×

मध्यपहाडी संकल्प यात्रापछि एमाले उपाध्यक्ष

प्रचण्ड सरकार असफल भयो भन्ने निष्कर्षमा कांग्रेस पुगेपछि देशले निकास पाउँछ– विष्णु पौडेल [अन्तर्वार्ता]

‘विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ भन्ने जनताको मनोविज्ञान पायौं’

काठमाडाैं | पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ ।

Laxmi Bank

संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेको सुनियो । सरकारको विरोध गरिरहेको एमाले कुनै वैकल्पिक सरकार गठनका लागि तयार छ ? एमालेको संकल्प यात्रा, प्रचण्ड सरकारको एक वर्षको समीक्षालगायत समसामयिक विषयमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग लोकान्तरका लागि सुशील पन्तले कुराकानी गरेका छन् ।  प्रस्तुत छ, कुराकानीको सारः 


Advertisment

हालै मात्र नेकपा एमालेले पश्चिम–पूर्व मध्यपहाडी संकल्प यात्रा सम्पन्न गर्‍यो । के उद्देश्य राखिएको थियो अनि के उपलब्धि हासिल भयो ? 


Advertisment

हामीले मध्यपहाडी क्षेत्रको विकासको अवस्था प्रत्यक्ष अवलोकन गर्ने, त्यहाँका जनता र कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने, जनताका जनजीविकाका समस्या के छन्, विकासका समस्या के छन्, शिक्षा र स्वास्थ्यको अवस्था के छ, भन्ने सन्दर्भमा विस्तृत जानकारी लिने उद्देश्यले संकल्प यात्रा गरेका हौं । विकास र समृद्धिको नायक नेपालको सन्दर्भमा एमाले हो । विकास र समृद्धिको अभियानलाई अझ प्रभावकारी बनाउने पनि हाम्रो अभियानको उद्देश्य हो ।

मंसिर १४ गते बैतडीको झुलाघाटमा पार्टी अध्यक्षले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर शुरू गरेको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन गरियो । अभियानको उपलब्धिबारे हाम्रो अध्यक्षले त्यहाँ मन्तव्य राख्नुभयो । 

मेरो बुझाइमा यो नेपाली राजनीतिको विशिष्ट घटना हो ।  यसक्रममा हामीले असाधारण महत्त्वका काम नेकपा एमालेले गर्न सक्छ भन्ने सन्देश दिएका छौं । नेतृत्वको सिंगो टीम एक साथ जनतामाझ जाने, जनतासँग अन्तरक्रिया गरेर जनताका सल्लाह, सुझाव, गुनासा र अपेक्षा सुन्ने यो अभियानको विशिष्ट पक्ष रह्यो । 

हामीले के देख्यौं भने मध्यपहाडी क्षेत्रमा जनताले भोगेका समस्या के छन्, पूर्वाधार, रोजगारी, कृषि उत्पादन, बजार व्यवस्थापनजस्ता विषयमा कहाँ समस्या छन् भन्ने कुराको विस्तृत जानकारी लियौं । संकल्प यात्राको उपलब्धि के देखियो भने– नेकपा एमालेप्रति जनतामा असाधारण आकर्षण छ । यो अभियानबाट अनुमान लगाउन सकिन्छ, आउने निर्वाचनमा यही निर्वाचन प्रणाली अनुसार पनि एमालेले एकल सरकार बनाउन सक्छ । 

यो यात्राको अनुभवले हामीलाई के बतायो भने २०८४ सालमा एमालेले सानदार बहुमत ल्याउन सक्छ । त्यसको बलियो आधार देखिएको छ । नीति, विकास र जनताप्रतिको समर्पणको हिसाबले एमाले मुलुकको प्रमुख राजनीतिक शक्ति हो । एमालेले देशको बागडोर सम्हाल्नुपर्छ भन्ने जनताको भावना महसुस गर्‍यौं ।

सँगसँगै मध्यपहाडी पुष्पलाल राजमार्गको अवधारणाकार एमाले हो । बजेट विनियोजनदेखि निर्माण कार्य अगाडि बढाउने काम नेकपा एमालेले गरेको थियो । कयौं ठाउँमा मध्यपहाडी राजमार्ग राम्रै ढंगले बनेको छ । कयौं ठाउँमा कालोपत्रे पनि भइसकेको छ । केही ठाउँमा निर्माणको काम अगाडि बढाउनुपर्ने आवश्यकता छ । 

