×

NMB BANK
NIC ASIA

मतदानमा सहभागी गराउन विप्लव समूह र सरकारबीच निरन्तर छलफल हुँदैछ : गृहमन्त्री खाँण

कात्तिक २२, २०७९

NTC
Premier Steels

गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा ५ दलीय गठबन्धन अगाडि रहेको बताएका छन् ।

Muktinath Bank

गठबन्धनबाट पाएको सूचनाअनुसार हालसम्मको स्थितिमा ५ दलीय गठबन्धन १३० ठाउँमा अग्रस्थानमा रहेको उनको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एकीकृत समाजवादी रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले मंगलवार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा रुपन्देही–३ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य खाँणले गठबन्धनको अग्रता निर्वाचन हुने दिनसम्म अझै बढ्ने र अत्याधिक बहुमत प्राप्त हुने विश्वास व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

माधव नेपाल प्रधानमन्त्री र आफू सिँचाइमन्त्री भएको बेला रुपन्देहीमा विकासका आयोजना अगाडि बढेको उल्लेख गर्दै उनले सहमति र सहकार्यका साथ गठबन्धनलाई अगाडि बढाएर मुलुुकलाई आगामी ५ वर्षभित्र आर्थिक रूपमा पनि विकसित बनाइने उल्लेख गरे ।

Vianet communication

अर्को प्रसंगमा उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन विप्लव समूह र सरकारबीच निरन्तर छलफल भइरहेको बताए । राजनीतिक मूलधारमा ल्याउन सरकार र विप्लव समूहबीच द्विपक्षीय वार्ता भएको जानकारी दिँदै उनले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग २ दिनअघि भैरहवामा भएको वार्तामा कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिने लगायतका विषयमा छलफल भएको बताए ।

गृहमन्त्री खाँणले नेकपाका नेता कार्यकर्तासमेत निर्वाचनमा भाग लिन खोजे प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिने प्रस्ताव गरेको उल्लेख गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x