र शान्ति प्रक्रियामा आउने बेलामा केपी ओली एमालेको अध्यक्ष भएको भए १२ बुँदे सम्झौता नै सम्भव नहुने पनि प्रचण्डले बताउने गरेका छन् । 

त्यसबेला एमालेको नेतृत्वमा माधव नेपाल भएकोले मात्रै शान्ति प्रक्रिया र १२ बुँदे सम्झौता सम्भव भएको प्रचण्डले पछिल्ला भाषणहरूमा उल्लेख गर्ने गरेका छन् ।

सत्ता र शक्तिमा पुगेपछि ओलीले व्यवस्था नै उल्ट्याउने प्रयास गरेको दाबी प्रचण्डले गर्ने गरेका छन् ।

कात्तिक– ७ मा काठमाडौंमा आयोजित गठबन्धनको बागमती प्रदेशस्तरीय भेलामा सम्बोधन गर्ने कार्यक्रममा प्रचण्डले भने, ‘हिजोको गोरुगाढावाला सिद्धान्तका मान्छेले संविधानमा हस्ताक्षर गरेपछि संघीयता र परिवर्तनवादी भए भनेर सोचेका थियौं । हामीले वाम गठबन्धन गरेपछि मात्रै थाहा भयो, संविधान स्वीकारेका रहेनछन् । आफू पावरमा आएपछि संविधान र गणतन्त्र उल्ट्याउने कसरत गरे ।’

कात्तिक– १ मा ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘अहिले पनि गोरुगाडा चढेर कहीँ न कहीँ फेरि पनि प्रतिगमन, प्रतिक्रान्ति र अराजकतातिरै देशलाई लैजाने प्रयास भइरहेको छ । यो एउटा सामान्य चुनाव होइन, प्राप्त उपलब्धिको रक्षा गर्ने कि उल्ट्याउन दिने भन्ने ठूलो लडाइँ हो ।’

केन्द्रीय नेताहरूले एक अर्कालाई होच्याउन, कमजोर देखाउन गर्ने भाषणको सिको ती पार्टीका अन्य नेता कार्यकर्ताले पनि गर्ने गरेका छन् । उम्मेदवार बनेका व्यक्तिहरूको भाषण पनि अर्को प्रतिस्पर्धीलाई खुल्याउने प्रवृत्तिको हुने गरेको छ । 

आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्ने र त्यसमा बहस चाहने उम्मेदवार कम देखिन्छन् । चुनावी प्रचारमा गालीगलौज हावी हुँदा कार्यकर्ता तहमा मुठभेडको अवस्था सिर्जना हुने गरेको छ । 

शीर्ष तहका नेताको भाषणबाट उत्तेजित भएर कार्यकर्ताहरू भने कुटपिट र लडाईंमा नै उत्रिने गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x