×

NMB BANK
NIC ASIA

सबै क्षेत्रलाई समेटेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भएको छ : राष्ट्र बैंक

मंसिर १३, २०७९

NTC
Premier Steels

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा व्यवसायी जगत र बैंक तथा वित्तीय क्षेत्रका सुझावहरूलाई मध्यनजर गरी तर्जुमा गरिएको बताएका छन् । वर्तमान मुलुकको अर्थतन्त्र परेको दबाब तथा व्यवसायिक वातावरण सहजता बनाउने गरी मौद्रिक नीति ल्याएको उनले बताए । 

Muktinath Bank

मौद्रिक नीतिको समीक्षाको विषयमा प्रतिक्रिया दिँदै डा. भट्टले मुलुकको वर्तमान समग्र आर्थिक स्थितिमा दबाब रहेकाले त्यही अनुरुप मौद्रिक नीतिको समीक्षा आएको स्पष्ट पारे । उनले अर्थतन्त्र दबाब हुँदाहुँदै पनि आन्तरिक आर्थिक क्रियाकलापलाई सहज बनाउन आवश्यक रहेको बताए । उनले पछिल्लो असोज महिनाको अर्थतन्त्रको तथ्याङ्कअनुसार बाह्य दबाबमा सहजता देखिए पनि अन्य फण्डामेन्टल विषयहरूमा अझै अफ्ठ्यारो अवस्था रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकले पछिल्लो एक वर्षदेखि विनिमय सञ्चिति,व्यापार घाटाको अवस्था बारेमा सुक्ष्म अध्ययन गरिरहेको जानकारी दिँदै प्रवक्ता भट्टले अर्थतन्त्रमा भोलिको दिनमा आउनसक्ने अप्ठ्यारो अवस्थालाई केन्द्रमा राखेर मौद्रिक नीतिको समीक्षा गरिएको बताए । उनले राष्ट्र बैंकले लिएका नीतिगत व्यवस्थाहरूले अर्थतन्त्र लयमा आएको भन्ने विषयलाई मौद्रिक नीतिको समीक्षाले आत्मासाथ गरेको दाबी गरे । उनले अन्तर्राष्ट्रिय परिस्थिति अझै अनिश्चित रहेकाले भोलिका दिनमा अर्थतन्त्रमा समस्या आउनसक्ने विषयलाई राष्ट्र बैंकले महसुस गरेर नीतिगत व्यवस्था त्यहीअनुसार बनाइरहेको बताए । 


Advertisment
Nabil box
Kumari

प्रवक्ता भट्टले व्यवसायिक र औद्योगिक वातावरण तथा सर्वसाधरणहरूमा ब्याजदरको विषय उत्पन्न भएको संशयलाई सम्बोधनका विषयलाई मौद्रिक नीतिको समीक्षामा सम्बोधन गरिएको बताए । उनले मौद्रिक नीतिमा वाणिज्य बैंकहरूको स्पेडदर ४.४ प्रतिशत मात्रै हुनुपर्छ भन्ने व्यवस्थालाई अब ४ प्रतिशतमा सीमित राख्नुपर्छ भनेर बाटो खुला गरेको बताए । भट्टले विकास बैंक र वित्त कम्पनीहरूले  ५ प्रतिशतको स्पेडदरलाई ४.६ प्रतिशतमा कायम गर्ने नीतिगत व्यवस्था गर्नु व्यवसायिक वातावरणलाई सहज बनाउनको लागि महत्वपूर्ण निर्णय गरिएको बताए । उनले मौद्रिक नीतिको समीक्षामा बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने संकेत गरेको बताए । 

Vianet communication

प्रवक्ता भट्टले बैंकहरूको ब्याजदरमा स्थायीत्व ल्याएर सन्तुलन कायम गर्नु र अर्थतन्त्रको मौलिक विशेषता र वित्तीय क्षेत्रको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीतिको समीक्षा आएको बताए । उनले बजारमा चरम तरलता अभावको कारण बजार ब्याजदर उच्च भएको बताए । उनले तरलता सहजता बनाउने माध्यम भनेको विदेशी विनिमय सञ्चिति भएको बताए । 

प्रवक्ता भट्टले बाह्य क्षेत्रमा सुधार भएर शोधानान्तर स्थिति सहज हुने बित्तिकै तरलता सहज हुने बताए । उनले तरलता सहज भएमा ब्याजदर पनि विस्तारै घट्दै जाने बताए । उनले बैंकको ब्याजदर बजारले नै निर्धारण गर्नुपर्छ भन्ने विषयमा राष्ट्र बैंक सहमत रहेको बताए । उनले मौद्रिक नीतिको समीक्षाले बैंकको नाफा घटाउने काम भन्दा पनि बैंक तथा वित्तीय क्षेत्रको अवस्था बलियो हुनुपर्छ भन्ने विषयमा राष्ट्र बैंक दृढ रहेको बताए । उनले बैंकहरूको वित्तीय स्थायित्व दृढ नभई वित्तीय स्थायित्व कायम हुन नसक्ने बताए । भट्टले बैंकहरूले आफ्नो कार्यकुशलतालाई अभिवृद्धि गरी बैंकको लागतमा व्यवस्थापन गर्न सक्नुपर्ने सन्देश दिएको बताए । 

प्रवक्ता भट्टले राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा गएको बताए । उनले मार्गदर्शनमा देखिएका समस्या समाधान गर्न राष्ट्र बैंक तयार रहेको सन्देश मौद्रिक नीतिको समीक्षाले दिएको बताए । उनले वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाहरूलाई अहिलेको परिस्थितिमा परेको समस्यालाई मौद्रिक नीतिको समीक्षाले सम्बोधन गर्ने विषय उल्लेख भएको पनि बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x