×

NMB BANK
NIC ASIA

विराटनगरलाई आर्थिक राजधानीमा रुपान्तरण गर्ने पूर्वमन्त्री घिमिरेको प्रतिबद्धता

कात्तिक १९, २०७९

NTC
Premier Steels

मोरङ क्षेत्र नं. ४ (२) का एमाले उम्मेदवार जीवन घिमिरेले विराटनगरलाई प्रदेश १ को आर्थिक क्षेत्रको राजधानीमा रुपान्तरण गर्न एमाले प्रतिबद्ध रहेको बताएका छन् । एमाले नेतृत्वको सरकार बनेपछि विराटनगरमा आर्थिक गतिविधिहरू चलायमान हुने घिमिरेले बताए । नेकपा एमाले प्रदेश कमिटीले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका सहइन्चार्ज तथा प्रदेश १ का पूर्वसामाजिक विकासमन्त्रीसमेत रहेका घिमिरेले सो कुरा बताएका हुन् । 

Muktinath Bank

मुलुकको पर्यटनको गन्तव्य पोखरा, लुम्विनी मात्रै नहुने घिमिरेले बताए । उनले भने, ‘विराटनगरलाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ ।’ उदयपुरमा रहेको सिमेन्टको कच्चा पदार्थको संरक्षण र उपयोग गर्न सकेमात्रै पनि समृद्ध प्रदेश निर्माण गर्न सकिने एमाले नेता घिमिरेको भनाइ छ । प्रदेश १ लाई जडिबुटीबाट पनि समृद्ध बनाउन सकिने उनको जोड छ । एमालेले प्रदेश सरकारमा ३ वर्ष ८ महिना रहँदा उल्लेख्य काम गरेको उनले बताए । पूर्वमन्त्री घिमिरले भने, ‘भौतिक निर्माण र सामाजिक विकासमा उल्लेख्य काम भयो । ’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रतिबद्व रहेको घिमिरेले बताए । यसको प्रकृया आफूहरू सरकारमा रहँदा शुरु भइसकेको उनले बताए । घिमिरेले भने, ‘हामी सरकारमा नहरेपछि यो कामले निरन्तरता पाउन सकेन, सरकारमा गएपछि हिजो भएका कामले निरन्तरता पाउने छन् ।’ एमालेले जम्बो मन्त्रिपरिषद् नबनाउने पनि उनको भनाइ छ । उनले भने, ‘अहिले कायम रहेको मन्त्रालयको संख्यालाई पहिलेकै अवस्थामा पुर्‍याइने छ ।’


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x