×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा सदस्यमा शक्ति बस्नेत र प्रकाश ज्वाला निर्वाचित

मंसिर ८, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभा सदस्यमा जाजरकोटबाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र सल्यानबाट नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित भएका छन् । उनीहरू दुवै सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । 

Muktinath Bank

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बस्नेतले नेकपा एमालेका निरज आचार्यलाई ९ हजार ३१ मतान्तरले हराउँदै जीत निकाले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बस्नेतले ३४ हजार १५१ मतले विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी आचार्यले २५ हजार १२० मत प्राप्त गरे । यसअघि उनी जाजरकोट–१ बाट २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालमा जाजरकोटबाट प्रतिनिधिसधा सदस्यमा निर्वाचन भएका थिए । पूर्व गृहमन्त्री बस्नेत माओवादी केन्द्रका उपमहासचिव हुन् ।


Advertisment
Nabil box
Kumari

सल्यानमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गर्दै प्रकाश ज्वाला निर्वाचित भएका छन् । ज्वालाले ३५ हजार ७०० मतले विजयी हुँदा स्वतन्त्र उम्मेदवार शाह (पुतली चिह्न) ले १९ हजार ७८९ मत प्राप्त गरे ।

Vianet communication

यहाँ ८४ हजार २२ मत खसेको थियो । ज्वाला एकीकृत समाजवादीका उपमहासचिव र कर्णाली प्रदेशको पूर्व आर्थिक मामिला तथा योजनामन्त्री हुन् । उनीविरुद्ध एमालेले उम्मेदवार उठाए पनि निकट प्रतिस्पर्धामा आउन सकेनन् । एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x