×

NMB BANK
NIC ASIA

चीनमाथि निगरानी गर्नका लागि भारतले उपयोग गरिरहेछ चिनियाँ क्यामरा ! (भिडियो)

मंसिर १८, २०७९

NTC
Premier Steels

अहिले भारतको उत्तराखण्डमा भारतीय र अमेरिकी सैनिकहरूको संयुक्त अभ्यास चलिरहेको छ । 

Muktinath Bank

त्यसक्रममा चिनियाँ क्यामरा सहित अर्जुन नामक बाजले आकाशमा उडिरहेको एक ड्रोनलाई खसाएको छ । पाकिस्तान र चीनमाथि निगरानी गर्नका लागि भारतले यो बाज तैनाथ गर्न खोजेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाजको टाउकोमा क्यामरा र शरीरमा जीपीएस लगाइएको छ । चीन सीमाको निगरानी गर्नका लागि चिनियाँ क्यमरा लगाइनु आश्चर्यजनक छ । 


Advertisment
Nabil box
Kumari

भारतीय सैन्य अधिकारीहरूका अनुसार, मेरठको रिमाउन्ट भेटरनेरी कोर्प्सले बाजलाई प्रशिक्षण दिएका हुन् । यसले ड्रोन खसाउने मात्र नभई आकाश र जमीनमा दुश्मनले गर्ने हरेक गतिविधिमाथि नजर राख्छ । 

Vianet communication

भारत मात्र नभई अमेरिका पनि आफ्ना हतियारमा चिनियाँ सामान उपयोग गरिरहेको छ । 

गत सेप्टेम्बर महिनामा अमेरिकाको रक्षा मन्त्रालयले नयाँ एफ–३५ जेट विमानको आपूर्तिमा रोक लगाएको थियो । ती लडाकू विमानको इन्जिनमा उपयोग गरिएको चुम्बक चीनबाट ल्याइएको सामग्रीबाट बनेको भन्दै रोक लगाइएको हो । त्यसबाट अमेरिकाको गोप्य सूचना चीन पुग्ने डर अमेरिकाले लिएको थियो । 

तर एक महिनाभित्रै अमेरिकाले उक्त प्रतिबन्ध हटाएको छ । यस चुम्बकमार्फत कुनै पनि सूचना नचुहिएको भन्दै उसले प्रतिबन्ध हटाएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x