×

NMB BANK
NIC ASIA

शेरधन र सुदनबीचको तेस्रो प्रतिस्पर्धा, को कति बलियो ?

कात्तिक २९, २०७९

NTC
Premier Steels

आगामी मङसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोजपुरमा लोकतान्त्रिक–वाम गठबन्धन र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

Muktinath Bank

यहाँ प्रतिनिधिसभा सदस्यमा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमुख्यमन्त्री शेरधन राई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती चुनावी मैदानमा होमिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो निर्वाचन शेरधन र सुदन बीचको तेस्रो प्रतिस्पर्धा हो । विसं २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा शेरधनलाई पराजित गर्दै किराँती विजयी बनेका थिए । त्यसपछि २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा किराँतीलाई पराजित गर्दै राईले जीत हासिल गरे । 


Advertisment
Nabil box
Kumari

विसं २०७४ सालमा भएको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट किराँती प्रतिनिधिसभामा र राई भोजपुर प्रदेशसभा (२) सदस्यमा विजयी बनेका थिए । यो निर्वाचनमा भने सुदन र शेरधन बीच नै पुनः प्रतिनिधिसभा सदस्यमा भिडन्त भइरहेको छ ।

Vianet communication

दुवै उम्मेदवारले जीत आफ्नो हुने दावी गरिरहेका छन् ।  यसअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामलाई आधार मान्दा एमालेको जिल्लामा सबैभन्दा बढी मत देखिन्छ । तर गठबन्धनका दलहरूको सम्पूर्ण मतलाई जोड्दा भने एमाले दोस्रो स्थानमा रहेको छ । 

स्थानीय तह निर्वाचनमा एमालेले २७ हजार छ सय ५६, नेपाली काङग्रेसले २३ हजार पाँच सय ९९ नेकपा (माओवादी केन्द्र) ले १४ हजार सात सय ६१ र नेकपा (एकीकृत समाजवादी) ले एक हजार नौ सय छ मत पाएको देखिन्छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा लोकतान्त्रिक–वाम गठबन्धनको ४० हजार दुई सय ६६ मत छ । एमालेको २७ हजार छ सय ५६ मत रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । 

प्रदेशसभा (१) मा एमालेका तर्फबाट हरिबहादुर राई र गठबन्धनका तर्फबाट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई  र प्रदेशसभा (२) मा एमालेबाट प्रेम कार्की र गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार विनोद वान्तावा चुनावी मैदानमा छन् । प्रदेशसभा सदस्यमा पनि एमाले र गठबन्धन बीच नै प्रतिस्पर्धा हुने देखिएको छ । 

यहाँका ८१ वटा वडामध्ये प्रदेशसभा (१) मा ४० र प्रदेशसभा (२) मा ४१ वडा परेका छन् । जिल्लामा कुल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता रहेका छन् । प्रदेश सभा (१) मा ६४ हजार दुई सय ३७ र प्रदेशसभा (२) मा ६९ हजार एक सय ४३ मतदाता छन् । 

निर्वाचनलाई लक्षित गरेर चार सय ५८ नेपाल प्रहरी, नौ सय १० म्यादी प्रहरी र आवश्यकताअनुसार शसस्त्र र नेपाली सेना परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । जिल्लामा सतासी वटा मतदान स्थल कायम गरिएको छ । यहाँ दुई अस्थायीसहित एक सय ५५ वटा मतदान केन्द्र रहेका छन्  । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x