×

NMB BANK
NIC ASIA

मंसिर- ४ पछि गठबन्धनकै सरकार, धनुषामा कांग्रेसभित्र कुनै विवाद छैन– महेन्द्र यादव [अन्तर्वार्ता]

कात्तिक १६, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव धनुषाको ४ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार छन् । 

Muktinath Bank

नेकपा एमालेका रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका महाजन यादवसँग उनको प्रतिस्पर्धा हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस उम्मेदवार यादवसँग लोकान्तरकर्मी अजयअनुरागीले उनकै गाउँ धनुषाको लक्ष्मीनियामा स्थलगत कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ः 


Advertisment
Nabil box
Kumari

तपाईं चुनाव जित्ने मुख्य आधारहरू के–के छन् ?

Vianet communication

– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सहितको संविधानलाई थप बलियो बनाउनका लागि जनताले गठबन्धनलाई जिताउने छन् । जनताले संघर्ष गरेर ल्याएको संविधान तथा व्यवस्थालाई नेकपा एमाले र एमालेको नेतृत्वले भत्काउन खोजेको छ तर नेपाली जनताका साथै मैले पनि व्यवस्थाको रक्षा गर्न खोजेको छु, त्यो नै मेरो र गठबन्धनको जीतका लागि एउटा आधार हो ।

 गत स्थानीय तह निर्वाचनमा गठबन्धनले मेरो संसदीय क्षेत्रमा ४५ हजार मत पाएको छ । एमालेले २२ हजार र जसपाले ४ हजार मत पाएको छ । त्यसकारण २ गुणाभन्दा बढी मत जनताले दिइसकेका कारण स्थानीय चुनावको मतभार पनि मेरो जित्ने दोस्रो आधार हो ।

प्रदेश सभामा जसपाका प्रभावशाली नेता शेषनारायाण यादव कांग्रेसबाट उम्मेदवार बन्नुभएको छ । ठूलो प्रभाव रहेको नेकपा एकीकृत समाजवादीका शत्रुघन महतो पनि गठबन्धनबाट उम्मेदवार हुनहुन्छ । गठबन्धन आफैंमा पनि जीतको तेस्रो आधार हो ।

मेरो क्षेत्रमा विकासको जे जति जग बसेको छ, त्यो नेपाली कांग्रेसको सरकारकै समयमा भएको हुनाले पनि विकास पनि चौथो आधार हो । थप विकाससहित कृषकलाई निःशुल्क बिजुलीको मिटर जडान गर्न तथा कृषि, सिँचाइमा लाग्ने विद्युतीय शुल्क मिनाहा गराउने मेरो एजेण्डा हो । त्यसबाहेक हाम्रो सरकार बने रासायनिक मल, बीउबिजन आदिमा अनुदान दिनेछौं । 

मधेशको ठूलो समस्याको रूपमा रहेको नागरिकताको विषयलाई पनि हामीले सम्बोधन गर्नेछौं । धेरै नागरिकताविहीन युवाहरू रोजगारीबाट वञ्चित मात्र हुनुपरेको छैन, मोबाइल समेत चलाउन पाएका छैनन् । बैंकमा खाता समेत सञ्चालन गर्न पाएका छैनन् । एमालेले रोकिरहेको छ तर ती सबै समस्या समाधान गर्नेछौं । 

गत चुनावमा २ जना यादव उम्मेदवारमा मत विभाजन हुँदा वैश्य उम्मेदवारको सहज जीत भएको थियो । सोही आधारमा यसपटक पनि नतिजा आउने कतिपयको आकलन छ । यसलाई कसरी लिनुभएको छ ?

– गत चुनावमा म, महाजन यादव र रघुवीर महासेठबीच प्रतिस्पर्धा भएको थियो । फेरि हामी तिनै जना चुनावमा होमिएका छौं तर यसपटक अवस्था फेरिएको छ । जसपाबाट महाजन यादव र एमालेबाट महासेठजी उठ्नुभएको छ । मधेशसहित देशभर एमाले र जसपाबीच गठबन्धन छ तर मेरो संसदीय क्षेत्रमा भने एमाले र जसपाबीच प्रतिस्पर्धा छ । यसरी तालमेल नहुँदा जसपा र एमालेका उम्मेदवारलाई नै धक्का लागेको छ । मलाई त्यसले कुनै असर गरेको छैन । ती दुवै जनाले एकअर्काकै मत काटिरहेका छन्, मेरो भोटमा कुनै असर गरेको छैन । 

