×

NMB BANK
NIC ASIA

सत्ताको जोडघटाउ

१५३ भर्सेस १२२ को अंकगणित– अहिलेको अवस्थामा सम्भव छ गैरकम्युनिस्ट सरकार ?

प्रचण्डले भन्ने गरेको ‘६० सीट’को सामर्थ्यभित्र पनि खास राजनीतिक अर्थ

मंसिर २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने क्रममा आइतवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा कुरा चुहाए, माओवादीलाई सरकारबाहिर राख्नका लागि चलखेल भइरहेको छ । 

Muktinath Bank

माओवादीलाई सत्ताबाहिर राखे पनि सदन र सडकबाट कसैले वञ्चित गर्न नसक्ने र माओवादी नयाँ शक्ति बनेर आउने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही कार्यक्रममा प्रचण्डले माओवादीसँग प्रतिनिधिसभामा ६० सीटको ‘कमान्ड’ रहेको स्मरण गराउँदै त्यति कमजोर शक्ति नभएको विश्लेषण पनि गरे ।


Advertisment
Nabil box
Kumari

‘चुनावमा हामीले सोचेअनुसारको नतिजा आएन, तर हामी त्यति कमजोर पनि बनेका छैनौं कि जसलाई उपेक्षा गरेर राजनीति सहज ढंगले अगाडि बढोस्,’ प्रचण्डले भनेका थिए । 

Vianet communication
Laxmi Bank

माधव नेपाल नेतृत्वको नेकपा एस, उपेन्द्र यादव नेतृत्वको जसपा, रेशम चौधरीको नागरिक उन्मुक्ति र प्रभु साहसहित २ स्वतन्त्र सांसद समेत आफूहरूको कित्तामा उभिने भन्दै प्रचण्डले ६० सीटको हिसाब दिए ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा राष्ट्रपतिलाई दिने तयारी गरेपछि नयाँ सरकार गठनको कसरत शुरू भएको छ ।

प्रचण्डले गनेका रेशम चौधरीका ४ सांसद (एक स्वतन्त्रसहित)लाई आफ्नो पक्षमा पार्नका लागि शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले अध्यादेशमार्फत रेशमलाई जेलमुक्त गराउने तयारी शुरू गरेको छ । 

मंसिर १९ गते गठबन्धन दलका नेताले मिलेर सरकार बनाउने भनी विज्ञप्ति जारी गरे पनि सत्ताको रस्साकस्सी चलिरहेको छ । 

नेपाली कांग्रेसको एउटा कित्ता गैरकम्युनिस्ट सरकार बनाउनुपर्ने लबिङमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोसपा लगायत गैरकम्युनिस्टको सरकार बनाउनुपर्ने उनीहरूको तर्क छ ।

अर्कातर्फ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि ‘६०’ सीटको सामर्थ्य आफूसँग रहेको भन्दै पहिलो कार्यकालको प्रधानमन्त्री बन्नका लागि गठबन्धनमा बार्गेनिङ बढाइरहेका छन् । 

राष्ट्रपति र प्रधानमन्त्री दुवैमा कांग्रेसले दाबी गरेपछि प्रचण्डले आफूहरूसँग ६० सीटको कमाण्ड रहेको दाबी गरेका हुन् । 

संसदीय दलको निर्वाचन नभएसम्म पावर शेयरिङमा छलफल नगर्ने अडान लिएको कांग्रेसले प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिन नसकिने संकेत भने प्रस्ट रूपमा दिएको छ ।

दोस्रो कार्यकालको प्रधानमन्त्री दिने भन्दै कांग्रेसले तत्कालका लागि सभामुख लिएर राष्ट्रपतिमा दाबी नगर्न माओवादीसँग आग्रह गरेको स्रोतको दाबी छ । 

कसरी पुग्छ बहुमत ? 