समग्रतामा मध्यपहाडी राजमार्गको आवश्यकता र महत्त्व के हो भन्ने कुरा अझ गहिराइका साथ बुझ्यौं । प्राविधिक टीम पनि हामीसँग रहेकाले रोड अडिटको काम पनि गरेका छौं । यसक्रममा हामीलाई के अनुभूत भएको छ भने, केही ठाउँमा एलाइनमेन्ट करेक्सन गरेर छोटो पार्नुपर्ने, बस्तीलाई अनुकूल हुनेगरी मिलाउनुपर्ने छ । कयौँ ठाउँमा घुम्ती र मोडलाई छोटो पार्नका लागि अग्ला पुल आवश्यक छ । कतिपय ठाउँमा सुरुङ बनाएर छोटो पार्नुपर्ने देखियो । 

मध्यपहाडी राजमार्गलाई डेडिकेडेट डबल लेनमा स्तरोन्नति गर्न सकेको खण्डमा मध्यपहाडी क्षेत्रका जनतालाई ठूलो राहत मिल्छ र देशको महत्त्वपूर्ण मेरुदण्ड राजमार्गको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं । यो सडक निर्माण भएसँगै मध्यपहाडी क्षेत्रमा जनसंख्या घट्दै जाने प्रवृत्तिलाई रोक्न सकिन्छ । 

संसद्को प्रमुख प्रतिपक्षी दलले जनजीविकाका समस्याबारे सरकारलाई घच्घच्याउनु पर्नेमा त्यसलाई बिर्सिएर पार्टीको काममा गयो भन्ने टिकाटिप्पणी पनि सुनियो नि !

जनताका समस्या, कठिनाइ सुन्न, बुझ्न नसक्नेहरूको नादान टिप्पणी हो यो, यसमा केही भन्नु छैन । नेकपा एमाले जनताको बीचमा निर्माण भएको र जनतासँग निकै नजिकबाट जोडिएको पार्टी हो । जनतासँग अन्योन्याश्रित सम्बन्ध राखेर अगाडि बढिरहेको पार्टी हो । त्यसकारण जनताका माझमा जानु, जनताका सल्लाह सुझाव सुन्नु र उनीहरूका आशा–अपेक्षा बुझ्नु एउटा गतिशील र ‘प्रो पिपुल एप्रोच’ भएको पार्टीका निम्ति अपरिहार्य छ ।

कहाँ सन्तुष्टि, कहाँ असन्तुष्टि छ, हामीले पनि हेरिरहेका छौं । असन्तुष्टिले मात्र पुग्दैन, यो सरकार असफल भयो, यो सरकारबाट देश अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा पुग्नुपर्‍यो । यदि कांग्रेसभित्र असन्तुष्टि छ भने त्यो निर्णयमा बदलिनुपर्‍यो । यो सरकारबाट देश अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा कांग्रेस पुग्नुपर्‍यो ।

जनताका समस्या, आवश्यकता र सुझाव सुन्नका निम्ति हामी एकाध नेता मात्र होइन, सिंगो नेतृत्व जनतामा गएका हौं । यो यात्रा एमालेका लागि पनि महत्त्वपूर्ण पाठशाला भएको छ । जनताको मनोविज्ञान नबुझी कुनै पनि पार्टी जीवन्त बन्न सक्दैन भन्ने हाम्रो जुन दाबी थियो, त्यो दाबीलाई यो यात्राले पुनर्पुष्टि गरेको छ । 

हामीले राष्ट्रिय अभिभारा पूरा गरेनौं भन्ने हैन, सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेका छौं । सदन नचलेको अवस्थामा सडकबाट पनि आफ्नो आवाज बुलन्द गरेका छौं । मध्यपहाडी संकल्प यात्राका क्रममा पनि प्रतिपक्षको हैसियतले गर्नुपर्ने, बोल्नुपर्ने र जनताको आवाज मुखरित गर्नुपर्ने काम गरेका छौं । प्रतिपक्षको भूमिका प्रभावकारी बनाउनका लागि हामीले यो यात्रा गरेका हौं । 

सरकार, राजनीतिक दल र व्यवस्थाप्रति मध्यपहाडी भेगका जनताको के गुनासो रहेछ ? 

