×

NMB BANK
NIC ASIA

फेसबुकबाट शारीरिक सम्पर्कको प्रस्ताव, बलात्कार मुद्दा हालिदिने भन्दै ५ करोड बार्गेनिङ

मंसिर २५, २०७९

NTC
Premier Steels

शारीरिक सम्बन्धको प्रस्ताव राख्दै ‘ब्ल्याकमेलिङ’ गर्न खोज्ने गिरोह दाङबाट पक्राउ परेको छ । ‘हनी ट्रयाप’बाट मोटो रकम डिल गर्दै सामाजिक सञ्जालबाट बार्गेनिङ गर्ने तीन जना घोराहीबाट आइतवार पक्राउ परेका हुन् । 

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले मोटो रकमको डिल गर्दैगर्दा घोराहीको एक होटलबाट दुई जना महिला र एक पुरुषलाई पक्राउ गरिएको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १० नारायणपुरका २७ वर्षीया रुद्रवहादुर केसी, तुलसीपुर उपमहानगरपालिका– १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णीकुमारी बस्नेत र गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज रहेका छन् । उनीहरूले तुलसीपुरका एक जना व्यवसायीलाई ‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने भनेर धम्की दिँदै आएका थिए । उनीहरूले ५ करोडको बार्गेनिङ गरेको खुलेको छ । 


Advertisment
Nabil box
Kumari

पीडित व्यवसायीले आफूलाई यौन सम्बन्धको प्रस्ताव राख्दै ‘ब्याकमेलिङ’ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनाको योजनाकार अनुष्का रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

Vianet communication

अनुष्कासँग दुई वटा नेपाली नागरिकतासमेत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध मुद्दा दर्ता गरी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x