×

NMB BANK
NIC ASIA

मतदातासामु सुवास नेम्वाङका दुई वाचा

कात्तिक २५, २०७९

NTC
Premier Steels

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदातासामु दईवटा वाचा गरेक छन् । इलाम क्षेत्र नं २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्कासँग मुख्य प्रतिस्पर्धामा रहेका उनले चुनावीसभामा भने, “म धेरै आश्वासन बाँड्दिन, मात्र दुइटा कुरा भन्छु, पहिलो म तपाइँहरूको शिर निहुरिने काम कहिले गर्नेछैन र अर्को यस क्षेत्रका जनताको दुःख, अभाव र समस्यामा मलम लगाउन सधैँ हाजिर हुनेछु ।”

Muktinath Bank

आफ्नो नेतृत्वमा संविधान जारी गरेर इलामे जनताको शिर उँचो बनाएको दाबी गर्दै उनले भने, “सदासर्वदा जुनसुकै काम गर्दा यहाँहरूलाई सम्झिएर काम गर्नेछु । यहाँका प्रत्येक समस्या समाधान गर्नेमा मेरो समर्थन रहनेछ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेम्वाङ पाँचौँ पटक आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनले विसं २०५६ यता लगातार चुनाव जित्दै आएका छन् । गत निर्वाचनमा कांग्रेस उम्मेदवार केशव थापा करिब साढे नौ हजार मतान्तरले नेम्वाङसँग पराजित भएका थिए । अगाडिका चार निर्वाचनमा सहज जित हासिल गरेका नेम्वाङ दुईपटक संविधानसभाको अध्यक्ष बने । राष्ट्रिय राजनीतिमा पहिचान स्थापित गरेका नेम्वाङलाई आगामी चुनाव भने त्यति सहज छैन । 


Advertisment
Nabil box
Kumari

उक्त क्षेत्रबाट गठन्धनका उम्मेदवार कांग्रेसका खड्का नेम्वाङ हराउने अभियानमा कस्सिएर लागेका छन् । इलामको पश्चिमी पालिकाहरूमा विद्युत् र सडकको पहुँच नपुगेको भन्दै मतदातामा निराशा देखिन्छ । खड्का सोही विषयलाई एजेन्डा बनाएर मतदाताको घरघरमा पुगिरहेका छन् । अर्कातिर नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला भएका कारण पार्टी विभाजनको केही असर एमालेले खेप्नुपरेको छ । गत स्थानीय तहको निर्वाचनमा इलाम क्षेत्र नं २ मा वडाध्यक्षको मत एमाले र कांगेसको करिब बराबर जस्तै छ । उक्त चुनावमा वडाध्यक्षमा एमालेले पाएको मत ३२ हजार पाँच सय २७ हो भने कांग्रेसको पक्षमा ३२ हजार नौ सय ७८ मत प्राप्त थियो । 

Vianet communication

यसैगरी नेकपा (माओवादी केन्द्र) को दुई हजार सात सय १७, जसपाको पाँच सय ५४, एकीकृत समाजवादीको दुई सय ७७ र राप्रपाको एक सय ३० मत छ । इलाम जिल्लाका लागि कूल मतदाता दुई लाख २४ हजार चार सय ७७ रहेका छन् । स्थानीय तहको निर्वाचनयता जिल्लामा एक सय २९ मतदाता थपिएका छन् । इलाम क्षेत्र नं २ मा मात्र एक लाख चार हजार नौ सय ४२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलय इलामले जानकारी दिएको छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x