यदाकदा मानिसहरूले यो व्यवस्थाप्रति नै जनतामा वितृष्णा छ भन्ने कुरा गर्न खोज्छन्, त्यो गलत हो । राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना भएसँगै नेपालले राजनीतिक एजेन्डामा नेपालले उद्देश्य हासिल गर्‍यो भन्नेमा जनता छन् । अब जनताको चाहना समृद्ध जीवन चाहियो, विकास र समृद्धि चाहियो भन्ने । 

आजको राजनीति विकासका निम्ति, समृद्धि र सामाजिक न्यायका निम्ति हुनुपर्छ भन्ने जनताको अपेक्षा छ । हिजो व्यवस्था परिवर्तनको मुद्दा प्राथमिकता थियो, आज आर्थिक–सामाजिक रूपान्तरण मुख्य प्राथमिकता हो । विकास र समृद्धिको जनअपेक्षा पूरा गर्ने राजनीति चाहिएको छ । आमजनताको ठम्याई, आशा र अपेक्षा पनि त्यही छ । 

आमरूपमा के पायौं भने, हिजो एमालेले शुरू गरेका अधिकांश योजना एमाले सरकारबाट बाहिरिएसँगै अलपत्र छन् । यसले जनतामा के परेको छ भने, जबसम्म एमाले मुलुकको बागडोर सम्हाल्ने ठाउँमा आइपुग्दैन, जबसम्म एमालेको नेतृत्वमा एकल बहुमतको सरकार बन्दैन, तबसम्म देश विकासले गति लिन सक्दैन ।

हामी एमालेको साथमा छौं, एमालेले मुलुकको नेतृत्व लिनेगरी तयारी गरोस्, एमाले नआएसम्म देशको विकास र समृद्धिको सपना पूरा हुने देखिएन भन्ने जनताको भावना बुझ्यौं । 

null

उसो भए जनतालाई के आश्वासन दिनुभयो ? एमालेको सरकार कहिले बन्छ ? 

हामीले के भन्यौं भने, अहिले जुन गठबन्धन सरकार छ, त्यो जनादेश प्राप्त होइन । एक ढंगले भन्दा यो खिचडी सरकार हो । जनताको चाहना र आदेश यस्तो खिचडी सरकार होइन । संसद्को अंकगणितका कारण यस्तो सरकार बनेको छ । जसको न नीति छ, न उद्देश्य र गन्तव्य नै छ, त्यसले जनअपेक्षा पूरा गर्ने कुनै सम्भावना छैन ।

बरु, यो सरकारले एकपछि अर्को कुशासन, भ्रष्टाचार, अनियमितता र अनेक प्रकारका अपराधका घटनालाई संरक्षण गर्ने काम गरिरहेको छ । विकास निर्माणका सबै काम ठप्प छन् । आर्थिक अवस्था भताभुंग छ । अर्थतन्त्र छियाछिया भएको छ । बेरोजगारी बढेको छ । विदेश पलायन भयावह हुँदा शिक्षण संस्था खाली हुने स्थिति सिर्जना भएको छ । यो लथालिंग अवस्थाका लागि अहिलेको गठबन्धन सरकार जिम्मेवार छ । 

यो सरकार जति दिन रहन्छ, त्यति बेलासम्म मुलुकले दुःख पाउँछ । त्यतिबेलासम्मै मुलुकले दुरावस्था सामना गर्नुपर्छ । झन् पछि झन् परिस्थिति विकराल, कठिन र जटिल बन्दै गइरहेको छ । यस्तो अवस्थामा यो सरकार छिटोभन्दा छिटो जानु पर्ने हो, तर अर्को सरकार बन्नका लागि पनि हामीसँग संसद्मा अंकगणितको सुविधा छैन । अंकगणितले साथ नदिएसम्म हामीले सरकार परिवर्तनका लागि कुनै विशेष पहल लिएर केही भइहाल्ने अवस्था छैन । त्यसैले हामी के भनिरहेका छौं भने, यो सरकारले देशलाई अधोगतितर्फ धकेल्ने मात्र हो, कुनै विकास र सामाजिक न्याय दिन सक्दैन । 

मुलुकलाई राजनीतिक स्थिरता दिनका निम्ति, विकास समृद्धि र सामाजिक न्यायका निम्ति, जनताको आर्थिक, सामाजिक सरोकार सम्बोधन, विकास निर्माण र पूर्वाधारका निम्ति यावत समस्या समाधान र राष्ट्रको स्वाधीनताको रक्षा तथा सबलीकारण, लोकतन्त्रको मर्म अनुरूपको शासन सत्ता सञ्चालनका निम्ति नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक छ भन्ने सन्देश जनताको बीचमा लिएर गएका छौं । 

यसका लागि कहिले निर्वाचन हुन्छ, त्यो आफ्नो ठाउँमा छ । २०८४ भन्दा अगाडि निर्वाचन हुन्छ/हुँदैन त्यो आफ्नो ठाउँमा छ, ढिलोमा पनि २०८४ मा निर्वाचन हुन्छ । 

