
भारतको मध्य प्रदेशस्थित छिन्दवाडाबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।
यहाँ नेब्लासँगको झगडामा ५ फिट लामो कोब्रा यति नराम्ररी घाइते भएको छ कि उसलाई अस्पताल लैजानुपरेको छ ।
नोभेम्बर 1३ मा जिल्लाको उमरानला गाउँमा मुंगु र कोब्रा बीचको लडाई भएको थियो
गम्भीर घाइते भएका कारण कोब्राले चाहेर पनि भाग्न सकेन । उसको तल्लो बङ्गारा र माथिल्लो दुवै दाँत भाँचिएको थियो ।
यति मात्र होइन शरीरबाट करङहरू निस्किएका थिए ।
उसको अवस्था देखेर स्थानीयबासीले भेटेरिनरी चिकित्सकलाई खबर गरेका थिए ।
घटनास्थल पुगेकाले घाइते कोब्रालाई उपचारका लागि भेटेरिनरी अस्पताल लगेका थिए ।
त्यहाँ वन्यजन्तु विज्ञ डा. अंकित मेश्रामले कोब्राको उपचार गरेका थिए ।
कोब्राको उपचारका लागि करिब ४५ मिनेटसम्म शल्यक्रिया गरिएको बताइएको भारतीय सञ्चारमाध्यमले बताएको छ ।