महाजनजीले आफ्नो भोट आफैंमा सीमित गरेर राख्नुभयो भने त्यसले महासेठजीलाई नै क्षति पुग्छ, कांग्रेसलाई कुनै क्षति छैन ।

नेपाली कांग्रेसमा अन्तर्घात नै ठूलो चुनौती देखिन्छ । मधेशकै प्रभावशाली नेता बिमलेन्द्र निधिसँग तपाईंको खटपट हुँदै आएको छ । यसपटक पनि पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा तथा पूर्व सांसद डा. चन्द्रमोहन यादव असन्तुष्ट देखिनुभएको छ । उहाँले समानुपातिक तर्फको आफ्नो नाम पनि फिर्ता नै लिनुभयो । जिल्ला सभापति योगी पंजियारसँग पनि विगतमा तपाईंको राम्रो सम्बन्ध थिएन । तपाईंकै क्षेत्रका नेताले सहयोग नगरे तपाईंलाई धेरै असर गर्छ नि !

– विमलजी हाम्रो पार्टीको नेता नै हो । उहाँ मेरो पनि नेता नै हुनुहुन्छ । पार्टीको महाधिवेशनमा उहाँ सभापति पदमा लड्दा अलिकति सम्बन्धमा खटपट भएकै थियो तर अहिले उहाँलाई समानुपातिकतर्फ मधेशी कोटामा १ नम्बरमै उहाँको नाम राख्न लगाउनमा मेरो ठूलो भूमिका छ । त्यसकारण उहाँले मलाई नै सहयोग गर्नुहुन्छ । बाहिर जे जति हल्ला गरिए पनि उहाँ पार्टी र मेरोविरुद्ध जानुहुन्न । मसहित पार्टीलाई जिताउन उहाँलाई जे जति बल लगाउनुपर्छ, सबै गर्नुहुन्छ । उहाँले मलाई जिताउन आफ्नो सारा शक्ति नै लगाइरहनुभएको छ ।

 ​चन्द्रमोहन डाक्टर सा’प त मेरो पारिवारिक मान्छे नै हो । उहाँ पार्टीको केन्द्रीय सदस्य पनि हो । उहाँ मेरो चुनाव प्रचारप्रसारमा खटिरहनुभएको छ । एकजुट भएर कांग्रेसका उम्मेदवारलाई जिताउनका लागि सबै कार्यकर्तालाई सन्देश समेत दिइरहनुभएको छ ।

 जोगी पंजियारजी त मेरो चुनावको कमाण्डर नै हो । स्थानीय चुनावमा एमालेका नेता रघुवीर महासेठले महेन्द्रनगरमा बसेर, क्याम्पेन गरेर उहाँलाई हराएका थिए । त्यसकारण एमाले उम्मेदवारलाई जिताउन उहाँ लाग्ने कुरै हुँदैन । म आफैं जित्न जति लागेको छु, त्योभन्दा बढी नै पंजियारजी लाग्नुभएको छ । उम्मेदवारी मनोनयनकै दिनमा एमालेभन्दा दोब्बर मानिसको र्‍याली निस्किएको थियो । त्यो सबै पंजियारजीले नै व्यवस्थापन गर्नुभएको थियो । नेपाली कांग्रेस अहिले एकजुट भएर लागेका छौं ।

नेपाली कांग्रेसमा तपाईंकै गुटबाट जिल्ला सभापतिमा लड्नुभएका सन्तोष यादव अन्ततः एमाले प्रवेश गरी एमालेबाट प्रदेशसभा उम्मेदवार बन्नुभएको छ । त्यसकारण तपाईंलाई धेरै ठूलो चुनौती थपिएको मात्र होइन, कांग्रेसकै मत एमालेमा जाने आकलन गरिएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

– सन्तोष यादव मात्र एमालेमा जानुभएको छ । सन्तोषजीका साथ कांग्रेसका १ जना पनि कार्यकर्ता एमालेमा गएनन् । मुस्किलले ५ प्रतिशत पनि कांग्रेसलाई असर गर्नुभएको छैन तर जसपाका प्रभावशाली नेता शेषनारायण यादवजी कांग्रेसमा आएर उम्मेदवार बनेपछि त्यसले जसपालाई ठूलै धक्का लागेको छ । 

