×

NMB BANK
NIC ASIA

प्रचण्डद्वारा गोरखाका पाँच ठाउँका सभालाई सम्बोधन

कात्तिक १८, २०७९

NTC
Premier Steels

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले आज एकै दिन गोरखाका पाँच ठाउँमा भएको कोणसभालाई सम्बोधन गरेका छन् । क्षेत्र नं २ का विभिन्न स्थानमा वाम–लोकतन्त्रिक गठबन्धनको आयोजनामा भएको संयुक्त चुनावी जनसभा तथा कोणसभालाई सम्बोधन गर्दै उनले अबको पाँच वर्षमा गोरखाका धुलो सडकलाई कालोपत्र गरेर छोड्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

Muktinath Bank

“गोरखा जिल्लाभित्रका सडकहरु धुलाम्मे छन्”, उनले भने, “अबको पाँच वर्षमा यी सडकलाई कालोपत्र गरेर मात्र छोडिन्छ ।” अध्यक्ष दाहालले चितवन जिल्लामा पाँच वर्षमा धुलाम्मे सडकलाई पूरै कालोपत्र गरेको भन्दै अब गोरखाको पनि धुलाम्मे सडकलाई कालोपत्र गर्ने बताए। उनले बृहत् शान्ति सम्झौतामार्फत हस्ताक्षर गरेर आफूले कांग्रेसको रूख चिह्नमा भोट हालेको र तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा भोट हालिसकेकाले अब दुवै पार्टीका कार्यकर्ताले एकअर्काको चुनाव चिह्नमा भोट हाल्न हिच्किचाउन नपर्ने स्पष्ट पारे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले वाम–लोकतान्त्रिक गठबन्धन बृहत् शान्ति सम्झौताको निरन्तरता पनि भएको भन्दै संविधान र लोकतन्त्रका लागि गठन भएको वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न सबैलाई अपिलसमेत गरे । 


Advertisment
Nabil box
Kumari

कोणसभा सम्पन्न पछि सदरमुकाममा आयोजित भेटघाट कार्यक्रममा उनले  प्रतिगमन एक पटक परास्त भए पनि अझै टाउको उठाउन खोजी रहेको भन्दै अबको निर्वाचनबाट त्यस्ता सदाका लागि परास्त गर्नुपर्ने बताए । उनले गोरखा क्षेत्र नं २ मा आफ्नो प्रतिस्पर्धी कोही पनि नभए जस्तो लागेको समेत बताए । 

Vianet communication

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि  अनुमति दिएलगत्तै अध्यक्ष अध्यक्ष दाहालले आफ्नो निर्वाचन क्षेत्र  गोरखा–२ मा चुनाव प्रचारलाई तीव्रता दिएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गोरखा नगरपालिका–१४ स्थित याङकोट, वडा नं १० को रानीटार, वडा नं ११ को छेवेटार,  वडा नं ८ को आहाले र वडा नं ६ को ठूलो आँगनमा कोणसभालाई सम्बोधन गरेका हुन् । कोणसभामा अध्यक्ष दाहालसहित गोरखा क्षेत्र नं २ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार फडिन्द्र देवकोटा, प्रदेशसभा (२) का उम्मेदवार सुरेन्द्रराज पाण्डेलगायतका समानुपातिक तर्फका उम्मेदवारहरुको पनि सहभागिता रहेको थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x