×

NMB BANK
NIC ASIA

निर्वाचनपश्चात एमालेको सरकार : नेता पोखरेल

मंसिर १, २०७९

NTC
Premier Steels

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ईश्वर पोखरेलले आगामी निर्वाचनपश्चात एमालेको सरकार बन्ने दाबी गरेका छन् । बलियो दल नेतृत्वमा पुग्दा मात्र देशले निकास पाउने भन्दै उनले जनताले एमालेलाई विश्वासको मत दिएर जिताउन जरुरी रहेको बताएका हुन्।

Muktinath Bank

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ ले बसुन्धारामा आज आयोजना गरेको निर्वाचनसभामा सम्बोधन गर्दै उनले विगतका दिनमा जनतासामु गरेका बाचाहरु धेरै पूरा गरेको र पूरा हुन बाँकी रहेका कामहरु निर्वाचनपश्चात जनतालाई साक्षी राखेर पुरा गर्ने प्रतिबद्धतासमेत उनले जनाए । उनले भने, “आगामी निर्वाचनपश्चात काठमाडौँ क्षेत्र नं ५ मा रहेका सरकारी वा निजी दुवै क्षेत्रका अस्पतालहरुलाई स्थानीय सरकारसँगको समन्वयमा जनताले सुलभ ढङ्गले सेवा लिन पाउने व्यवस्था मिलाउने, खानेपानी घर–घरमा उपलब्ध गराउने, सार्वजनिक र गुठीबाट सञ्चालित विद्यालयलाई प्राथमिकताका साथ व्यवस्थापन गर्नेलगायतका अन्य काम हामीले पूरा गर्नेछौँ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं ५ प्रदेशसभा सदस्य २ का उम्मेदवार दीपक निरौलाले आगामी दिनमा सडक सञ्जाल, नदी नियन्त्रण, पर्यावरणीय सन्तुलन, जीवनको दैनिक महत्वको क्षेत्रमा पर्ने स्वास्थ्यलाई ध्यान दिँदै कान्तिबाल, टिचिङ, शहीद गङ्गालाल अस्पताल, बूढानीलकण्ठ र टोखा नगरभित्र रहेका हरेक स्वास्थ्यचौकीमा डाक्टरसहितको उपचार सेवाको व्यवस्था मिलाउने बताए । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x