प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सहित प्रतिनिधिसभामा ८९ सीट रहेको कांग्रेसका लागि सामान्य बहुमत पुर्‍याउन थप ४९ सीट आवश्यक पर्छ । 

८९ मध्ये पनि मनाङबाट निर्वाचित टेकबहादुर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनले प्रतिनिधिसभामा विश्वासको मत दिन पाउँदैनन् । त्यसकारण कांग्रेसलाई प्राविधिक रूपमा अर्को एक सांसद पनि चाहिन्छ, अर्थात् ५० सांसदको साथ जरुरी पर्छ । 

सत्ता गठबन्धनबाट नभई गैरकम्युनिस्ट सरकार बनाउने अवस्थामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० र राप्रपाका १४, लोसपाका ४ र जनमत पार्टीका ६ सीट गर्दा १ सय ३३ सीट पुग्छ । 

बल्लबल्ल बहुमत पुर्‍याउन रेशम चौधरीका ४ र कांग्रेसकै आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर चुनाव जितेका अमरेशकुमार सिंहलाई पनि समेट्न जरुरी हुन्छ । यति गर्दा मुस्किलले १३८ पुग्छ । तर, हालैको कुराकानीमा अमरेशले देउवा नेतृत्वमा छँदासम्म कांग्रेसमा नजाने र देउवालाई प्रधानमन्त्री बन्न कुनै हालतमा नसघाउने बताएका छन् ।

अझ यो हिसाबमा टेकबहादुर गुरुङ समेत समावेश छन्, त्यसैले थप एक सांसदको समर्थन पनि चाहिन्छ । यो सरकार बनाउनका लागि कसैले आँट गरिहाल्ने किसिमको अंक गणित हैन ।

यो अवस्थामा एमालेसँग चुनावी तालमेल गरेको जसपालाई आकर्षित गर्न सक्यो भने यो गठबन्धनले १५० पुर्‍याउन सक्छ ।

प्रचण्डले ६० सीटको सामर्थ्य भनेर जोडेका जसपाका १२ सांसद गैरवामपन्थी सरकार बनाउन निर्णायक बन्न सक्छन् ।

विगतमा वामपन्थी राजनीतिको पृष्ठभूमिबाट आएको र यसपटक पनि एमालेसँग तालमेल गरेका कारण निर्णायक अवस्थामा उपेन्द्र यादव आफूहरूको कित्तामा उभिने प्रचण्डको विश्वास छ ।

गैरकम्युनिस्ट सरकारको लबिङमा रहेका नेताहरू १५० को अंक गणित पूरा गर्दा स्वतन्त्र जितेका अन्य ३ (प्रभु साह, किरण साह र योगेन्द्र मण्डल) पनि कम्युनिस्ट दलको ह्वीप बाहिर रहने भएकाले १५३ पुग्न सक्ने तर्क गर्छन् ।

यस्तो अवस्थामा अर्कातर्फ एमालेका ७८, माओवादीका ३२, नेकपा एसका १० र राष्ट्रिय जनमोर्चा तथा नेमकिपाका १–१ गरी १२२ सांसद बाहिर रहने उनीहरूको हिसाब छ । तर, प्रभु साह, किरण साह र योगेन्द्र मण्डल दलीय ह्वीप बाहिर भए पनि कम्युनिस्ट नै हुन् ।

गैरकम्युनिस्ट सरकारको लबिङमा रहेका नेताहरू १५० को अंक गणित पूरा गर्दा स्वतन्त्र जितेका अन्य ३ (प्रभु साह, किरण साह र योगेन्द्र मण्डल) पनि कम्युनिस्ट दलको ह्वीप बाहिर रहने भएकाले १५३ पुग्न सक्ने तर्क गर्छन् ।

वामपन्थी गठबन्धन– भ्यागुताको धार्नी 

अर्कातर्फ मधुरो स्वरमा वामपन्थी गठबन्धनको गीत पनि गुञ्जिन खोज्दैछ, नेपाली राजनीतिको रंगमञ्चमा ।

