×

NMB BANK
NIC ASIA

संविधानविद् भन्छन् – संसद्को जवाफ नआई महाअभियोग निष्क्रिय विरुद्धको सुनुवाइ गर्न मिल्दैन

मंसिर २३, २०७९

NTC
Premier Steels

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र सम्बन्धमा आफैंले सोधेको प्रश्नको जवाफ नआउँदै सर्वोच्च अदालतले संसद सचिवालयको पत्रविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्ने तयारी गरेको छ ।

Muktinath Bank

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वाेच्च अदालतमा पठाएको पत्र विरुद्धको रिटमा शुक्रवार सुनुवाइ गर्ने तयारी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद् सचिवालयले पठाएको पत्रका विषयमा सर्वाेच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) बाट संसद् सचिवालयका महासचिव गौतमलाई विभिन्न प्रश्नहरू सोधेर बुधवार पत्र पठाइएको थियो । प्रश्नको जवाफ नआउँदै सर्वाेच्च अदालतले आफैं पेसी तोकी सुनुवाइ गर्नु नियमसंगत नभएको एक संविधानविद् बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘एक त तत्काल रिट दर्ता भयो । त्यसमा पनि लगत्तै पेशी तोक्ने काम भयो,’ ती संविधानविद्ले लोकान्तरसँग भने, ‘त्यसमा पनि सर्वाेच्च अदालतकै फुलकोर्ट बैठकबाट संसद सचिवालयलाई सोधिएको प्रश्नको जवाफ नआउँदै पेशी तोकिनु पनि आग्रहपूर्ण भएको सहजै देखिन्छ ।’

Vianet communication

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै पनि हालतमा रोक्नुपर्छ भन्ने सोच अदालतका न्यायाधीशहरूमा देखिएको उनको कथन छ । पत्र आएको केही घण्टाभित्र नै पत्र खारेजी हुनुपर्ने माग सहितको रिट तत्काल दर्ता हुनु र तत्काल नै पेशी तोकिनुले पनि सर्वाेच्च अदालत आफैं पूर्वाग्रह भएर काम गरिरहेको देखिएको उनको कथन छ ।

‘रिट दर्ता नै गरे पनि तत्काल नै पेशी किन तोकियो ? सर्वाेच्च अदालतको फूलकोर्ट बैठकबाट संसद् सचिवालयलाई पत्र पठाएर सोधिएको जवाफ नआउँदै किन पेशी तोकियो ?’ ती संविधानविद्ले लोकान्तरसँग भने ।

अर्का संविधानविद् डा. विपिन अधिकारी संसद् सचिवालयका महासचिवले गरेको काम सही भएको बताउँछन् । ‘संविधान, कानून र संसदीय परम्परा बमोजिम कर्तव्य निर्वाह गर्दागर्दै पनि संसद्का महासचिव न्यायालयको साख गिराउने शक्ति राजनीतिको भूमरीमा पारिएका छन् । न उनको भूमिकामा त्रुटि छ, न त संविधान र कानूनको व्याख्यामा । त्यो ठाउँमा भएको भए मैले पनि त्यही गर्थें, जो उनले गरेका छन् । समस्या महाअभियोगलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्नेहरूको हो,’ अधिकारीले ट्वीटर सन्देशमा लेखेका छन् । 

‘संसद् सचिवालयलाई लेखेको पत्रको जवाफ आएपछि मात्र पेशी तोकेर सुनुवाइ दिएको भए न्यायसंगत हुन्थ्यो तर अहिले त जसरी पनि उक्त पत्रमा अन्तरिम आदेश जारी गरेर जबरालाई रोक्न खोजेको हो कि जस्तो बदनियत पनि प्रस्ट देखिन्छ,’ उनले भने ।

संसद् सचिवालयले जबरालाई दिएको पत्रमा भनिएको छ, ‘महाअभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाअभियोग सिफारिश समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेकाले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट पठाइएको सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले कार्यसम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु ।’

पत्रको जवाफ आएपछि पेशी तोकिएको भए न्यायसंगत हुने ती संविधानविद् बताउँछन् । संसद् सचिवालयको पत्र खारेजी सम्बन्धी परेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनुपर्ने उनले बताए । संवैधानिक इजलासको पेशी तोक्ने काम प्रधानन्यायाधीशको मात्र रहेको देखिन्छ । अब त्यो अधिकार वैधानिक रूपमा चोलेन्द्रसँग रहेको कतिपय संविधानविद्को तर्क छ । 

‘प्रधान्यायाधीशमाथि लागेको महाअभियोग निष्प्रभावी भइसक्यो भन्दै क्लीन चिट दिएर संसद सचिवलयले पत्र लेखिसकेपछि प्रधानन्यायाधीशको उपस्थितिमा मात्र संवैधानिक इजलासको पेशी तोक्ने काम हुनुपर्छ,’ ती संविधानविद्ले लोकान्तरसँग भने ।

चोलेन्द्रविरुद्ध सत्ता गठबन्धनले २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता गरेको थियो । महाअभियोग माथिको कारवाही नटुंगिँदै संसद्को कार्यकाल सकिएपछि २०७९ असोज १ गते महाअभियोग सिफारिश समितिले अर्काे प्रतिनिधि सभाले अगाडि बढाउने गरी प्रस्ताव जिम्मा लगाएको थियो । अर्काे प्रतिनिधि सभाको बैठक बस्नुअगावै चोलेन्द्रको कार्यकाल सकिँदैछ ।

यसअघि संसदको कार्यकाल सकिएपछि चोलेन्द्रले सर्वाेच्चमा हाजिर हुन प्रयास गरे पनि सरकारले सहयोग गरेको थिएन । सर्वोच्च आउन लागेका चोलेन्द्रलाई रोक्न केही वकिल सर्वोच्चको गेटमा धर्नामा बसेका थिए । वरिष्ठ अधिवक्ता सुशील पन्त कानून व्यवसायीले अदालतमा गुण्डागर्दी शैली प्रस्तुत गरेको भन्दै विरोध जनाएका छन् । 

चोलेन्द्रले आफूलाई बालुवाटारस्थित निवासमै नजरबन्दमा राखेको आरोप समेत लगाएका थिए । त्यसयता चोलेन्द्र चुपचाप सरकारी निवासमै बस्दै आएका थिए । उमेरहदका कारण उनी मंसिर २७ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x