देशको दुरावस्था रोक्नका लागि यो सरकारको बहिर्गमन अनिवार्य छ । यही संसद्भित्र पनि यो भन्दा राम्रो सरकार बनाउनु अस्थायी र अल्पकालीन समाधान हो । तर, त्यसले मात्र देश अगाडि बढ्न सक्दैन । देशलाई संविधानको मर्म अनुरूप अगाडि बढाउनका निम्ति एमालेको एकल बहुमतको सरकार आवश्यक छ । २०८४ मा एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने घोषित उद्देश्य लिएर हामी निर्वाचनमा गएका छौं । यसलाई हामीले मिसन २०८४ पनि भनिरहेका छौं । हाम्रो यो एजेन्डालाई जनताले साथ र समर्थन दिएका छन् । जनताहरू एमालेको एकल बहुमतको सरकारको व्यग्र प्रतीक्षामा छन् । 

तपाईंले सरकारको आलोचना गरिरहँदा बिर्सन नहुने कुरा– यो सरकार एमालेले नै जग हालेको हो नि, होइन ? यो सरकारको समीक्षा कसरी गर्नुहुन्छ ?  

हामीले जग हालेको सरकार यस्तो थिएन । २०७९ को चुनावपछि हामीसँग बहुमत नभएका कारण सरकार बनाउने विशेष पहल र प्रयास गरेका थिएनौं । निर्वाचनमा गएको गठबन्धनले सरकार बनाउन नसकेपछि अहिलेका प्रधानमन्त्रीजी मलाई समर्थन दिनुस्, भनेर हाम्रो अध्यक्षको निवासमा आउनुभयो । 

हामीले समर्थन गरेका कारण प्रचण्ड प्रधानमन्त्री बन्नुभएको साँचो हो, तर सरकार बन्दा जे जस्ता सहमति थिए, ती सहमति तोडेर, भंग गरेर फेरि उहाँ पुरानै गठबन्धनमा फर्किनुभयो । त्यसकारण हामीले जग हालेको सरकार यो होइन । 

राजनीतिक रूपमा धेरै ठूलो धोकापूर्ण व्यवहार हामीप्रति गरियो । हाम्रो समर्थनमा सरकार बनाएपछि हामीसँग गरेका सहमति लत्याएर पुरानै गठबन्धनमा जाने अनैतिक काम भएको थियो । 

सरकारका काम कारबाहीको सूक्ष्म अनुगमन गरेर बसेका छौं । आमजनता र समाजको कुन क्षेत्र छ, जसले यो सरकारले राम्रो काम गरेको छ भन्न सकोस् । कुनै एउटा त्यस्तो काम छ ? सरकार स्वयंले राम्रो गर्‍यौं भन्न सकेको छैन ।

सरकारको कामको समीक्षा आमजनताले गरिरहेकै छन् । यो सरकार सम्पूर्णरूपमा असफल छ । शान्ति सुरक्षा, सुशासन, विकास निर्माण, राष्ट्रहित अनुकूलको अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने दृष्टिकोणले हेर्दा सम्पूर्ण रूपमा असफल भइसकेको छ । समाज र राष्ट्रका लागि यो सरकार बोझ भइसकेको छ । यो सरकार जति दिन रहन्छ, त्यति दिन देश अझै धेरै बर्बादीतिर जान्छ ।

सरकारप्रति कांग्रेसमा पनि असन्तुष्टि देखिन्छ । कथंकदाचित कांग्रेसले सरकारबाट अलग्गिने निर्णय गर्‍यो भने एमालेले फेरि प्रचण्डलाई काँध थाप्छ कि थाप्दैन ? 

हामीले अहिले कुनै पेस्की निर्णय गरेका छैनौं । अहिले हामीले के देखेका छौं भने, यो गठबन्धन सरकार हो । कहाँ सन्तुष्टि, कहाँ असन्तुष्टि छ, हामीले पनि हेरिरहेका छौं । असन्तुष्टिले मात्र पुग्दैन, यो सरकार असफल भयो, यो सरकारबाट देश अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा पुग्नुपर्‍यो । यदि कांग्रेसभित्र असन्तुष्टि छ भने त्यो निर्णयमा बदलिनुपर्‍यो । यो सरकारबाट देश अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा कांग्रेस पुग्नुपर्‍यो ।

कांग्रेसले सरकारको नेतृत्व गर्छु भन्यो भने एमालेले समर्थन गर्छ ? 

पहिला कांग्रेसले त्यो निर्णय गरोस् न, त्यसपछि सोचौंला । अहिले नै पेश्की निर्णय गरेर किन बस्ने ? 

null

सरकारको काम कारबाहीप्रति तपाईंहरू पटक्कै सन्तुष्ट होइन ? 

