×

NIC ASIA

गगन थापाको प्रश्न– देश बिग्रियो भन्ने, हामी बदल्छौँ भन्दा बाबुहरूको उमेर कति भनेर सोध्ने ?

मंसिर २०, २०७९

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्टता, प्रतिबद्धता र सक्षम नेतृत्व अहिले देशले खोजिरहेको बताएका छन् । कांग्रेसले सही नेतृत्व गर्न सके पाँच वर्षपछिको चुनावमा कांग्रेसले ४० प्रतिशतभन्दा बढी लोकप्रिय मत पाउने उनको दाबी छ । 

Muktinath Bank

मंगलवार विराटनगरमा गुरु घिमिरेले लेखेको ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिलेको गठबन्धनबाटै सरकार बन्ने भए पनि सरकार के को लागि भन्ने महत्वपूर्ण भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गठबन्धनको सरकार बन्नेमा कुनै सन्देह छैन, हामीले चाहेको सरकार मात्र हो ? एउटा परिदृष्य गठबन्धनको सरकार बन्छ । नेताहरू भित्र–भित्र तमसुक गर्छन्, पछि गएर बबण्डर बन्छ । सरकार बन्छ, उद्धेश्य हुँदैन, संवेदना हुँदैन भने के अर्थ हुन्छ ?’, थापाले प्रश्न गरे । 


Advertisment
Nabil box
Kumari

उनले एउटा स्पष्टता, प्रतिबद्धतासहित क्यारेक्टर भएको लिडरसिप भएको सरकारले मात्र देशको समस्या समाधान गर्न सक्ने बताए । ‘निर्वाचित सरकारसँग शक्ति, समय र स्रोतको सीमा हुन्छ । खाली देश बिग्रियो भन्ने, हामी बदल्छौँभन्दा बाबुहरूको उमेर कति भनेर सोध्ने ?’, थापाले भने । 

Vianet communication

महामन्त्री थापाले कांग्रेस संसदीय दलको निर्वाचन लड्ने बताउँदै आइरहेका छन् । उनले पार्टीभित्र सुधारका एजेण्डा लागू गर्न डा. शेखर कोइरालासँग आफू एकै ठाउँमा रहेको बताए । ‘पार्टी महाधिवेशनमा विचार र शैलीका कारण हामी शेखर कोइरालासँग उभियौँ, हाम्रो विश्वास डगमगाएको छैन । पार्टीभित्र व्यापक सुधारका एजेण्डामा काम गर्छौँ’, उनले भने । 

गगन अघि बोलेका कोइरालाले पार्टीको लोकप्रिय मत घटेकोमा चिन्ता व्यक्त गरेका थिए । ‘मलाई विश्वास छ, नेपाली कांग्रेसको घटेको लोकप्रिय मत बढाउन सकिन्छ । सरकार यसरी चलाउने भन्नसक्यौँ भने गुमाएको लाखौँ मत आउँछ । अर्को चुनावमा ४० प्रतिशतभन्दा माथिको पार्टी बन्नसक्छ’, थापाले भने । 

लोकप्रिय मत बढाउनको लागि पार्टीको आकर्षण बढाउन जरुरी रहेको उनले बताए । ‘कांग्रेसको प्रत्येक सदस्यले सोच्ने बेला आएको छ, पार्टीप्रति र देशप्रतिको चिन्ता प्रत्येक कार्यकर्तामा छ । सही ठाउमा उभिएर निर्णय गरौँ’, थापाले भने । 

लोकान्तर डट्कममा प्रकाशित लेखहरूको संग्रह ‘बाटो बिराएको राजनीति’ लोकान्तर सञ्चार प्रालिले प्रकाशित गरेको हो । कांग्रेस महामन्त्री थापाले लोकतन्त्रको चिन्ता हुने सबैले गुरु घिमिरेको पुस्तक पढ्नैपर्ने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x