×

NMB BANK
NIC ASIA

बँदेल मार्न थापिएको पासोमा पर्दा रोशनी–शरदको मृत्यु भएको खुलासा

कात्तिक २०, २०७९

NTC
Premier Steels

दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जनकल्यान सामुदायिक वनमा मृत फेला परेका किशोरकिशोरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा आज पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै उनीहरूलाई सार्वजनिक गरिएको हो ।

Muktinath Bank

तुलसीपुर उपमहानगरपालिका–१३ डाँडागाउँस्थित १५ वर्षीया रोशनी महतारा र दङ्गीशरण गाउँपालिका–६ थपगाउँ घर भई तुलसीपुर–१३ दमारगाउँस्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्यको हत्यामा संलग्न भएको भन्दै तुलसीपुर–१३ निवासी ३९ वर्षीय गणेश भन्ने हरिशचन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भन्ने अम्मरराज कार्कीलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार बँदेल मार्नका लागि थापेको विद्युत्को पासोमा परेर उनीहरु दुवै जनाको मृत्यु भएको पाइएको बताए । असोज २७ गते राति १० बजेतिर गणेश भन्ने हरिषचन्द्र पौडेलको घरबाट विद्युत् लिएर नजिकैको जङ्गलमा बँदेल मार्नका लागि पासो थापेको र त्यही पासोमा परेर उनीहरुको राति नै मृत्यु भएको प्रहरीले बताएको छ । 


Advertisment
Nabil box
Kumari

पासो थापेका अमरराज कार्की र गणेश भन्ने हरिशचन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुवै जना मृतावस्थामा फेला पारेका थिए । त्यसपछि उनीहरु दुवैले सल्लाह गरेर शवलाई जङ्गलको झाडीमा फाले । उनीहरुसँग भएका मोबाइल र चप्पललाई समेत जङ्गलको झाडीमा लुकाईछिपाई राखे । सोही दिन राति १० बजेतिर अमरराज कार्की, पौडेलसहित खिमबहादुर बुढा र नुमानन्द कार्कीले ती शवलाई गाड्ने सहमति गरे । त्यो सहमतिपछि अमरराज कार्कीको घरबाट फोरुवा ल्याएर उनीहरुले करेन्ट लागेदेखि नजिकैको खोल्सोमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक वलीले बताए। 

Vianet communication

उनका अनुसार अभियुक्त चारजनाले लुकाईछिपाई राखेको अवस्थामा करेन्ट लगाउन प्रयोग भएको बिजुलीको वाइरिङ तार ७६ मिटर एक इन्च, साना सातवटा बाँस, फलामको वाइरिङ तार, किल्ला खन्न प्रयोग भएको फोरुवा एक थान, शव बोक्न प्रयोग भएको कुखुराको दाना राख्ने बोरा बरामद भएको प्रहरीले बताएको छ । बोरा जलेर नष्ट भएको अवस्थामा भेटिएको थियो । उनीहरु चारैजनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । रोशनी र शरदको शव गत असोज ३० गते दिउँसो भेटिएको थियो । उनीहरु घरबाट असोज २७ गते हराएका थिए । मृतक दुवै जना त्यो वनमा किन गएका थिए भन्ने कुरा अनुसन्धानकै विषय रहेको प्रहरी उपरीक्षक वलीले बताए ।  

घटनापछि प्रहरीले एक टिपर चालकलाई पक्राउ ग¥यो । ती टिपर चालककै बयानका आधारमा थप अर्का व्यक्ति पनि पक्राउ परे । तर ती दुवै जना निर्दोष देखिए । 

प्रहरीका अनुसार अनुसन्धान गर्दै जाँदा उनीहरु दुवैजनाले हत्या गरेको पुष्टि भएन ।शवपरीक्षण रिपोर्टलगायत अन्य रिपोर्ट र विज्ञको अनुसन्धानबाट उनीहरु निर्दोष देखिएका हुन् । उनीहरु निर्दोष देखिए पनि प्रहरीको हिरासतमै छन् । उनीहरुलाई अन्य विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । 

यो विषयमा अनुसन्धान लुम्बिनी प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा इप्रका तुलसीपुरको अनुसन्धान टोली खटिएको थियो भने काठमाडौँबाट विज्ञ टोली तथा कोहलपुरबाट कुकुरसमेत ल्याइएको थियो । उनीहरु दुवैजनाको शवपरीक्षणपछि एकै स्थानमा बबईमा अन्त्येष्टि गरिएको थियो ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x