सरकारका काम कारबाहीको सूक्ष्म अनुगमन गरेर बसेका छौं । आमजनता र समाजको कुन क्षेत्र छ, जसले यो सरकारले राम्रो काम गरेको छ भन्न सकोस् । कुनै एउटा त्यस्तो काम छ ? सरकार स्वयंले राम्रो गर्‍यौं भन्न सकेको छैन ।

अब निजी क्षेत्रको कुरा गर्नुहुन्छ भने फ्रस्टेसन छ । अर्थतन्त्र चौपट भइरहेको छ । बेरोजगारी समस्या र विदेश पलायनको चित्र भयावह छ । अब यस्तो अवस्था छ, पुँजीगत खर्च छैन । हिजो शुरू भएका विकास आयोजना पूरै ठप्प छन् । केका निम्ति यो सरकार ? 

यसबीचमा रास्वपाका सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी ओलीले देश मध्यावधिमा जान सक्ने कुरा गर्नुभएको थियो । मुलुक २०८४ अगावै मध्यावधिमा जाने या राजनीतिक कोर्स–करेक्सन गर्ने सम्भावना छ ?

अहिलेको प्रतिनिधिसभाबाट धेरै ठूलो आशा गर्न सक्ने अवस्था छैन । यो प्रतिनिधिसभाले काइदाको सरकार देला र देश अगाडि बढ्ला भन्ने आशा गर्न सकिन्न ।

निर्वाचन हामीले चाहेर मात्र हुँदैन । यो प्रतिनिधिसभाभित्र कसैले बहुमत ‘शो’ गरुञ्जेल निर्वाचन हुँदैन । संसद् विघटनको व्यवस्था नै छैन भन्ने गलत कुरा हो । त्यसका लागि संविधानका निश्चित प्रबन्धअनुसार सरकार निर्माणका विकल्प पूरा हुनुपर्छ । अन्तिम विकल्प सफल नभएमा मध्यावधिमा जान सक्ने प्रबन्ध छ । अहिलेको प्रतिनिधिसभाबाट गतिलो सरकार बन्ने र त्यो सरकारले राम्रो गर्ने सम्भावना क्षीण छ । 

प्रचण्डले बेलाबखत चमत्कार गर्छु भनिरहनुभएको सुनिन्छ नि !  

देखियो नि चमत्कार, देश यस्तो अबस्थामा आइसक्यो । 

जनतामा कसैप्रति आशा विश्वास र भरोसा छ भने त्यो एमालेप्रति हो । देशलाई एमालेले मात्र सम्हाल्न सक्छ भन्ने भावना जनतामा सञ्चारित गर्न सकेका छौं । सरकारको ज्याजतिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेका छौं ।

तीनपटक अर्थमन्त्री भइसकेको तपाईंको बुझाइमा अहिले आममानिसको आत्मविश्वास गुम्नु र विदेश पलायन हुनुको प्रमुख कारण के हो र यसको समाधान के हो ?

यो समस्या समाधानको पहिलो शर्त वर्तमान सरकारको बहिर्गमन हो । तर, त्यतिले मात्र समस्या समाधान हुँदैन । अर्थतन्त्रका समस्या चिन्न सक्ने, समस्यालाई समाधान दिन सक्ने, आम नागरिकमा आशा र विश्वास जगाउन सक्ने, निजी क्षेत्रको मनोबल बढाउन सक्ने, राज्य आतंक सिर्जना गर्ने संस्था नभएर उत्पादनका सबै क्षेत्रको अभिभावक हो भनेर विश्वास दिलाउन सक्ने, अन्तर्राष्ट्रिय समुदायको विश्वास जितेर लगानी आकर्षित गर्न सक्ने दह्रो नेतृत्व मुलुकलाई चाहिएको छ । अनि मात्र मुलुकको अर्थतन्त्र लयमा फर्किन्छ ।

एमाले उपाध्यक्ष पौडेलसँगको विस्तृत अन्तर्वार्ता, हेर्नुहोस्, भिडियोमाः

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

जेठ १६, २०८१

कैलाश सिरोहियालाई पक्राउ गरिएको छ । एउटा व्यक्ति सिरोहिया हाम्रा लागि महत्वपूर्ण हुन पनि सक्छन्, नहुन पनि सक्छन् । तर, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष भएको नाताले नै सिरोहियालाई ’नन–इस्यू’मा पक्...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

भदौ ३१, २०८१

सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन विशेष समितिले निकै मेहनतपछि आफ्नो प्रतिवेदन सोमबार प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिध...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

बैशाख ३०, २०८१

मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

असोज ११, २०८१

हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...

x