×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

मतान्तरमा रवि र कुल मतमा ओली अगाडि : यी हुन् १० हजारभन्दा बढी अन्तरले जित्ने नेता

मंसिर ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक सबैभन्दा बढी मतान्तरले चुनाव जित्नेको पहिलो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भएका छन् ।

Muktinath Bank

उनी नेपाली कांग्रेसका उमेश श्रेष्ठसँग ३४ हजार १६५ मतान्तर कायम गर्दै विजयी भएका हुन् । लामिछाने ४९ हजार २६१ मत ल्याएर विजयी भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मतान्तर धेरै बनाउने दोस्रो नम्बरमा भक्तपुर–१ बाट प्रेम सुवाल रहेका छन् ।


Advertisment
Nabil box
Kumari

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता सुवालले नेकपा एमालेका नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले जितेका छन् । सुवाल ४२ हजार ७६१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । 

Vianet communication
Laxmi Bank

लामिछानेले सबैभन्दा बढी मतान्तर ल्याएर जितेको भए पनि देशैभरका प्रतिनिधिसभा उम्मेदवाहरूमध्येमै धेरै मत ल्याउनेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छन् ।

ओलीले ५२ हजार ३१९ मत ल्याएका छन् । यो यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि उम्मेदवारले ल्याएको सबैभन्दा बढी मत हो ।

नेपाली कांग्रेस झापाका अध्यक्ष डा. खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतान्तरले हराएका ओलीले यसअघि पनि २०७४ सालमा उनै अधिकारीलाई २८ हजार ८०० मतान्तरले जितेका थिए । यसपटक उनको मतान्तर घटेको हो । 

यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा लामिछाने, सुवाल र ओलीपछि सबैभन्दा बढी मतान्तर बनाउनेमा माओवादी केन्द्रका नेता वर्षमान पुन छन् । पुनले एमालेका पूर्ण बुढामगरलाई २५ हजार २२९ मतान्तरले जितेका छन् । वर्षमान ४१ हजार ७१४ मत ल्याएर विजयी भएका छन् । 

सप्तरी–२ बाट निर्वाचित भएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) ले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग १८ हजार ६३ मतान्तर बनाएका छन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९७९ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले नेकपा एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले हराएकी छन् । कार्कीले ३१ हजार १३६ मत पाउँदा एमालेका खड्काले १२ हजार ९६३ मत ल्याएका छन् । 

नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले पनि एमाले उम्मेदवारसँग १६ हजार ६७० मतान्तरले जीत हासिल गरेका छन् । बजगाईं ३३ हजार ४२८ मत ल्याएर गोरखा–१ बाट विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले पनि स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादर शाहसँग १५ हजार ९११ मतान्तरले जीत हासिल गरेका छन् । ज्वाला सल्यान–१ बाट ३५ हजार ७०० मत ल्याएर प्रतिनिधिसभा सदस्य चुनिएका हुन् । 

कांग्रेसका विश्वप्रकाश शर्माले पनि नेकपा एमालेका अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले जितेका छन् । शर्माले झापा–१ बाट प्रतिनिधिसभा सदस्य जितेका हुन् । 

मतान्तर बढी बनाउनेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीसँगको प्रतिस्पर्धामा १३ हजार ४६६ मतान्तरले जितेका छन् । दाहालले गोरखा–१ बाट जितेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले जितेका छन् । देउवाले २५ हजार ५३४ मत ल्याएर डडेलधुराबाट सातौंपटक संसदको यात्रा तय गरेका छन् । 

नेपाली कांग्रेसकै रमेश लेखकले पनि एमाले उम्मेदवारलाई १२ हजार ७५ मतान्तर बनाएर जितेका छन् । लेखकले ३० हजार ५२३ मत ल्याएर कञ्चनपुर–३ बाट जितेका हुन् । 

एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठले नेकपा एमालेका उम्मेदवारलाई १० हजार ६६ मतान्तरले जितेका छन् । श्रेष्ठ २९ हजार ५०५ मत पाएर बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x