×

NMB BANK
NIC ASIA

श्रीलङ्काको मुद्रास्फीति १२ महिनामा पहिलो पटक सामान्य कमी

कात्तिक १४, २०७९

NTC
Premier Steels

सङ्कटग्रस्त श्रीलङ्काको मुद्रास्फीति १२ महिनामा पहिलो पटक सामान्य रूपमा घटेको छ । तर मूल्य अझै पनि एक वर्ष अघिको तुलनामा ६६ प्रतिशत बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

Muktinath Bank

दुई करोड २० लाख जनसङ्ख्या भएको यस टापु राष्ट्रले महिनौँदेखि चरम आर्थिक कठिनाइको सामना गर्नुपरेको छ र खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनगणना तथा तथ्याङ्क विभागको तथ्याङ्कअनुसार अक्टोबरको मुद्रास्फीति सेप्टेम्बरको ६९.८ प्रतिशतको तुलनामा करिब चार प्रतिशत अङ्कले कम हो ।


Advertisment
Nabil box
Kumari

श्रीलङ्कामा सेप्टेम्बरमा लगातार १२औँ महिना ९४.९ प्रतिशत रहेको खाद्य मुद्रास्फीति अक्टोबरमा घटेर ८५.६ प्रतिशतमा झरेको छ । 

Vianet communication

विभागले मुद्रास्फीतिमा मन्दीका कारण भने खुलाएको छैन, तर अधिकारीहरूले अक्टोबरमा दुई पटक इन्धनको मूल्य घटाएका थिए र मूल्यमा २० प्रतिशतले कटौती गरेका थिए ।

यद्यपि, पेट्रोलको मूल्य गत वर्षको अन्त्यमा सङ्कट सुरु हुनुअघिको तुलनामा दोब्बर छ, जबकि सामान्यतया सार्वजनिक यातायातका लागि प्रयोग हुने डिजेलको मूल्य अझै साढे तीन गुणा बढी छ ।

खाद्यान्न र इन्धन दुवैको मूल्य वृद्धिका कारण मागमा कमी आएको छ भने पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको लाम हालैका हप्ताहरूमा ह्वात्तै घटेको छ ।

विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएको छ, जुन श्रीलङ्काको केन्द्रीय बैंकले अनुमान गरेको ८.७ प्रतिशत सङ्कुचनभन्दा बढी हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x