×

NMB BANK
NIC ASIA

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

मंसिर १५, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् । बिहीवार कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका हुन् । 

Muktinath Bank

उपसभापति खड्काले पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ–बायाँ कुरा गरिराख्नु नपर्ने बताए । उनले दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताए । उनले बेलामा कांग्रेसभित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताए । कांग्रेसलाई एकतावद्ध बनाउँदै सत्तागठबन्धनसहितका दलहरूलाई मिलाएर लानुपर्ने कांग्रेसको मुख्य दायित्व भएको उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ–बायाँ कुरा गरिराख्नुपर्छजस्तो मलाई लाग्दैन । अहिले हामी कांग्रग्रेसभित्र एकताको वातावरण बनाउनु छ । सरकार गठन गर्दा सबै मिलेको प्रभावकारी सरकारको निर्माण गर्नुछ । कांग्रेसले आफू एकतावद्ध भएर अहिले रहेको सत्ता गठबन्धनलाई पनि एकतावद्ध रहेर त्यसपछि अरु बाँकी दलहरूलाई पनि यो मुलुकको विकास निर्माणको अभियानमा, संसदलाई प्रभावकारी बनाउने अभियानमा सबैलाई जोडेर जानुपर्ने पहिलो पार्टी भएको नाताले नेपाली कांग्रेसको मूल दायित्व छ’, उपसभापति खड्काले भने, ‘त्यो दायित्वलाई हामी सबैले गम्भिरतापूर्वक लिएर अगाडी बढ्यौँ । छलफल र संवाद ग¥यौँ भने मलाई लाग्छ संसदीय दलको नेताको निर्वाचनपनि सर्वसम्मत तरिकाले अगाडी बढ्नसक्छ । सबै खालको र सबै तहको नेतृत्वलाई, सबै उमेर समूहको नेतृत्वलाई सबै ठाउँमा समावेश गरेर सबै तहमा मिलाएर लिन सकिन्छ । र मिलाउनुपर्छ भन्ने मलाई लाग्छ र त्यो विश्वास पनि छ ।’


Advertisment
Nabil box
Kumari

उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरूको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गरे । व्यक्तिहरूको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उनको भनाइ छ । उनले सबैको महत्वकांक्षालाई त्यागेर सबैको सम्मान र भूमिका रहनेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए । 

Vianet communication

‘कुनै नेताहरूले आफ्नो आकांक्षा राख्ने कुरालाई अन्यथा मान्नु हुँदैन । लोकतन्त्रमा कुनै पनि निर्वाचन प्रक्रिया अगाडि आउँदा कसैले म फलानो पदमा उठ्छु भनेर कसैले आफ्नो आकांक्षा व्यक्त गर्दा त्यसलाई हामीले अन्यथा मान्नु हुँदैन । त्यो आकांक्षा प्रकट भएकै कुरालाई जोडेर सर्वसम्मतको वातावरण बनाउने हो’, खड्काले भने, ‘मलाई विश्वास छ त्यो वातावरण बन्नसक्छ । त्यसमा अत्यन्त इमान्दारीपूर्वक, निष्ठापूर्वक मुलुकको परिस्थिति, आम नेपाली जनताको अहिलेको दलहरूप्रति, सत्ता गठबन्धन प्रतिको आशा, भरोसा, विश्वास जुन खालको संकेतहरू आएको छ, त्यसप्रति हाम्रो पहिलो इमान हुनुप¥यो । त्यसप्रति प्रतिवद्ध हुनुप¥यो । त्यो इमान र प्रतिबद्धतापछि हाम्रो महत्वकांक्षाहरूलाई अगाडि बढाउने कुरा छदैछ । तर, मूल विषय त देश हो । जनता हुन् । पार्टी हो । सबैको महत्वकांक्षालाई सेफ ल्याण्डिङ गरेर, सबैको सम्मान रहनेगरी, सबैको भुमिका रहनेगरी, सबैले मिलेर काम गरेर नयाँ तरिकाको राष्ट्र निर्माणको अभियान अगाडि बढाउने सन्दर्भमा त्यो सकिन्छ भन्ने लाग्छ ।’

उनले सत्तागठबन्धनकै सरकार बनाउने पनि बताए । वर्तमान गठबन्धनमा आवद्ध दलहरूको साथै अन्य दलहरूलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उनले बताए । त्यसका निम्ति कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरूसँग संवाद अगाडि बढाएको उनले उल्लेख गरे । 

‘हामी अहिलेको सत्ता गठबन्धनका दलहरूका बीचमा सहमति, समझदारी कायम गर्ने प्रक्रिया शुरु भएको छ । सत्ता गठबन्धन दल र निर्वाचित अरु दलका साथीहरूलाई समेत जोडेर हामी सरकार निर्माणको प्रक्रियामा अगाडी बढ्नेछौँ । अहिलेकै सत्ता गठबन्धन दलकै नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया सफल हुन्छ भन्ने हामीलाई विश्वास छ’, उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x