×

NMB BANK
NIC ASIA

इलाम समृद्ध बन्दैछ : सुवास नेम्वाङ

कात्तिक ३०, २०७९

NTC
Premier Steels

नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङले इलामको विकट क्षेत्र विकसित बन्दै गएको बताएका छन् । इलाम क्षेत्र नं २ बाट उम्मेद्वार रहेका नेम्वाङले फाकफोकथुममा आज आयोजित चुनावीसभामा भने, “यो क्षेत्र इलामको कर्णाली भनेर चिनिने विकट क्षेत्र थियो तर अहिले धेरै विकास निर्माणका काम भएका छन् ।” 

Muktinath Bank

एमालेको नेतृत्वमा सडकदेखि पुलसम्मका सयौँ आयोजना सम्पन्न भएपछि इलाम क्षेत्र नं २ समृद्धिको बाटोमा अघि बढेको उनको भनाइ छ । “कुनै बेला यो ठाउँमा एक लाइन टेलिफोन सेवा थिएन । म निर्वाचित भएयता थुप्रै काम भएका छन्”, उनले भने, “अब यहाँ कसैले कल्पना गर्न नसक्ने विकास हुनेछ । त्यसको जिम्मा म लिन्छु ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेम्वाङ यसअघि २०५६, २०६४, २०७०, २०७४ का सबै संसदीय निर्वाचनमा निर्वाचित भएका थिए । “अब यस क्षेत्रका नागरिकले भरपर्दो उपचार पाउने अस्पताल निर्माणमा हामी लाग्छौँ,” नेम्वाङले भने, “चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ । तत्काल यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माणको थालनी गर्छौँ ।”


Advertisment
Nabil box
Kumari

यसअघिका निर्वाचनमा सहज जित हासिल गर्दै आएका नेम्वाङसँग यो पटक वाम–लोकतान्त्रिक गठबन्धन चुनौती बनेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का नेम्वाङका मुख्य प्रत्याशी उम्मेदवार छन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x