×

NMB BANK
NIC ASIA

जाजरकोटमा शक्ति बस्नेत र सल्यानमा प्रकाश ज्वालाको अग्रता कायमै

मंसिर ६, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभातर्फको जारी मतगणनामा जाजरकोट र सल्यानमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारहरूले अग्रता कायमै राखेका छन् । 

Muktinath Bank

जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले नेकपा एमालेका निरज आचार्यभन्दा एक हजार ९२३ मतले अग्रता लिइरहेका छन् । बस्नेतले पाँच हजार ३७७ र आचार्यले तीन हजार ४५४ मत प्राप्त गरेका छन् । पूर्वगृहमन्त्री बस्नेत माओवादी केन्द्रका उपमहासचिव र आचार्य एमालेका केन्द्रीय सदस्य हुन् । आइतबार सम्पन्न मतदानमा जाजरकोटमा प्रतिनिधिसभातर्फ ६५ हजार ९६१ मत खसेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, सल्यानमा पनि नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले दोब्बरभन्दा बढी मतान्तरले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणाम अनुसार ज्वालाले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहभन्दा सात हजार ५५७ मतले अग्रता कायम गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

सल्यानमा प्रतिनिधिसभातर्फ ८४ हजार २२ मत खसेको थियो । शाहले टिकट नपाएपछि कांग्रेसबाट गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका हुन । २०७४ मा एमालेबाट कर्णाली प्रदेशसभामा निर्वाचित ज्वाला तीन वर्ष प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । 

Vianet communication

नेकपा विघटन र माओवादी केन्द्रका नेता एवं तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टी निर्णयविपरीत विश्वासको मत दिएपछि उनीलगायत चारजना सांसद निलम्बित भएका थिए । एमाले विभाजनपछि बनेको दल एकीकृत समाजवादीमा उपमहासचिव छन् । उनीविरुद्ध एमालेले उम्मेदवारी दिए पनि निकट प्रतिस्पर्धामा आउन सकेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x