०४ साउन २०८३, सोमबार

आमा बनिन् आलिया भट्ट

कात्तिक २०, २०७९
आमा बनिन् आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छिन् ।

रणवीर कपुर र आलिया भट्टको घरमा छोरीको जन्म भएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार  आलिया भट्टको सी-सेक्शन डेलिभरी भएको छ। तर, यसबारेमा आधिकारिक जानकारी भने आइसकेको छैन  । 

मिडियाका अनुसार आइतबार बिहान ७.३० बजे रणवीर कपुर पत्नी आलिया भट्टसँग मुम्बईको एचएन रिलायन्स अस्पताल पुगेका थिए ।

यो त्यही अस्पताल हो जहाँ रणवीरका पिता ऋषि कपुरले अन्तिम सास फेरेका थिए । 

आमा आलिया र छोरी दुवै स्वस्थ रहेको बताइएको छ ।

आलिया र रणवीरले पाँच वर्ष एकअर्कालाई डेट गरेका थिए ।

यो जोडीले सन् २०२२ को अप्रिलमा यो सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्