उहाँकै साथमा जसपाका सयौं नेताहरू आउनुभएको छ । जिल्ला समिति, नगर समिति, प्रदेश समिति, वडा कमिटी, निर्वाचित वडाध्यक्षसहित धेरै नेताहरू शेषनारायण जीसँगै कांग्रेसमा आउनुभएको छ । यस क्षेत्रका ७० प्रतिशत जति जसपाका नेता तथा कार्यकर्ताहरू उहाँसँगै कांग्रेसमा प्रवेश गरेका कारण सन्तोषजीको बदलामा कैयौ गुणा बढी फाइदा कांग्रेसलाई भएको छ । सन्तोषजीले कांग्रेसलाई ५ प्रतिशत क्षति गर्नुभएको छ भने शेषनारायणजी आउँदा ७० प्रतिशत फाइदा भएको हुनाले ६५ प्रतिशत नाफामै छौं ।

जनकपुर शहर, महेन्द्रनगर आदिमा वैश्य समुदायको बाहुल्यता छ । ती सबै मत महासेठजीमा जाने सम्भावना देखिएको छ । यादवको मत विभाजन हुने र वैश्यको मत महासेठजीमा जाने भएपछि महासेठजीको जीत सहज हुने विश्लेष्ण गरिएको छ । यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

– वैश्य समुदायले पनि उहाँलाई मत दिँदैन । मत लिएर गएपछि हाम्रो काम गर्दैन, कुनै पनि सुरक्षा दिँदैन भन्ने कुरा अब वैश्य समुदायले बुझिसकेका छन् । वैश्य समुदायकै वरिष्ठ नेतादेखि मानिसहरू कांग्रेसको साथमा छन् । जातीयताका कारण वैश्य समुदायको भोट पाउने भन्ने उहाँको सोच दिवास्वप्न मात्र हो ।

अधिकांश वैश्य समुदायका मानिसहरू व्यापार, व्यवसाय गर्छन् । उहाँहरू जहिले पनि सरकारसँग जोडिन चाहनुहुन्छ । व्यापार व्यवसायको सुरक्षा खोज्नुहुन्छ । मंसिर ४ गतेपछि एमालेको पत्तासाफ हुँदैछ । गठबन्धनको सरकार बन्दैछ । त्यसकारण वैश्य समुदायले पनि कांग्रेससहित गठबन्धनलाई नै मत दिनुहुन्छ ।  

महासेठजीले चुनाव जितेर क्षेत्रमा सयौं पुल, क्षेत्रका सम्पूर्ण सडकलाई पक्की सडक बनाएर क्षेत्रमा गरेको विकासकै कारण आफूले सहज जीत हात पार्ने दाबी गरिरहनुभएको छ । विकासकै कारण उहाँले जित्ने लगभग पक्का जस्तै छ नि होइन ?

– महासेठजीले सयौं पुल, सयौं सडक बनाएको भनेर झूटो कुरा गरिरहनुभएको छ । उहाँले नेपालभन्दा बाहिर भारतमा बनाउनुभएको हो कि !

म आफ्नो क्षेत्रमा खोजिरहेको छु उहाँले बनाउनुभएको सडक वा पुल, कतै पनि भेटेको छैन मैले । कांग्रेसको पालामा जे जति सडक, पुल बनेका छन्, ती सबैलाई मैले नै बनाएको भनेर झूटो कुरा बोलेर जनतालाई भ्रमित गरिरहनुभएको छ । विमलेन्द्र निधिजीले बनाउनुभएको ढल्केवर–जटही सिक्स लेन सडकलाई पनि उहाँले नै बनाएको भनेर दाबी गरिरहनुभएको छ ।

यसले पनि उहाँले जनतालाई कसरी भ्रममा पारिरहनुभएको छ भन्ने कुरा प्रस्ट हुन्छ ।

उहाँले आफ्नो व्यक्तिगत विकास गर्नुभएको छ । श्रीमान्–श्रीमती पालैपालो सांसद र मन्त्री बनेर अर्बौं रुपैयाँ आर्जन गर्नुभएको छ । क्षेत्रमा केही विकास गर्न सक्नुभएन तर आफ्नो आर्थिक समृद्धिमा अप्रत्यासित फड्को भने लगाउन सफल हुनुभएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x