माघ १५, २०७९
अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुगमन मूल्यांकन सूचक उल्लेख छ । ...
आर्थिक संकटका विषयलाई लिए र अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीच सवाल जवाफ भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा गर्भनर अधिकारीले अर्थतन्त्र संकटमै भएको बताएपछि अर्थमन्त्री शर्माले कहाँ छ अर्थतन्त्र संकट भन्दै प्रश्न गरेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा सुधार भइरहेको र संकटमा नभएको बताए । उनले अर्थतन्त्र सुधारमा नै गएको बताए । गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र संकटमै रहेको र अझै सुधार नभएको बताएपछि शर्माले भने सुधार भएको बताए ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २६औँ स्थापना दिवसको अवसरमा राजधानीमा बिहीवार आयोजित एक कार्यक्रममा शर्माले भने, ‘अर्थतन्त्र सुधारतर्फ गएको छ । कतिपयले श्रीलंकासँग जोडेका थिए । अहिले सुधार भएको छ । कहाँ छ अर्थतन्त्रमा संकट ?’
कार्यक्रममा शर्माले अर्थतन्त्रमा गरिएको हल्ला र नकारात्मक टिप्पणीप्रति सकारात्मक सन्देश अर्थत्रन्त्रले दिएको बताए । उनले अब नेपाल इन्धन आयात मात्रै होइन ऊर्जा निर्यात गर्ने मुलुक हुने बताए । उनले बिजुली निर्यातबाटै देशले ऊर्जा आयात कम गर्दै जाने बताए ।
नेपालले सबै साधन स्रोतको सदुपयोग गरेर जाने र मुलुकलाई समृद्ध बनाउने बताए । अहिले पनि नेपालको विदेशी डलर सञ्चिति ९ अर्ब ५४ करोड रहेको जानकारी दिँदै अर्थमन्त्री शर्माले भने, ‘यसले ८ महिनाको आयात धान्ने भएकोले पनि अर्थतन्त्रमा सकारात्मक सूचक नै रहेको छ ।’
अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुगमन मूल्यांकन सूचक उल्लेख छ । ...
नेपालमा गहुँ आयात हुन नसक्दा बजारमा मैदाको चरम अभाव हुन थालेको छ । भारत सरकारले ३० वैशाख २०७९ मा गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव देखिएको नेपाल मैदा उद्योग संघले जानका...
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४...
कृषि प्रधान देश नेपालमा मलकै हाहाकार बर्सेनि दोहोरिरहन्छ । मल नपाएर किसान आन्दोलित हुनुपर्ने, मलकै कारण उत्पादन कम हुने र सरकारलाई बर्सेनि टाउको दुखाइको विषय मलको सहज आपूर्ति कसरी गराउने भन्नेमा हुने गरे...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको ३१० र अंगुर हरियोको १९० रुपैयाँ प्रतिकिलो औसम मूल्य रहेको छ । यसैगरी ...
अर्थ मन्त्री विष्णु पौडेलले भन्सार कार्यालयहरूमा अनधिकृत गतिविधि नगर्न निर्देशन दिएका छन्। आज बिहान भन्सार विभागको कार्यालयमा भन्सारका व्यवसायीहरूसँग छलफल कार्यक्रममा त्यस्ता गतिविधि गर्नेहरूमाथि क...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...