०३ साउन २०८३, आइतबार

नेब्लासँगको झगडामा कोब्रा गम्भीर घाइते, ४५ मिनेटसम्म चल्यो शल्यक्रिया !

कात्तिक २९, २०७९
नेब्लासँगको झगडामा कोब्रा गम्भीर घाइते, ४५ मिनेटसम्म चल्यो शल्यक्रिया !

भारतको मध्य प्रदेशस्थित छिन्दवाडाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । 

यहाँ नेब्लासँगको झगडामा ५ फिट लामो कोब्रा यति नराम्ररी घाइते भएको छ कि उसलाई अस्पताल लैजानुपरेको छ । 

नोभेम्बर 1३ मा जिल्लाको उमरानला गाउँमा मुंगु र कोब्रा बीचको लडाई भएको थियो  

गम्भीर घाइते भएका कारण कोब्राले चाहेर पनि भाग्न सकेन । उसको तल्लो बङ्गारा र माथिल्लो दुवै दाँत भाँचिएको थियो । 

यति मात्र होइन शरीरबाट करङहरू निस्किएका   थिए । 

उसको अवस्था देखेर स्थानीयबासीले भेटेरिनरी चिकित्सकलाई खबर गरेका थिए । 

घटनास्थल पुगेकाले घाइते कोब्रालाई उपचारका लागि  भेटेरिनरी अस्पताल लगेका थिए ।

त्यहाँ वन्यजन्तु विज्ञ डा. अंकित मेश्रामले कोब्राको  उपचार गरेका थिए ।  

कोब्राको उपचारका लागि करिब ४५ मिनेटसम्म शल्यक्रिया गरिएको बताइएको भारतीय सञ्चारमाध्यमले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्