७८ सीट जितेको नेकपा एमाले र ३२ सीट जितेको माओवादी मिलेर वामपन्थी सरकार बनाउन थप २८ सीट आवश्यक पर्छ । वामपन्थी गठबन्धन भन्न सजिलो भए पनि मिलाउन भ्यागुताको धार्नी पुर्‍याउनुसरह मुस्किल छ ।

प्रचण्डले भनेको ६० शब्दको अर्थ छ, एमालेको ७८ मा प्रचण्डले दाबी गरेको ६० सीट जोड्दा १३८ पुग्छ । शायद प्रचण्डले यसैतर्फ संकेत गरेका हुन् ।

तर, वामपन्थी गठबन्धन कसको नेतृत्वमा भन्ने कुरा निकै जटिल छ । केपी ओलीको नेतृत्वमा सरकार बनाउन प्रचण्ड नै तयार छैनन् । एमाले विभाजनको तिक्तताका कारण माधव नेपाल समेत ओलीको नाम पनि सुन्न राजी छैनन् ।

प्रचण्ड या एमालेकै दोस्रो व्यक्तिको नेतृत्वमा सरकार बन्ने अवस्थामा यो गठबन्धनले पनि मुस्किलले बहुमत पुर्‍याउन सक्छ । यो गठबन्धनले बहुमत पुर्‍याउने अवस्थामा ६ सीट रहेको जनमत पार्टी पनि आकर्षित हुन सक्छ । 

राष्ट्रिय जनमोर्चा र नेमकिपाका एक–एक सांसद तथा मोरङ ५ बाट प्रतिपक्षी गठबन्धनका जसपा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर चुनाव जितेका स्वतन्त्र योगेन्द्र मण्डल समेत गर्दा सहज बहुमत पुग्न सक्छ । यो समीकरणको कुल योगफल १४५ पुग्छ ।

त्यसो त एमालेमा पनि एक सांसद तत्काल संसदमा उपस्थित हुने र मताधिकार प्रयोग गर्ने अवस्थामा छैनन् । महोत्तरी– १ बाट निर्वाचित लक्ष्मी महतो कोइरी प्रहरीका असई थमन विक हत्या प्रकरणमा फरार सूचीमा छन् ।

पछिल्ला दिनमा नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरूले पनि वामपन्थी गठबन्धनका लागि पार्टीभित्र दबाब दिइरहेका छन् । 

कांग्रेस एमालेको 'बतासे सरकार'

माओवादीलाई ‘परजीवी’ शक्ति भन्दै आएको नेपाली कांग्रेस र एमालेको एउटा तप्का माओवादीबेगरको सरकार बनाउनु पर्ने लबिङमा छ ।

एमालेको समर्थनमा कांग्रेसको सरकार बनाउने र माओवादीलाई सत्ता बाहिर राख्ने प्रयासमा दुवै दलका केही नेताहरू लागिपरेका छन् । 

प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस नेता प्रकाशमान सिंह र अजुननरसिंह केसीले औपचारिक रूपमै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

कतिपय नेताहरूले गोप्य ढंगले छलफल गरिरहेका छन् ।

‘हाम्रो समर्थनमा कांग्रेसको सरकार बनाउने विषयमा बाहिर चर्चा भएजस्तो त्यस्तो गम्भीर छलफल भएको छैन, त्यति सहज कुरा होइन,’ नेकपा एमालेका एक प्रभावशाली नेताले लोकान्तरसँग भने । 

राजनीतिका परस्परविरोधी दुई दल मिलेर सरकार गठन गर्नु अनैतिक हुने ती नेताले विश्लेषण गरे ।

‘एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्ने र कांग्रेस देखाएर हामीहरूसँग ब्ल्याकमेलिङ गर्ने प्रचण्ड प्रवृत्तिलाई निरुत्साहित गरौं भन्नेमा चाहिँ हाम्रो साझा धारणा छ,’ एमालेका ती नेताले भने । 

कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्थामा भने अन्य दलहरू जोडजाड गरिरहनै पर्दैन । ८९ र ७८ गरी कुल १६७ सीटको सहज बहुमत हुन्छ ।

पढ्नुहोस् यो पनि :

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x